मुख्य समाचार

    Showing १७१-१८० of ८०५ items.
  • प्रदेश १ मा बिशेष आर्थिक क्षेत्र निर्माणमा परिसंघको चासो

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले दुई दशकदेखी उठाउदै आएको विषेश आर्थिक स्थापनाको मागलाई नेपाल उद्योग परिसंघले प्रदेश १ ले पुनः सरोकारवाला निकायमा छलफल चलाएको छ । सरकारले बजेट मार्फत सुनसरीको अमडुवामा विषेश आर्थिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । सुनसरी जिल्ला को अमडुवा मा रहेको करिब ६५० बिगाहा जग्गामा नेपाल सरकारले बिषेश औद्यौगिक क्षेत्र निर्माण गर्ने योजना अनुसार नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद्ध फोकल पर्सनहरु  र नेपाल उद्योग परिसंघका सदस्यहरु बुधबार परिसंघको संयोजनमा अनलाईन छलफल र अन्तरक्रिया गरिएको छ । छलफलमा नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ८५५ पटक पढिएको
  • १५ करोडको लागतमा कंचनबारीमा न्यूरो अस्पताल शुभारम्भ

    विराटनगर –विराटनगर-३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्यवस्थापनको क्षेत्रमा अनुभव प्राप्त छन् । प्रदेश सरकार मातहतको सम्बन्धनमा २५ शै्याको अस्पताल बुधबारदेखि नै सञ्चालनमा ल्याइने भएको हो ।न्यूरो सर्जरीमा नाम कमाएका डा.पंकज नेपाल अस्पतालका प्रबन्धक निर्देशक र डा.अर्जना चौधरी अध्यक्ष तथा अस्पताल व्यवस्थापनमा अनुभव प्राप्त दिनेश ठाकुरको टिमले नयाँ अस्पताल सञ्चा

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ५३२ पटक पढिएको
  • प्रदेश १ मा राजेन्द्र राई नयाँ मुख्यमन्त्री, पाँच सदस्यीय मन्त्री मण्डल

    विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सपथ लगत्तै संचारकर्मीसंग प्रदेशको नामाकरण गर्ने र बजेटको दायरा बढाउने प्रतिक्रिया दिएका छन । उनले नराम्रो काम नगर्ने राम्रो कामलाई प्राथमिकता दिने बताए । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ४२७ पटक पढिएको
  • मोरङ कारागार तनावग्रस्त : ‘गुन्डा नाइके’ गिरीलाई ल्याएपछि कैदी र आफन्त आन्दोलित !

    अपहरण मुद्दाका कैदी तथा ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएपछि कैदीबन्दी र उनीहरूका आफन्त आन्दोलित बनेका छन् । कारागार व्यवस्था विभागले गिरीलाई सोमबार राति गाडीमा हालेर सुटुक्क जिल्ला कारागार मोरङ पठाएको थियो ।मङ्गलबार बिहान ५ बजे गिरीलाई विराटनगर ल्याएपछि कैदी र आफन्तले आज कारागारमा आन्दोलन गरिरहेका छन् । कैदीले छतमाथि चढेर आन्दोलन गरिरहेका छन् भने उनीहरूका आफन्तले कारागारको गेटअगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।यसअघि असोज दोस्रो सातातिर गिरीलाई विराटनगर ल्याएमा कारागारभित्र रहेका आफ्ना आफन्त असुरक्षित हुने भन्दै कैदीबन्दीका आफन्तले विरोध प्रदर्शन गरेका थिए । गिरीलाई विराटनगर ल्

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • ४७६ पटक पढिएको
  • ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सुटुक्क विराटनगर ल्याइयो

    चर्को विरोधका बीच अपहरण मुद्दाका कैदी तथा ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सुटुक्क विराटनगर ल्याइएको छ । कारागारमा रहेका कैदीका आफन्तले विरोध गरिरहँदा कारागार व्यवस्था विभागले मङ्गलबार बिहान गिरीलाई जिल्ला कारागार मोरङ ल्याइएको हो । गत असोज दोस्रो साता गिरीलाई विराटनगर ल्याएमा कारागारभित्र रहेका आफ्ना आफन्त असुरक्षित हुने भन्दै कैदीबन्दीका आफन्तले विरोध प्रदर्शन गरेका थिए । तर विरोधकै बीच अपहरण आरोपमा जेलमा रहेका गिरीलाई मङ्गलबार बिहान ५ बजे विराटनगर ल्याइएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए । विरोध साम्य भएको मौका छोपेर विभागले सोमबार बेलुका गाडीमा राखेर गिर

