विराटनगर–मोरङ व्यापार संघ एक्स्पो २०२३ को स्टल बुकिङ खोलेको सात दिन नविदै २ सय ५० स्टल सबै बुकिङ भएपछि माग गर्नेहरुका लागि ३५ वटा नयाँ स्टल थपिन लागेको हो । मोरङ ब्यापार संघले बर्तमान आर्थिक शिथिलतालाई चलायमान वनाउने उधेश्यले पुस ६ देखि १६ गतेसम्म एक्स्पो २०२३ आयोजना गरेर अन्तराष्ट्रिय स्तरको कृषि, पर्यटन र औधोगिक प्रर्दशनी गर्दै छ ।

एक्स्पो सुरु हुन पाँच दिन बाँकी रहदा निर्धारित स्टल बुकिङ भइसकेको आयोजकले वताएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि एक्स्पो प्रति आकर्षण बढदो छ । व्यापार संघका अध्यक्ष नविन रिजालले भने निर्धारित स्टल बुकिङ भइसकेर स्टल थप्नुपर्ने स्थिती आएको छ ।

Dome 1

विराटनगर २ शंकरपुरमा सञ्चालन हुने एक्स्पो आयोजनामा करिव  तीन करोड ५० लाख खर्च हुने अनुमान गर्दै २ सय ५० वटा स्टल राखिने तयारी गरिइएको थियो । रिजालले भने सवै स्टल बुकिङ भइसक्यो र स्टलको माग बढ्दो छ । त्यसैले थप ३५ वटा स्टलको व्यवस्था गर्ने तयारी गरिएको छ । एक्स्पोमा स्वदेशी औधोगिक र कृषि उत्पदन सहित भारत, बंगलादेश र पाकिस्तानका औधोगिक उत्पादनको समेत प्रर्दशनी हुने छ ।

व्यापार रणनीति अन्र्तगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावन र सेवालाई अन्तराष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य छ । एक्स्पोले आर्थिक गतिविधि शिथिल भइरहेको समयमा आर्थिक क्षेत्रमा उर्जा दिने अपेक्षा गरिएको उल्लेख गर्दै रिजालले भने स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार अकर्षण बढाउने उधेश्यले एक्स्पोलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको फेस्टिल मुभमेन्टका रुपमा पनि आयोजना गरिएको हो । 

Dome pic

एक्स्पोले शिथिल अवस्थामा रहेको सुनसरी मोरङ औधोगिक क्षेत्र चलायमान वनाउने अपेक्षा पनि गरिएको छ । १० दिन चल्ने यो एक्स्पो चारलाखले अवलोकन गर्ने र करिव १५ करोडको कारोवार हुने विश्वास आयोजकले गरेको छ । स्टलको बुकिङ र मागलाई हेर्दा एक्स्पोलाई शिथिल अर्थतन्त्रले कुनै प्रभाव पार्ने देखिदैन । रिजालले भने एक्स्पोमा औधोगिक उत्पादन, कृषि उत्पादन, सवारी साधन, व्यापारीक साधन र घरेलु वस्तुको उल्लेख्य कारोवार हुने अपेक्षा गरिएको छ ।