उदयपुर —  उदयपुरको भुत्तिया दहमा डुबेर एक युवाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङको सुन्दरहैंचा नगरपालिका–४ बलिया निवासी अन्दाजी वर्षको २२ को शिखर सिलवाल रहेका छन् । उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । जिल्लाको बेलका नगरपालिका– ५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । 

खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुवतीहरू उक्त दहमा पौडी खेल्ने गर्दछन् । पौडी खेल्ने क्रममा केहीको मृत्यु भइसकेको छ भने धेरै युवावुतीहरु घाइते भएर घर फर्कने गरेको स्थानीयहरू बताउँछन् । 

स्थानीयहरूका अनुसार बेलका नगरपालिकाले त्यस दहलाई पर्यटकीय स्थलको सूचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो सङ्ख्यामा पौडी खेल्नहरु आउने गरेको छन् ।