विराटनगर–यूवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले प्रधानमन्त्रीको भारतभ्रमणलाई अनावश्यक रुपमा होच्याउने गरि प्रतिपक्षले भैंसीको कुराको उछालेको बताए । शुक्रबार विराटनगर आइपुगेका मन्त्री लिम्बुले भने ‘त्यसको कुनै अर्थ नै छैन ।’


सात बर्ष अघि नै नश्ल सुधारका लागि ल्याउन खोजिएको मुर्रा जातको राँगा अहिलेको प्रधानमन्त्रीको भ्रमणका बेला आउने भएको मात्र हो । तर अन्य उपलब्धिलाई शून्य झै बनाएर भैंसी लिएर आयो भन्ने गरि ट्रोल गरियो । 


उनले प्रधानमन्त्रीको भारत भ्रमणका बेला विद्युत ब्यापारमा भएको उपलब्धि, नेपाल भारतमा भुक्तानीका लागि दुबै देशका वालेट एपहरु चल्ने सहमति र रेल्वेमा लगायतमा भएका सहमतिलाई नदेख्ने प्रबृतिले ‘आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङको जुम्रा चै देख्ने’ भन्ने भनाइलाई चरितार्थ गरेको उल्लेख गरे । 

IMG_3388

मन्त्री लिम्बुले दुबै देशको सम्बन्धलाई मजबुत बनाउन भएको यो भारत भ्रमण मेरो पालामा यस्तो भएको थियो तेरो पालामा यस्तो भयो भनेर खिसिट्यूरी गर्ने प्रबृति राम्रो नभएको बताए । उनले प्राप्त उपलब्धिलाई कार्यान्वयनमा लैजाने र दुबै देशको सम्बन्धलाई सुमधुर बनाउन सबैले लाग्नु पर्ने बताए । 


मन्त्री लिम्बुले भने‘उपलब्धिका हिसाबले भारत भ्रमणलाई तौलने भन्दा पनि दुवै देशको सुधारिएको सम्बन्ध र एउटा नियमित कुटनीतिक भ्रमणको रुपमा हेरिनुपर्छ भन्ने मलाई लाग्छ । प्रधानमन्त्रीले लिएर गएका ऐजेण्डाहरु समकक्षीसंग मजाले राख्नु भएको छ । ऐजेण्डा नराखिकन आएको भए एउटा कुरा हुन्थ्यो तर ऐजेण्डा राखेर छलफलगरि दुबै पक्ष राजी भएको बिषयमा सहमति भएको छन । त्यसमा एकदमै गर्नै नहुने भन्ने के भएको छ र ? यस अघिका प्रधानमन्त्रीहरु जादा पनि यो पटकको भन्दा फरक केही भएको जस्तै लाग्दैन । केपी ओली पनि यस भन्दा अघि भारत भ्रमण गएकै हुन ।’ 


IMG_3409

त्यस्तै अमेरिकाबाट पनि गाईको नश्ल सुधारका लागि साँडेगोरु ल्याउने चीनबाट हेम्पासार जातको सुँगर यस अघि नै पनि ल्याएकै हो । त्यसैले कुनै पनि कुराको महत्व नबुझीकन कसैले कसैलाई होच्याउने काम गर्नु हुदैन । 


नागरिकता विद्येयकमा एमालेले गरेको टिप्पणीलाई मन्त्री लिम्बुले मैले गर्दा ठिक र तैले गर्दा बेठीक भन्नु बाहेक अर्काे तर्क भएको उल्लेख गर्दै अहिले विद्येयक अदालतमा विचाराधिन रहेकाले यसमा धेरै टिप्पणी गर्न नमिल्ने भएकाले अदालतको फैसलालाई मान्ने उनले बताए ।