विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार)प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मंगलबार नेवपाल बन्दका कारण विश्वासको मत लिन रोकिएका राईले आज साढे ११ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।मंगलबार नै लिने कार्यसूची रहेकामा सरकारले गरेको इन्धनको मूल्य वृद्धिको विरोधमा नेकपाले गरेको नेपाल बन्दले उनको प्रस्तावमाथि छलफल हुन सकेको थिएन । बन्दबाट बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरु अनपस्थित रहेको जनाउँदै सभामुख प्रदिवकुमार भण्डारीले बैठक आजसम्मका लागि स्थगित गरेका थिए । एमालैलाई देखाएर बैठक स्थगित गरेको भन्दै राईले सभामुख भण्डारीको आलोचना गरेका थिए ।पा
विराटनगर-मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् । प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको व्यवस्था अनुसार मुख्यमन्त्रीले आइतबार प्रस्ताव दर्ता गराएका थिए । विश्वासको मत लिने तयारी स्वरुप सोमबार सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो । बैठकले सत्तारुढ दलहरुमा आउन सक्ने सम्भावित असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न पनि गरेको छ ।बैठकले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता राजीव
विराटनगर- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मङ्गलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेशसभाको बैठक मङ्गलबार बस्दै छ । उक्त बैठकमा उनले विश्वासको मत लिन लागेको जनाइएको छ । यसअघि कात्तिक २३ गते बैठक डाकिएको भएपनि मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको थियो ।
भोजपुर - प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण सहित अरुण नदीमा कुनै पनि हालतमा पुल बनाउने व्यवस्था गर्ने बताएको छन् । मुख्यमन्त्री राईले गृह जिल्लाको गृह नगर षडानन्द नगरपालिकामा भएको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्रीहरुले प्रदेशको नामकरण गर्ने विषयमा छलफल नै नगरेको आरोपसमेत लगाए । प्रदेशको नामकरण गर्ने विषयमा कम्तीमा दुई तिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ । प्रदेशको नामकरणको विषयमा ठुला राजनीतिक दलले संसदमा प्रस्ताव लानु पर्ने हुन्छ । योभन्दाअगाडि त्यस्तो नभएको र अब गठबन्धन यही प्रक्रियाबाट नामाकरणक
दलित अगुवाहरूले पाँचदलीय गठबन्धनलाई प्रदेश १ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै समावेशी बनाउन माग गरेका छन् । गत १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त राजेन्द्र राईले चार विभागीय मन्त्री र एक राज्यमन्त्री गरी ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । त्यसमा दलित समुदायलाई नसमेटेको भन्दै अगुवाहरूले अब दलित समुदायबाट मन्त्री नियुक्त गरेर सरकारलाई समावेशी बनाउन माग गरेका छन् । राई नेतृत्वको मन्त्रिपरिषदमा दलित समुदायको प्रतिनिधित्व नरहेको दलित अगुवाहरूको भनाइ छ । राई नेतृत्वको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा काननुमन्त्री केदार कार्की, भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री हिमाल कार्की,
विराटनगर-विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट पाएर उनले वडाध्यक्ष पदमा लडेका थिए । यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि नेपाली कांग्रेसमा प्रवेश गरे । उनी पनि संघीय समाजवादी पार्टीबाट टिकट पाएर वडा सदस्य जितेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रीत केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष आलमले नेपाली कांग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधै लाग्ने बताए । पछिल्लो समय नेप
सङ्खुवासभा—अर्थमन्त्री जर्नादन शर्माले अहिलेको सरकार पूर्ण रुपमा संवैधानिक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आएका मन्त्री शर्माले यस्तो बनाएका हुन् ।केही व्यक्तिहरुले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टीकाटिप्पणी गरिरहेको बताउँदै जनादेश प्राप्त सांसदहरुबाट सरकार निर्माण भएको बताए । प्रतिगमनकारीहरुबाट पटक पटक संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि लोकतन्त्र, गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरुको संरक्षण भएको मन्त्री शर्माले बताए । जनताबाट निर्वाचित प्रतिनिधीहरुबाट सर
विराटनगर-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेका छन् । मंगलबार सपथ ग्रहणपछि मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गरेको घोषणा गरेका हुन् । ‘यसअघिको भीम आचार्य नेतृत्वको सरकार गठन नै असंवैधानिक रहेकोले त्यसले गरेका सबै निर्णय, नियुक्ति सरुवा पुनरावलोकन गरी खारेजीको प्रक्रियामा लैजाने निर्णय लिइएको छ,’ मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले भने ।राईले प्रदेशका १३७ स्थानीय तहका एक-एक जना अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ध्यन
विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सपथ लगत्तै संचारकर्मीसंग प्रदेशको नामाकरण गर्ने र बजेटको दायरा बढाउने प्रतिक्रिया दिएका छन । उनले नराम्रो काम नगर्ने राम्रो कामलाई प्राथमिकता दिने बताए । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त
नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई आज १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै उनले सोमबार ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।मुख्यमन्त्री भीम आचार्यले सोमबार आफ्नो पदबाट दिएका थिए । भदौ १० गते मुख्यमन्त्री बनेका उनले सोमबार ६७ दिनमा पदबाट राजीनामा बुझाएका थिए । प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई पछि आचार्य पार्टीका तर्फबाट दोस्रो मुख्यमन्त्री बनेका थिए। एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि उनी अल्पमतमा परेका थिए । आचार्यले राजीनामा दिएलगत्तै प्यासीले म
विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको ...
विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोल ...
Copyright © 2021 / 2022 / Khabarpalpal.com / All Rights Reserved.