सर्लाही- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग प्रस्ताव राखेका छन् । 

शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न प्रचण्डले आव्हान गरे ।  प्रचन्डले यादवलाई सम्बोधन गर्दै क्षेत्रीय पार्टी बनाएर किन बस्ने छिटो एकता गरौँ भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताए । अहिलेको गठवन्धन सरकारले मधेसको नागरिकतासम्वन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।