विराटनगर–उद्योगी व्यवसायीका मागहरु सकेसम्म सम्बोधन गर्दै स्थानिय तहको क्षेत्रभित्र पर्ने उद्योग व्यवासायलाई उथ्थानका लागि सकेसम्म मागहरुको सम्बोधन गरिएको एक अन्तरक्रियामा स्थानिय तहका प्रमुखहरुले बताएका छन । सोमबार मोरङ–सुनसरी करिडोरका तीनवटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायीका बिच भएको अन्तरक्रियामा प्रमुखहरुले उक्तकुरा बताएका हुन ।  


नेपाल उद्योग वाणिज्य महासंघ कोशीप्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका बिराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा छुट्टा छुट्टै अन्तरक्रिया आयोजना गरिएको हो । 


अन्तरक्रियाका क्रममा बिरटनगर महानगरपालिका प्रमूख नागेस कोइरालाले महानगरले उद्योगी व्यवसायीका समस्या सुन्दै र सम्भवभए सम्ममाग पुरा गर्दै आएको बताए । उद्योग व्यवसायले सामाजिक उत्तरदायीत्व निर्वाह नगर्दा वातावरण संरक्षण मात्र नभई शहरी सेवा व्यवस्थापनमा समेत समस्या भोग्नुपरेको उहाँको गुनासो थियो । 


स्थानीय उद्योगीव्यवसायीले भने महानगरपालिकाले सहकार्यका अग्रसरता देखाउन, समान्य बिरोधकै भरमा महत्वपुर्ण  निर्णयबाट पछि नहट्न, सानातथा घरेलु उद्योग प्रवद्र्धनमा थप लगानीगर्न आग्रह गरेकाथिए । कार्यक्रममा महानगरपालिकाका प्रमूख नागेश कोइराला, उप प्रमूख सिल्पा कार्की र प्रमूख प्रशासकीय अधिकृत राजेन्द्र पारजुलीले .स्थानीय उत्पादन प्रवद्र्धनकालागि प्रद्र्धनशनी स्थलनिर्माण लगायतका कार्यमा निजी क्षेत्रसँग सहकार्य गर्न तथा साना र मझौला उद्योगको प्रवद्र्धनमा थप कामगर्न प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।  


कटहरी गाउँपालिकामा भएको सम्बाद कार्यक्रममा इट्टा लगायतका स्थानीय उद्योग व्यवसायले ग्रामिण अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको भएपनि स्थानीय सरकारले त्यसलाई महत्व नदिएको बताएका थिए । राजस्व संकलनगर्दा साना, मझौला र ठूला उद्योगको बर्गीकरण नभएको, व्यवसाय करको दर अत्याधिक भएको लगायतका गुनासो गरेकाथिए । कतिपय सहभागीले ठूला उद्योगमा ठेक्काको माध्यमबाट श्रमीकलगाउने अभ्यास बढाएको कारण श्रमीकको हकअधिकार संकुचितभएको दावी गरेकाथिए । 


राजस्वका दर बैज्ञानिक नभएको, लामो समयदेखि संचालनहुननसकेका उद्योगलाई समेत कर छुट नगरेको जस्तागुनासो पनि उद्योगीव्यवससायीले गाउँपालिका समक्ष राखेकाथिए । कार्यक्रममा बोल्दै कटहरीका अध्यक्ष देवराज चौधरीले उद्योग सञ्चालनमा सहजीकरण गरिरहेको, भूमि बर्गीकरण गरी उद्योग र बस्तीका बिचको समस्याको दीगो समाधानको प्रयास गरिएको र उद्योगीको समस्यालाई मध्यजर गरी राजस्वका दरहरु परिमार्जन गरिएको बताए । सार्वजनिक खरीदकानुनको अधिनमा रहेर स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको प्रमूख प्रशासकीय अधिकृत मनोज शाहले बताए । कार्यक्रममा उपप्रमूख सीता देवी राजबंसीले राजस्व नीति निर्माणमा स्थानीय उद्योगी व्यवसायी लगायतका सरोकार वालाहरूसँगको सम्बाद बढाउने प्रतिवद्धता व्यक्त गरिन ।  


बुढी गङ्गा गाउँपालिकामा भएको अन्तरसम्बाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले उद्योगीहरुले उद्योग सञ्चालनका न्यूनतम मापदण्ड पुरा नगरेको र प्रदुशण अत्याधिक गरेको बताए । सामाजिक उत्तरदायित्व निर्वाहमा उद्योगहरु उदासिन रहेको पनि उनले बताए । औधोगिक प्रदुषणको असर कमगर्न उद्योग परिसरमा बृज्ञारोपण गर्ने उद्योगीलाई बिरुवाको संख्याका आधारमा व्यवसाय कर छुट दिने नीति अघि सारिएको, उद्योगीको समस्या समाधानका लागि लचकता अपनाइएको, दक्ष जनशक्ति निर्माणमा लगानी गरिएको जस्ता विषयमा गाउँपालिकाका अध्यक्ष लगायतका प्रतिनिधीहरुले जोड दिएका थिए । 


उद्योगका गाडीका कारण स्थानीय सडक मर्मत सम्भारमा अत्याधिकखर्च हुने भएकोले पुर्वाधार शुल्क लगाइएकोमा त्यसका बारेमा अनावस्यक टिका टिप्पणी भएको पनि उनीहरुको धारणा रहेको थियो । उद्योगीहरुले भने गाउँपालिकाले राज्यको कानुन विपरित नयाँ नयाँ शिर्षकमा कर लगाउँदा राजस्व पुर्वानुमान योग्य हुन नसकेको, सीप विकासका नाममा गाउँपालिकाले गर्ने खर्च उत्पादन मुलक नहुँदा दक्ष जनशक्ति प्राप्तहुन नसकेको, उद्योगमा स्थानीय श्रमीकलाई प्राथमिकता दिइएको भएपनि त्यसलाई महत्व नदिइएको जस्ता गुनासो उद्योगीहरुको थियो । तीनवटै स्थानीय तहमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो अन्तरक्रिया स्थानीयतहले नियमीत रुपमा आयोजना गर्नु उपयुक्तहुने सुझाव दिएका थिए ।