विराटनगर– मोरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले आसन्न निर्वाचन भ्रष्टचार गर्ने र नगर्ने बिचको लडाई भएको बताएका छन । उनले आफुले जितेर गएपछि कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरे । उनले आफूले यस अघि पराजीत हुदा पनि जनताकै घरदैलोमा ५ बर्ष विताएको बताए । जनताले को सहयोगि हो अनि को भ्रष्टचारी हो भन्ने प्रष्ट बुझि सकेको उल्लेख गरे । 

पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए ।


उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन । पार्टीमा योगदान दिएका, लामो समय सम्म जेल नेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरू प्रति उनले आदर भाव प्रकट गर्दै भने – पार्र्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्धा हुन्छ । कोही हार्छन, कोही जित्छन । हामी कहाँ पनि त्यही भयो । तर, हार्दैमा अवसर सकिने र जित्दैमा सबै अवसर उसैले पाउने होइन । डाक्टर शर्माले आफू निर्वाचनको मैदानमा आएकै दिन सबैसँग कान समाएर माफि मागेको संस्मरण गर्दै भने – अझै पनि साथीहरूसँग संवादको ढोका बन्द भएको छैन ।


मिडियामा आफू बिरुद्ध आएका समाचारको कुनै टिकाटिप्पणी नगर्ने बताउँदै उनले थपे – मैले सयौं विद्यार्थीलाई निशुल्क पढाएँ । डाक्टर, स्वास्थ्य प्राविधिक बनाएँ । मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई एक रुपियाँ नलिई उपचार गराएँ । विरामीको कुरुवालाई समेत खान दिएर उपचारमा सहयोग गरें ।  मैले न बिरामीलाई पार्टी सोंधें ? न कुन चिन्हमा मत हाल्छौ भनेर नै सोधें । मोरङका गाउँ गाउँमा एम्बुलेन्स पुर्याएँ । स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा अल्पसंख्यक गरिव र सीमान्तकृत वर्गका सन्थाल, मुसहर, डोम, बातरको पहुँच पुर्याएको छु । तराईका हुन वा हिमाल र पहाडका दलित समूदायका विपन्न विद्यार्थीहरूलाई पूर्ण छात्रवृतिमा पढाइरहेको छु ।  यि सबै सामाजिक गतिविधिको समाचार किन आउँदैन ? पूर्वाग्रही भएर लेखेको समाचार र पत्रकारिता लामो समयसम्म नटिक्ने उनको भनाई छ । शर्माले केही गर्न नसक्नेहरूले लगाउने आरोपका पछि लाग्नुको अर्थ नरहेको बताए ।


सांसद भएपछि  राज्यबाट पाउने तलब सुविधा समेत नलिने शर्माको घोषणा


संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन ।


निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा , यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आप्नो ध्यान त्यसमा बढी भएको बताएका छन ।


भ्रष्ट्राचार गर्नु वा घुस खानु आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोषबाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन । यस अघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्न लागेका कारण जन चाहाना पुरा हुन नसकेको शर्माको भनाइ थियो । 


शर्माले भने कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यान भएकाहरु निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास ? त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु ।


यो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरु विचको लडाइ हो, अब सर्वभौम जनताले कसलाइ सांसद बनाउने फैसला गर्नुपर्छ  शर्माले भने । आज देशले भगिरहेका अधिकांस समस्याको मुल कारण भ्रष्ट्राचार भएको भन्दै भ्रष्ट्र राजनीतिक नेतृत्वलाइ पराजित गर्न पनि शर्माले सवैलाइ आग्रह गरे । 


यहाँ जनता रोग र भोकले छट्पाइ रहेका बेला पनि कमिसन खानेहरु छन , तिनैले देश बर्बाद पारे , अब जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता सवैभन्दा ठुला न्यायधिस भएकाले अब जनताले भष्ट्रहरुलाइ चोट दिएर आफुलाइ भोट गर्नुपर्ने शर्माको भनाइ थियो । संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले यतिवेला चुनावी घरदैलो र कोणसभा अभियानलाइ तिव्र पारेका छन ।