विराटनगर–खोटाङ उद्योग बाणिज्य संघको २६ औं र विर्तामोड उद्योग बाणिज्य संघको ७ औं साधरण सभा सम्पन्न भएको छ । 

दुवै साधरणसभाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले गरेका छन । प्रमुख अतिथिको मन्तब्य राख्दै राउतले विर्तामोडको आर्थिक क्षेत्रमा भएको प्रगतिको सराहना गरेका छन्।

अध्यक्षले विर्तामोड पूर्वी नाकामा रहेको ताप्लेजुङ, पाँचथर, इलाम लगायत पहाडी जिल्लाको मुख्य बजारका रूपमा विस्तार हुँदै गएको र आर्थिक गतिविधिमा अग्रणी स्थान बनाउन सफल भएको बताए। साथै, उद्योग वाणिज्य संघले त्यस क्षेत्रका व्यवसायीहरूको हकहित र सामाजिक क्रियाकलापहरूमा सक्रिय रहेको पनि उल्लेख गरे।

महासंघका अध्यक्षले कोशी प्रदेश महासंघका विभिन्न प्रयासहरूबारे जानकारी दिँदै प्रदेश सरकार र विभिन्न परियोजनाहरूसँग गरिएको सहकार्यको बारेमा प्रकाश पारे। विशेषगरी पहाडी क्षेत्रमा हुने उत्पादनहरूको प्रवर्धन तथा कृषि, पर्यटन र औद्योगिक विकासमा महासंघले गरेका प्रयासहरूको बारेमा बताए।

उनले उद्यमशीलता प्रवर्धन गर्न महासंघले व्यावसायिक विकास सेवाको सुरुवात गरेको र साना व्यवसायीहरूलाई २ लाख रुपैयाँसम्म लगानी गर्ने कार्यक्रम रहेको उल्लेख गरे। साथै, कोशी प्रदेशका सबै जिल्लामा व्यावसायिक विकास सेवालाई विस्तार गर्न बैशाखमा तालिम कार्यक्रम शुरु हुने जानकारी दिए।

अध्यक्षले कोशी प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताको पनि उल्लेख गरे, जसअनुसार विना धितो, सुलभ व्याज दरमा साना व्यवसायीहरूलाई ऋण सुविधा उपलब्ध गराइने छ।

महासंघले गरेका अन्य कार्यहरूमा डाटाबेस बनाउने उद्देश्यले सफ्टवेयर जडान, संघका सचिवालय प्रमुखहरूलाई अन्य प्रदेशका उद्योग वाणिज्य संघहरूमा भ्रमण, व्यावसायिक विकास सेवाका विषयमा गोष्ठी, प्रदेश स्तरीय कृषि एक्स्पोको आयोजना र महिला उद्यमी विकास समितिद्वारा ढाका महोत्सवको आयोजना रहेका छन्।

अध्यक्षले कोशी प्रदेशको आर्थिक अवस्थाबारे पनि जानकारी दिँदै कूल गार्हस्थ उत्पादनमा कृषि ३३.२%, उद्योग क्षेत्र १५.९५% र सेवा क्षेत्र ५०.९२% रहेको तथ्यांक प्रस्तुत गरे। अर्थतन्त्रमा देखिएको शिथिलताको कारण मागमा ५० प्रतिशत कमी आएको र स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतीय बजारमा भर पर्नुपरेको चुनौती औंल्याए।

अन्त्यमा, उनले कोशी प्रदेश सरकारबाट आयोजना हुन गइरहेको लगानी सम्मेलन, चिया सम्मेलन र पर्यटन वर्ष २०८२ को बारेमा जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनमा कोशी प्रदेश एक भएर जानुपर्ने आह्वान गरे।