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • ४७३ पटक पढिएको
  • ६७ दिनमा ढल्यो आचार्यको सरकार, विपक्षी गठबन्धनबाट राई मुख्यमन्त्री बन्दै

    विराटनगर-मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुदा १० जनाले एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य सफतग्रहण गर्दै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले सपथ ग्रहण गरेका थिए । तर दल विभाजन भएको ३० दिन भित्र आफुसंग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनु पर्नेमा उनले त्यसो नगरि संवैधानिक प्रावधानलाई छल्दै आफु अनुकुल ब्याख्या गरेर ६७ दिन सम्म सरकार टिकाएका थिए । उनले सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ४११ पटक पढिएको
  • आचार्यले भने‘अब बन्ने सरकारलाई रचनात्मक सहयोग गर्छु’

    विराटनगर-मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत नरहेको भन्दै राजीनामा दिने जनाएका छन । प्रदेश १ को प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले राजीनामा दिने घोषणा गरेका हुन । उनको नेतृत्वमा एमालेले ६७ दिन सरकार चलाएको छ । उनले सरकारमा जो आएपनि रचनात्मक सहयोग गर्ने बताए । प्रदेश सरकारसंग युवाहरुको बढी अपेक्षा रहेको बताउदै उनले एमालेले थालेका राम्रा कामहरुको निरन्तरता हुनेमा आफु विश्वस्त रहेको जनाए । केही बेरमा उनले प्रदेश प्रमुख समक्ष राजीनामा दिदैछन । माधव नेपाल पक्षधर आचार्य मुख्यमन्त्री पद पाउने भएपछि ओलीको समर्थन गर्दै ओली पक्षमा लागेका थिए । एमाले विभाजित भएपछि भदौं १० गते उनी मुख

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ५१० पटक पढिएको
  • अष्ट्रियामा नेपालीहरु बिच खुल्ला भलिबल प्रतियोगिता हुने

    विराटनगर-नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को आयोजनामा नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । आगामी नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगिताका लागि टिमको टुंगो लागेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । घमालका अनुसार द एभरेष्ट क्लब, नेपाली युथ अष्ट्रिया,  एनईएससी, एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लब, धौलागिरी चेक रिपब्लिक र एनएफटी म्युनिक जर्मनीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो । एभरेष्ट क्लबबाट खिम कार्की, सुरेन्द्र प्रसाईं, गणेश थापा, झविन्द्रप्रसाद अर्याल,

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ५९३ पटक पढिएको
  • फुजीमाको इन्जिन आयल प्रयोग गर्दा कुनै समस्या आएमा सतप्रतिशत क्षतिपूर्ति दिइने

    विराटनगर-फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेशिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादीत सामाग्री प्रयोग वापद हुने खराबीको विमा(product liability insurance) गरेको छ । कम्पनीले एक करोड सम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरि हिमाल इन्स्योरेन्स कम्पनीसंग सम्झौता पनि गरेको छ । २७ बर्षदेखी नेपालमै इन्जिन आयल र ग्रिज उत्पादन गर्दै आएको फुजीमा कम्पनीको कन्ट्रोल लुब्रिकेन्ट निकै लोकप्रिय ब्राण्ड मानिन्छ । कम्पनीले म्याजिक प्लस र रोयल ब्राण्डमा पनि इन्जिन आयल र ग्रिजका ७० भेराटिजह

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३६० पटक पढिएको
  • प्रधानन्यायाधीशको विवादबारे एमालेले कुनै धारणा राख्दैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबारे आफ्नो दलले कुनै पनि धारणा नराख्ने बताएका छन् । मङ्गलबार बिहान विराटनगरमा मोरङमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले प्रधानन्यायाधीशको विवादबारे एमालेले कुनै धारणा नराख्ने बताएका हुन् । ‘यस विषयमा एमालेले बोल्नै पर्ने केही छैन’, उनले भने, ‘यस कुरामा एमाले तटस्थ रहन चाहन्छ । पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरूले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने । यो राजनीति हो, यो दाउपेच हो । एमाले यसमा संलग्न हुँदैन ।’ 

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ४२३ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल