विराटनगर–मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारको रुपमा योगेन्द्र मण्डल जोगी निर्वाचित भए । विजयी भएको प्रमाणपत्र बुझेको राती अन्तिममा ७७ भएको मोबाइल नम्बरबाट कल आयो, तर योगेन्द्र मण्डल जोगीले फोन उठाएनन् । उनी आफ्नो कोर टिमका साथीहरुका साथ बसेर खाजा खाने तयारीमा जुटेका थिए । 

राजनीतिक दल नभएको कारण वडा र टोलसम्म उनको संगठन थिएन । थिए त उनीसंग उनका केही हितैसी साथीहरु मात्र । त्यसैले त्यो खुसीको दिनमा उनले आफ्ना नजिक साथीहरुलाई फोन गरेर संगै खाजा खानका लागि बोलाउन ब्यस्त थिए । दुईवटा फोनमा पालैपालो बधाई दिनेको ओइरो थियो । 

त्यहि मेसोमा काठमाडौंको नम्बरबाट फोन आयो अन्तिममा त्यसको नम्बर थियो ७७ तर जोगीले नम्बर चिनेनन् उठाएनन् । रातीको १० बजिसकेको थियो । बाधाईदिने र चुनावको समिक्षा गर्ने काम र खाजा खाने क्रम चलिरहेको थियो । फेरि पनि त्यहि नम्बरबाट फोन आयो उनले उठाएनन् । 

उनी आफ्ना हितैसीका बिच भोलिको कार्यक्रमको खाका पनि बनाउन थाले । सामुदायिक विद्यालयहरुको सौचालय सफा गर्ने, त्यसका लागि आवश्यक सामाग्रीहरुको बन्दोबस्त गर्न उनले आफ्ना सहयोगीलाई अह्राउन थाले । अरु सबै उम्मेदवारले बिजय ¥याली निकालिरहेको बेला उनले सामुदायिक विद्यालयको सौचालय सफा गर्ने अभियान सुरु गर्ने योजना बनाए जुन अरुको भन्दा फरक शैली थियो । उनले भने‘सौचालय रोगको घर हो, कलिला विद्यार्थीहरुलाई रोग लाग्न त दिन हुदैन त्यसैले मेरो लक्ष सौचालय भनेको घरको कोठा जस्तो सफा हुनुपर्छ भन्ने हो ।’

उनले गफगरिरहदा केपी ओलीका प्रेस सल्लाहाकार चेतन अधिकारीको फोन आयो । उनले बिजयी हुनुभएकोमा बधाई दिए । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीले कुरा गर्न चाहनु भएको तर हजुरले फोन उठाउनु भएन । अन्तिममा ७७ भएको नम्बरबाट फोन आउछ उठाउनु होला भनेर सन्देश दिए । जवाफमा जोगीले भने मलाई अहिले उहाँसंग कुरा गर्ने जरुरत छैन, म साथीहरुसंग गेट टुगेदरमा छु । आवश्यक परे पछि कुरा गरौंला भने । तर अधिकारीको अनुरोधपछि उनले भने ‘ठिकै छ फोन गर्न लगाउनुस अनुकुल भएमा म फोन उठाउला ।’

ओलीको फोन भनेपछि जोगी केही क्षण बिच्कीए । एमालेका लागि विगतमा गरेको सहयोग र टिकटको अन्तिम समयमा आएर जनता समाजवादी पार्टीसंग गठबन्धन गरेर एमालेले टिक खोसेर जसपाका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलाई टिकट दिएपछि जोगी एमालेसंग रुष्ट छन । जस्को कारण उनले स्वतन्त्र उम्मेदवार भएर निर्वाचन समेत आफ्नै बलबुताले जिति सकेको छन । टिकट नदिने अनि बधाई दिन भने फोन गर्ने भनेर जोगी एक क्षण भएपनि भुनभुनिए । 

यस अघि नै उनलाई माओवादी पार्टी अध्यक्षबाट समेत फोन नआएको होइन । तर उनले कुरा गर्न इन्कार गरे । प्रचण्डका सहयोगीले उनलाई फोन गरेर प्रचण्डसंग कुरा गराउन चाहेका थिए । तर जोगीले अहिले नै म कुरा गर्ने पक्षमा छैन, निर्वाचनको सम्पूर्ण परिणाम आएपछि मात्र आफुले निर्णय गर्ने उनले बताएका थिए । 

निर्वाचनमा बिजयी भएका स्वतन्त्र उम्मेदवारहरुलाई आफ्नो पक्षमा पार्न पाए सरकारमा जान बहुमत पु¥याउन सजिलो हुन्थ्यो भनेर अहिले दलका शिर्स नेताहरु लागि परेका छन । जस्को कारण जोगीलाई पार्टीमा तान्न दलका अध्यक्षहरु लागि परेका छन । तर जोगी भने आफू स्वतन्त्र नै रहने बताइरहेका छन ।  

मण्डलले २१ हजार ८ सय २० मत ल्याउदा सत्ता गठबन्धनवाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन । प्रदेश सभा सदस्यमा भने सत्ता गठबन्धनमा कांग्रेसका गयानन्द मण्डल र अमृत अर्याल विजयी भएका छन ।