विराटनगर–कम्यूनिष्टहरुले समाजवादी मोर्चा बनाएर एक हुदा नेपाली कांग्रेसलाई केही फरक नपर्ने यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन । सत्ता गठबन्धन भित्रका कम्यूनिष्ट पार्टीहरु एक हुदा त्यसले गठबन्धनमा असर नपर्ने बताउदै मन्त्री लिम्बुले भने‘म त भन्छु देश भरिकै कम्यूनिष्टहरु एक हुन, ६२ प्रतिशत कम्यूनिष्ट भएको देशमा उनीहरु एक भएर मुलुक बनाउन तयार हुन्छन भने हामीले आपत्तिमान्ने होइन उनीहरुलाई शुभकामना दिने हो ।’

बिचार मिल्यो संगठन मिल्यो अब हामी कम्यूनिष्टहरुएकै ठाउँमा बस्छौ भन्दा आत्तिई हाल्नु पर्ने अवस्था आफूले नदेखेको बताउदै लिम्बुले भने ‘कम्यूनिष्टहरु एकै ठाउमा बस्दा खासै केही फरक नपर्ने बताए । गठबन्धनलाई घात नगरि कांग्रेस अघि बढ्छ । कांग्रेस एक्लै पो हुन्छ की भनेर डराउनु पर्ने अवस्था नरहेको समेत उनले प्रष्ट पारे ।  

मन्त्री लिम्बुले भने‘कांग्रेसको सिद्धान्त भनेको एक्लै लड्ने हो, एक्लै नेतृत्व गर्ने हो तर अहिले हामी गठबन्धन तिर लागेका छौं सत्तातिर लागेका छौं, जस्ले गर्दा कार्यकर्तामा निराशा छाएको छ ।’ उनले भने‘आफ्नो सिद्धान्त अनुसार कांग्रेस एक्लै लडेर नेतृत्व गर्ने पार्टी हो, त्यसका लागि हामीले पनि तयारी गर्नुपर्छ ।  

भारतीय फिल्म युगपुरुषले सीतालाई भारतीय छोरी हुन भनेर गरिएको गलत तथ्यांकलाई कुटनीतिक माध्यमबाट त्यसमा आफ्नो धारणा राख्ने हो । धार्मीक र सांस्कृतिक बिषय जोडिएको र गैर राजनीतिक तहबाट आएको कुरालाई गम्भिर रुपमा लिइरहनु पर्छ जस्तो मलाई लाग्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै सीताको जन्मभूमि नेपालको जनकपुर आएर पटक पटक मन्तब्य ब्यक्त गर्दै नेपाल र भारतको सम्बन्ध रामायणकै पालादेखी को हो भन्दै आएकाले त्यसमा विवाद गर्नु पर्ने अवस्था मैले देखेको छैन । कुनै फिल्ममा कुनै लेखकले गरेको गल्तीलाई भारतले गरेको गल्तीको रुपमा हेरिनु हुदैन ।

भारत आफ्नो लोक सभामा राखेको सांस्कृतीक नक्सा हो भने र भनि सकेको छ । काठमाडौंका मेयर बालेन साहले पनि ग्रेटर नेपालको नक्सा राखेका छन । त्यसलाई हामीले सकारात्मक रुपमा लिनु पर्छ । तर अहिलेको अवस्था ग्रेटर नेपाल बनाउने अवस्था हो की होइन त्यो हेरिनु पर्छ । अहिले मात्रै होइन बेला बेलामा ग्रेटर नेपालको बिषयमा कुराहरु उठीरहन्छन यस विषयमा अहिले पनि कसैले कुरा उठाउछ भने त्यो आपत्ती जनक होइन । संभावना कति छ, प्रमाणले, समयले हामीले टुंगोमा पु¥याउन सकिन्छ की सकिदैन भनेर सोच्नु पर्छ । तर ग्रेटर नेपालको विषयमा मेरो केही आपत्ती छैन । नेपालको राष्र्टि«यताको कुरा उठ्दा हामीले ग्रेटर नेपालको समर्थन गर्नुपर्छ । 

क्रिकेट चै नेपालले भर्खरै खेल्न सुरुआत गरेको हो । यो खेलमा नेपालले जति गरिरहेको छ नी धेरै गरि रहेको छ जस्तो मलाई लाग्छ । किनकी ५० औं बर्षदेखी क्रिकेट खेल्दै र विश्वट्रफी जित्दै आएका देशहरुसंग नेपालले खेल्दा नेपालले जितनै निकाल्नु पर्छ भन्ने छैन । त्यसले अनुभव र खेललाई अझ राम्रो र सशक्त बनाउदै पनि लान्छ । जित्दा खुसी हुनु पर्ने अनि हार्दा निराशा भइहाल्नु पर्ने अवस्था होइन । नेपालले जति खेलिरहेको त्यो धेरै राम्रो खेलिरहेको हो । अरु देशको टिमहरु जस्तो खेलाडीलाई सुविधाहरु दिने र त्यहि किसिमको प्रशिक्षण दिने हो भने हामीले पनि एक दशकमा राम्रा टिमहरु जस्तो खेल्न सक्छौं । अमेरिकी खेलाडीहरुसंग जित निकाल्न सक्नु भनेको हाम्रो लागि ठुलो कुरा हो । अरु देशले ग्रासरुटबाट खेलाडी तयार गरेर लिएर जान्छ तर हामीले छनौटबाट सोझै खेलाडी लिनु पर्ने अवस्था छ । विकसीत देशले आफ्ना खेलाडीहरुलाई गर्ने लगानी अनुसार नै हामीले पनि खेलाडीमाथि लगानी गर्ने हो भने र प्रशिक्षण दिइने हो भने नेपालले पनि राम्रा टिमहरुलाई जित्न सक्छ ।

साफ गेम हुदैछ त्यसको प्रशिक्षण काठमाडौं भन्दा बाहिर पनि जान्छ की जादैन भन्ने जिज्ञासामा मन्त्री लिम्बूले हाम्रो केन्द्रिकृत मानसिकता छदैछ । फेरि बाहिर लादा पूर्वाधार त हुनुप¥यो नि । जहाँ पूर्वाधार छ त्यहा जानु पर्छ । मैले पोखरामा हेरेर आएँ त्यहा राम्रो छ पूर्वाधार त्यहा छनौट खेलहरु खेलाउन सकिन्छ । तर अझै पनि हाम्रो मानसिकता केद्रीकृतनै रहेकाले पूर्वाधार भएर पनि राजधानी बाहिर छनौट प्रक्रिया जान नसकेको हो त्यसमा अबको दिनमा सुधार गर्नुपर्छ र पूर्वाधार भएका स्थानमा छनौटका लागि अवसर दिनु पर्छ ।