प्रदेश १

    Showing ९१-१०० of १,०९४ items.
  • चौधरी ग्रुपले आफ्ना उद्योगका कामदार कर्मचारीको गर्‍यो निशुल्क स्वास्थ्य परिक्षण

    विराटनगर-चौधरी ग्रुपको सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा काम गर्ने ५५३ जना कर्मचारी, मजदुर र मजदुरका आफन्त समेतको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न भएको स्वास्थ्य शिविरमा ५५३ जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालको अनुसार शिविरमा १७७ जनाको रगत परिक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको इसीजी र ३१ जनाको दाँत फुकालिएको छ । नोवेल मेडिकल अस्पतालको सहयोगमा हुने हरेक शिव

    • प्रकाशित मितिः फाल्गुन २१, २०७८
    • ९२२ पटक पढिएको
  • फागुन २१ गतेदेखि झापा गोल्ड कप हुने

    बिर्तामोड–नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए ।त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११ औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् ।झापा गोल्ड कपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • १,०९७ पटक पढिएको
  • प्रदेश सरकार गठबन्धनको मूलमर्म अनुसार चल्न सकेन : राजिव कोइराला

    विराटनगर-कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणामुखी नदेखिएको निश्कर्ष निकालेको छ ।संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार  मुल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा  गठबन्धनको संस्कृति र मूलआत्माबाट नै नै विमुख भएको देखिएको ठहर गरेको छ । कांग्रेस सचेतक सूयर्माराज राईका अनुसार बैठकले दलहरुको बीचमा सहमति हुनुपर्ने, मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह हुनुपर्ने, दल दलहरुबीच अनि नेता नेताहरुबीच पनि समन्वयको अभाव देखिएको

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • ४४४ पटक पढिएको
  • युक्रेनमाथि रुसी आक्रमणको नेपालमा असर, खाद्यान्न, कोइला, खानेतेलको मूल्य बृद्धिहुने

    विराटनगर-युक्रेन माथि रुसी आक्रमणले विश्वको अर्थ व्यवस्थामा असरपरेसंगै त्यसको असर नेपालमा समेत देखिएको छ । रुसी आक्रमणसंगै विश्वव्यापी रुपमा शेयरबजारमा त्यसको नकारात्मक असर देखिएको छ । युक्रेनबाट सोझै नेपालमा तोरीको दाना, सूर्यमुखी र भटमासको क्रुड आयल र गहँुको आयात हुदै आएको छ । जसमा प्रतिटन ३० देखी ६० डलर मूल्य बढेको छ । विश्वब्यापीरुपमा कोइला, पेट्रोलियम लगायतमा हुने मृल्यबृद्धिको असरसमेत नेपालमा पर्ने देखिएको छ । कोइलाको मूल्य बृद्धिले इँटा र सिमेन्ट उद्योगको उत्पादन लागत बढ्छ भने अबको एक महिना भित्र नेपालमा खानेतेलको मूल्य एक सय रुपैयाँ सम्म बढ्ने अनुमान उद्योगीहरुले गरेका छन । घ

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • ३५५ पटक पढिएको
  • तपाईहरुलाई संकटपर्दा राष्ट्रबैंकले सहयोग गर्‍यो,अब तपाईहरुले सिस्टम जोगाउन सहयोग गर्नु पर्छ : गर्भनर अधिकारी

    विराटनगर-गत बर्ष राज्यले निजी क्षेत्रलाई सहयोग गर्‍यो अहिले निजी क्षेत्रले राज्यलाई सहयोग गर्नु पर्ने अवस्था आएको छ । गर्भनर महाप्रसाद अधिकारीले भने‘सिस्टमलाई बचाउन पनि अब निजी क्षेत्रको सहयोग चाहिएको छ ।’ बाह्रखरी मिडियाले आयोजना गरेको इकोनोमिक समिटमा बोल्दै अधिकारीले अहिले बैंकको व्याज चर्को भयो भन्ने गुनासो आइरहेको बारे भने‘साढे चार प्रतिशत सम्म ब्याजदरमा हिजोका दिनमा ऋण लिनु भयो त्यो अनुत्पादक क्षेत्रमा पनि लगानी भएको छ । क्यास मार्जिन राखेका छौं आयातमा केही सहज हुनासाथ हामी यसलाई सहज बनाउछौं ।’ उनले पछिल्लो नीतिले क्रेडीटमा सामान ल्याउन रोकेको सन्दर्भमा प्रष्ट्याउदै भने‘उधारोमा सामान

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • २६५ पटक पढिएको
  • एमसीसी पारित हुनु मुलुकको समृद्धिका लागि शुभसंकेत : अर्याल

    विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अमेरिकी परियोजना एमसीसी पारित हुनु मुलुकको आर्थिक विकास र समृद्धिका लागि शुभसंकेत भएको बताएका छन् । विराटनगरस्थित अर्याल निवासमा संवाददातासित कुरा गर्दै अर्यालले संसदबाट बहुमतले एमसीसी पारित हुँदा दातृ राष्ट्रहरूको नेपाललाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने दाबी गरे । “एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुनुले दातृ राष्ट्र र दातृ निकायहरूले नेपाललाई विश्वास गर्ने वातावरण बनेको छ,” अर्यालले भने, “यदि एमसीसी अनुमोदन नभएको भए अमेरिकाले त सहयोग रोक्थ्यो नै अन्य दातृ राष्ट्र र संस्थाले पनि सहयोग रोक्थे । अनि त्यसपछिको नेपालको आर्थिक अवस्थाक

    • प्रकाशित मितिः फाल्गुन १६, २०७८
    • ३८५ पटक पढिएको
  • नेपाली कांग्रेस क्षेत्र नम्बर ६ को पार्टी कार्यालय भवन डा.कोइरालाद्वारा सिलान्यास

    विराटनगर-नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को पार्टी कार्यालय भवनको विराटनगर ४ एयरपोर्ट रोडमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आइतबार सिलान्यास गरेका छन । सिलान्यास कार्यक्रममा केन्द्रिय सदस्य डा. डिला संग्रौला लगायतका केन्द्रिय, जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो । मोरङको क्षेत्र नम्बर ६ डा.कोइरालाको निर्वाचन क्षेत्र हो । साविकको कन्चनबारी ९ ‘ख’ को एक कठ्ठा जमिन प्रदेश सांसद चुमनारायण तबदारको परिवारले निःशुल्क रुपमा नेपाली कांग्रेस क्षेत्र नम्बर ६ लाई प्रदान गरेको हो । २०५४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएका बेला चुमनारायण, माइलो भाई नेत्र र कान्छो भाई अभ

    • प्रकाशित मितिः माघ २३, २०७८
    • ३७८ पटक पढिएको
  • नेपाली कांग्रेसले वितरण गर्‍यो ३० थान फाइवर सिरक

    विराटनगर-नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का युवा नेताहरुले विराटनगर महानगरपालिका वडा नम्बर ४ का गोकुल टोल र पुल चोकमा ३७ थान फाइवर सिरक जाडोमा कठाङ्ग्रीएका विपन्नलाई वितरण गरेका छन । नेपाली कांग्रेस जिल्ला सह सचिव संजय मण्डलको अगुवाइमा विराटनगर वडा नम्बर ४ को पुल चोक र गोकुल टोलमा विपन्नहरुलाई फाइवर सिरक वितरण गरिएको हो । कार्यक्रममा क्षेत्र नम्बर ६ का क्षेत्रीय सहसचिव केशव गिरी, क्षेत्र नम्बर ६ ‘क’ सचिव पिताम्बर दाहाल, क्षेत्र नम्बर ६ का पूर्व उपसभापति वीरेन्द्र प्रसाद यादव, गोकुल टोल विकास समिति अध्यक्ष अजित सिंह र क्षेत्रीय प्रतिनिधि नवराज पोखरेलले विपन्नलाई सिरक वितरण गरेका थिए ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • ६६६ पटक पढिएको
  • मोफसलमा पहिलो पटक ढाडको नसा च्यापिएको सफल अप्रेशन दुरविनबाट नोबेल अस्पतालमा

    विराटनगर-विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका-४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन गर्नुपर्ने

    • प्रकाशित मितिः माघ २१, २०७८
    • ४९७ पटक पढिएको
  • प्रदेश १ का ९ जिल्लाको जनसंख्या घट्यो, मोरङ सुनसरी लगायतको बढ्यो

    विराटनगर-पछिल्लो १० वर्षमा प्रदेश १ का ९ जिल्लाको जनसंख्या घटेको राष्ट्रिय जनगणना ०७८ मा प्रकाशित विवरणमा उल्लेख छ । प्रदेश १ का पहाडी जिल्ला खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम, सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या ०६८ मा भन्दा ०७८ मा कम भएको पाइएको हो ।केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या ०६८ मा भन्दा कम भएको छ, जसमा प्रदेश १ का ९ जिल्ला छन् । खोटाङमा ०६८ मा भन्दा ३० हजार ९७२ जनसंख्या कम भएको छ । ०६८ मा २ लाख ६ हजार ३१२ रहेकामा ०७८ मा १ लाख ७५ हजार ३४० मा झरेको छ ।भोजपुरको जनसंख्या ०६८ मा १ लाख ८२ हजार २५९ रहेकामा ०७८ मा १ ला

    • प्रकाशित मितिः माघ १७, २०७८
    • २४० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल