विराटनगर–यातायात व्यवस्था कार्यालय, विराटनगरले चालु आर्थिक वर्ष २०८१/८२  को फागुन मसान्त सम्ममा २३ करोड ६० लाख ९२ हजार ८०९  रुपैया बरावरको राजश्व संकलन गरेको छ । 

कार्यालयले यातायात क्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमति पत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन कर लगायत शीर्षकहरूमा सो मूल्य बरावरको राजश्व संकलन गरेको हो ।  

कार्यालय प्रमुख रविन कार्कीका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन कर वापत  १९ करोड २८ लाख ५३ हजार ३७० संकलन भएको छ । त्यसैगरी दोस्रो ठूलो राजश्व संकलन चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर शीर्षकमा उठेको छ । जसमा ४ करोड १९ लाख ८६ हजार ५६४ उठेको  यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख रविन कार्कीले बताए ।  

यातायात व्यवस्था कार्यालय विराटनगरमा आर्थिक वर्ष २०७८ देखि चालू आव २०८१/८२ को फागुन मसान्त सम्ममा विभिन्न किसिमका सवारी साधन दर्ता अभिलेखिकरण गर्दै आएको छ । जसमा सबभन्दा बढी मोटरर्साइलकल ११ हजार ४ सय ८४  दर्ता रहेका छन । स्कुटर  ३ हजार ९ सय ३९ वटा दर्ता रहेको कार्कीले बताए । वस १८ बटा, मिनी बस ७ वटा , माइक्रो बस ४ वटा, जिप २०९ वटा , कार ५६७ वटा , इकार ३९ वटा भ्यान ४४ वटा, पिकअप ५८१ वटा , टयाक्टर १६१८ वटा , दमकल १ वटा , एम्बुलेन्स ५४ वटा , दमकल १ वटा , टेम्पो पेट्रोल , १५ वटा  टेम्पो व्याट्री  २ , ई रिक्सा ३२४ वटा , ई स्कुटर १५ , मोपेड ३ वटा , ट्रक २७ वटा मिनी ट्रक  ३ वटा , टयाक्टर ३ वटा टंकी १ वटा र क्रेन १८ वटा दर्ता भएका छन । 

पछिल्लो वर्ष २०८०/८१ मा मात्र नयाँ सवारी चालक अनुमती पत्र १६ हजार २०९, वर्ग थप सवारी चालक अनुमतीपत्र ४ हजार ४४  र जम्मा २० हजार २ सय ५३ सवारी चालक अनुमतीपत्र का लागी आवेदन प्राप्तभएको छ ।  कार्यालयको आम्दानीहुने स्रोतहरु सवारी दर्ता, ठाउँ सारी, हेरफेर, पुनःदर्ता, लगत कट्टा, नविकरण, दर्ता प्रमाणपत्र स्थगित, रुट इजाजतजारी, रुट नविकरण, रुट लगत कट्टा र रुट स्थगित, सवारी जाँचपास, प्रतिलिपिजारी, सवारी अनुमतिपत्र जारी, रुट इजाजत र पञ्जीकरण वापत कार्यालयले राजश्व लिने गरेको छ ।