विराटनगर–बुढीगंगा गाउँपालिका–१ स्थित नारग्रम माध्यमिक विद्यालयमा शनिबार नोना कोइराला स्मृति प्रतिष्ठान, बुढीगंगा गाउँपालिका र केएचडिसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


शिविरको उद्घाटन नेपाली कांग्रसका नेता माननीय सांसद डा. शेखर कोइरालाले बिरामीको स्वास्थ्य परीक्षण गरी शिविरको उद्घाटन गरेका थिए । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगर र वडा नं. १ का वडा अध्यक्ष सोमनाथ काफ्लेको पनि उपस्थिति रहेको थियो ।


शिविरबाट ३५२ जनाले स्वास्थ्य लाभ लिएका छन्, जसमा १५ जनाको इको परीक्षण गरिएको छ । साथै, शिविरमा इको, ईसीजी, सुगर लगायतका स्वास्थ्य जाँचहरू गरिएको थियो भने बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको को नोना कोइराला स्मृती प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए ।