कोशी प्रदेश

    Showing ४६१-४७० of १,१३८ items.
  • प्रदेश १ मा मंगलबार ३ सय ७३ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१, झापाको विर्तामोडमा २०, शिवसता

    • प्रकाशित मितिः असोज ५, २०७८
    • ४०९ पटक पढिएको
  • विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना सक्रिय कुष्टरोगी

    विराटनगर - विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना सक्रिय कुष्टरोगी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अधिकृत मुलुकचन्द राजवंशीका अनुसार मोरङमा ११६ जना कुष्टरोगी मध्ये विराटनगर महानगरपालिका भित्र मात्रै ५१ जना कुष्टरोगी रहेका छन्् । सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर मोरङमा रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मङ्गलबार स्वास्थ्य कार्यालय मोरङ र द लेप्रोसी मिसन नेपालले आयोजना गरेको कार्यक्रमा अधिकृत राजवंशीले मोरङसहित तराईका २० जिल्लामा कुष्टरोग अझै रहेको बताए ।आर्थिक वर्ष २०७६–०७७  को प्रथम चौमासिकमा मोरङमा ११ जना मात्रै कुष्टरोगी थिए । आर

    • प्रकाशित मितिः असोज ५, २०७८
    • ४७३ पटक पढिएको
  • रोजिना गिरी मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान शंकास्पद बनेको माइती पक्षको गुनासो

    विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरकी २२ वर्षीया रोजिना गिरी मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान शंकास्पद बनेको गुनासो माइती पक्षको छ । रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा गत आइतबार बिहान रोजिनाको शव घरकै कोठाभित्रको ओछ्यानमा फेला परेको थियो । माइती पक्षले उनको हत्या भएको दाबी गरिरहेका छन् । प्रहरीले भने रोजिनाले आत्महत्या गरेको भनिरहेको छ । अनुहार र शरीरका विभिन्न भागमा नीलडाम एवं चोटकपटक रहेको तथा रगत बगिरहेको अवस्थामा आफूहरुले शव देखेको रोजिनाका काका चक्र गिरीले बताए । हेर्दा कुनै ठाउँमा ठोक्काएर र कुटपिट गरेर हत्या गरेपछि झुण्ड्याइएजस्तो देखिने उनको भनाइ छ । चक्रले प्रहरीले घ

    • प्रकाशित मितिः असोज ५, २०७८
    • ५६९ पटक पढिएको
  • हात्तीको आक्रमणबाट यसरी बच्न सकिन्छ (भिडियोसहित)

    सुनसरी— सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ वर्षीया ममनीदेवी खत्वे रहेकी छन् ।सोमबार दिउँसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनलाई शरीरको विभिन्न भागमा कुल्चिएको थियो । हात्तीको आक्रमणबाट घाइते खत्वेलाई स्थानीयले घरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार सो घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरह

    • प्रकाशित मितिः असोज ५, २०७८
    • ५५२ पटक पढिएको
  • सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गयो

    सुनसरी— सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ वर्षीया ममनीदेवी खत्वे रहेकी छन् ।सोमबार दिउँसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनलाई शरिरको विभिन्न भागमा कुल्चिएको थियो । हात्तीको आक्रमणबाट घाइते खत्वेलाई स्थानीयले घरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार सो घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले थप अनुसन

    • प्रकाशित मितिः असोज ५, २०७८
    • १३४ पटक पढिएको
  • काशीराज दाहाल मोरङको प्रजिअ

    विराटनगर-  नेपाल सरकारका सहसचिव काशीराज दाहालले मंगलबारदेखि मोरङमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को कार्यभार सम्हाल्दै छन । प्रदेश २ को अर्थ सचिवमा कार्यरत दाहालको गत बिहीबार मोरङको प्रजिअका रूपमा सरुवा भएको हो । उनि सोमबार बेलुका विराटनगर आइपगेकाछन । मंगलबारदेखि प्रजिअका रूपमा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएर उनले काम कारबाही सुरु गर्दै जिम्मेवारी सम्हाल्ने छन । पहिलो दिन कार्यालयका कर्मचारीसँग प्रजिअ दाहालले छलफल राखेकाछन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको प्रमुख भएर काम गरिसकेका उनिसँग अख्तियारको केन्द्रीय कार्यालयमा पनि काम गरेको अनुभव छ । यातायात विभागको महानिर्देशक पनि बन

    • प्रकाशित मितिः असोज ५, २०७८
    • ३८८ पटक पढिएको
  • राप्रपाको सपथ ग्रहण

    विराटनगर-  राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकताको मोरङ जिल्ला अधिवेशनवाट निर्वाचित अध्यक्ष लगायत सदस्यहरुलाई सोमबार  सपथ ग्रहण गराइएको छ ।    राप्रपा मोरङको सोमबार भएको भेलाले गएको भदौ २८ गते सम्पन्न अधिवेशनले अध्यक्षमा माधवप्रसाद आचार्य सहित ४१ सदस्यीय कार्य समिति सदस्यहरुलाई  सपथ ग्रहण गराइएको राप्रपा केन्द्रीय तराई मधेश प्रमुख दिनेश शाहले जानकारी दिए ।    निर्वाचनमा  अध्यक्ष आचार्यले श्यामबहादुर कार्कीलाई पराजीत गरेकाछन ।राप्रपा जिल्लाको प्रथम बैठकले राप्रपाका जिल्ला भातृ संगठनहरु पूर्व प्रहरी परिषद्को संयोजकमा बिनेश्वर श्रेष्ठ,दलित संग

    • प्रकाशित मितिः असोज ४, २०७८
    • ५१८ पटक पढिएको
  • प्रदेश १ मा सोमबार २ सय १५ जनामा कोरोना संक्रमीत थपिए

    विराटनगर - प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५–१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५–५, मेचीनगरमा ८,  झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १–१, सुनसरीको इटहरीमा २७, धरानमा ७, बराहक्षेत्रमा २,

    • प्रकाशित मितिः असोज ४, २०७८
    • ४५० पटक पढिएको
  • सङ्खुवासभा हत्या प्रकरण : खड्गबहादुर मुख्य योजनाकार, अघिल्लो दिन नै बनेको थियो योजना

    सङ्खुवासभा—सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरी थप चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।त्यसअघि नै प्रहरीले लोकबहादुरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गत भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका-१ उम्लिङको खोलागाउँमा एकै परिवारको ६ जनाको हत्या भएको थियो ।  उक्त पाँच कार्की दाजुभाइले सामूहिक हत्या गरेको खुल्न आएको हो ।उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले

    • प्रकाशित मितिः असोज ४, २०७८
    • ३९५ पटक पढिएको
  • सुन्दरहरैँचामा कोठाभित्र मृतावस्थामा युवतीको शव भेटियो

    विराटनगर — मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृतावस्थामा फेला परेकी हुन् ।शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले खबर पलपललाई जानकारी दिए । ‘भित्रबाट चुकुल लगाएको अवस्था थियो । मेरो रोहबरमा प्रहरीले ढोका फुटाएर भित्र पस्दा शव भेटिएको हो,’ उनले भने । उनका अनुसार रोजिनाको अनुहारमा निल डाम छ ।इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले आइतबार नै शव पो

    • प्रकाशित मितिः असोज ४, २०७८
    • २६२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल