विराटनगर–नोना कोइराला स्मृती प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, एक्सेल विकास बैंकको सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका २ को मधुग्राम देउता आधारभुत विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा २ सय ६० जना स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।

प्रतिष्ठानका संरक्षक डा.शेखर कोइरालाले उद्घाटन गरेको उक्त शिविरमा उनले पनि विरामीहरुलाई स्वास्थ्य परामर्श दिएका थिए । शिविरमा किड्नी, उच्चरक्तचाप, मधुमेह र हृदयरोगका विरामीहरुको रोगको परिक्षण र उपचार गरिएको थियो । विद्याथीहरुलाई स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम समेत शिविरमा संचालन गरिएको थियो । 

डा.कोइरालाले केएचडीसीको सहकार्यमा मोरङका मात्रै नभइ अन्य जिल्लाहरुमा समेत निशुल्क स्वास्थ्य शिविर संचालन गरिने बताए । केएचडिसीका प्रमुख डा.संजिव शर्माले पहिलो पटक नोना कोइराला स्मृती प्रतिष्ठानसंग पहिलो सहकार्य भएको र अब अन्य सहकार्य समेत गर्दै जाने बताए । 

प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले निशुल्क रुपमा आयोजना गरिएको स्वास्थ्य शिविरमा इसिजी, इको, ल्याब परिक्षण र औषधि समेत निशुल्क वितरण गरिएको जानकारी दिए । श्रीवास्तवले शिविरमा उपचार गराएका मध्ये ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको बताए । प्रतिष्ठानले केही समय भित्रनै मोरङको अन्य ग्रामीण क्षेत्रमा पुनः यस्तै कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।