विराटनगर–कहिलेकाँही भाइरल भइरहेको बिषय बस्तुको गहिराईमा नपुगि अथवा त्यसलाई दोहोरो परिक्षण नगरि त्यस्ता सामाग्रीलाई संचारमाध्यमले समेत महत्व दिँदा हुदैनभएको खबर प्रचार र प्रसार हुनपुग्छ । 


जसले आम पाठकमा भ्रम श्रृजना गर्छ । पत्रकारिता पेशाप्रति नै प्रश्नचिन्ह खडा हुन्छ । आइतबार त्यस्तै भयो । इनरुवा ३ बन कार्यालय छेउका ४५ बर्षिय प्रताव सदालाई अस्पतालले मृत घोषणा गरेर पठाएको तर उनी घाट लाने बेलामा उनी ब्यूझिएको खबर सनसनी भयो । अनलाईन, यूट्यूब र सामाजिक संजालमा खबर भाइरल बन्यो । 


उनको उपचारका लागि भर्ना भएको विराटनगरको मेट्र न्यूरो अस्पतालका संचालक सन्तोष मेहताले अस्पतालले मृतक घोषणा नगरि परिवारको जिम्मा लगाएर पठाएको कागजात र आइसीयूबाट जीवितै निकाल्दै गरेको भिडियो फुटेज समेत फेसबुकबाट सार्बजनिक गरेपछि मात्र घटनाको अर्काे पाटो खुल्यो र घटना हावादारी भएको सार्बजनिक भयो । 


भएको चै के हो त ?


सुनसरी इनरुवा ३ वन कार्यालय पश्चिमका ४५ वर्षिय प्रताव सदा विरामी भए । छाति दुख्ने समस्या लिएर स्थानिय अस्पतालमा उपचार गर्दापनि ठिक नभएपछि उनलाई विराटनगरको मेट्रो न्यूरो अस्पताल भर्ना गरियो । अस्पतालले प्रतावको छातीमा समस्यासँगै म्यानेजाइटिसका कारण अवस्था नाजुक रहेको भन्दै आइसियूमा राखेर उपचार सुरु ग¥यो । 


अस्पतालले आइसियूमा उपचार संभव नहुने भन्दै भेन्टीलेटरमा राखेर उपचार गर्न परिवारजनलाई वतायो । आर्थिक अवस्था नाजुक भएको कारण परिवारजनले भेन्टीलेटरमा राख्न मानेन् । बिरामीकी पत्नी सीताकुमारी ऋषिदेश सदाले खर्चको अभाव भएको कारण जनाउदै खर्च जुटाउन विरामीलाई आइसीयूमा नै छाडेर इनरुवा पुगिन ।

 

सर सापटी र ऋण काढेर सीताकुमारीले आइतवार दिउँसो अस्पतालमा लागेको रु ५० हजार रुपैयाँ अस्पताललाई बुझाएर जिवितै प्रतावलाई आइसीयूवाट अक्सिजन पाइप सहित निकालेर घर लिएर गइन । फुटेजमा पनि त्यो दृष्य देखिन्छ । तर अस्पतालले भेन्टीलेटरबाट झिक्ना साथ अथवा आइसीयूबाट विरामी लिएर जानसाथ उनको मृत्यू हुन्छ र त्यसको जिम्मा अस्पतालले लिदैन भन्यो । सोही बमोजिमको कागजमा पनि सहि गरायो । सीताले उपचार मंहगो भएको र परिवारको हैसियत नभएको भन्दै श्रीमानलाई जे भएपनि घरलान राजी भइन र अस्पतालबाट आफ्नै जिम्मामा श्रीमानलाई लिएर गइन ।


अस्पतालले आइसीयूबाट निकाल्ना साथ उसको मृत्यू हुन्छ भन्नु र अस्पतालबाट निकाल्दा निकाल्दै प्रताप अचेत भए । सबैले उनीले प्राण त्याग गरेको अनुमान गरे । हल्ला त्यस्तै चल्यो । कसैले प्रतावलाई बोलाएनन उनी अचेत नै रहे । घर लगेपछि सबैले अन्तिम संस्कारका लागि पहल गर्न थाले 

त्यसै अनुसार गाउँले र छिमेकले घाट लैजाने र जलाउने सामाग्रीको वन्दोवस्त पनि गरे । प्रतावलाई घरमा पु¥याएर घारोमा सुताएर कपडाले छोपेर जुइनाले बाध्न सुरु गरियो । तव उनले पुलुक्क आँखा हेर । अनि भेला भएका आफन्त र छिमेकमा कोलाहल मच्चियो । 


त्यसपछि स्थानीय पहलवहादु कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे । भिडियो भाइरल बन्यो । सवैले अस्पतालको दोष देखाउदै कारवाहीको माग गरे । उनै प्रताव अहिले इनरुवा नगर अस्पतालमा उपचार्थ रहेको वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन ।


परिवारजनको गलत बुझाईले यो समस्या सृजना भएको वडा अध्यक्ष रमेश श्रेष्ठको भनाई छ । अस्पतालले प्रतावको डेथ सटिफिकेट दिएको छैन । भिडियोमा भनीए जस्तो १२ घण्टा सम्म प्रतावलाई शवगहमा राखिएको पनि होइन । यो गतल बुझाईको उपज हो । श्रेष्ठले भने विपन्न परिवारका सदाका आफन्तले भेन्टीलेटरमा राखेर उपचार गर्न नसक्ने वताएका थिए होला ।


वडा की महिला सदस्य सविना सिग्देलका अनुसार प्रतावका परिवारजनले उनको मृत्यु भएको भन्दै वाटावाटै अन्त्यष्टिकालागि दाउरा लगाएतका सामाग्रीको जोह गरिदिन आग्रह गरेका थिए । उनका अनुसार विपन्न परिवारका व्याक्तिको मृत्यु हुँदा वडाले अन्त्यष्टिकालागि आवश्यक सामाग्रीको प्रवन्ध गर्ने गरेको छ । वडाकी दलित सदस्य एवं प्रतावकी छिमेकी कबुक्री सदाका अनुसार अस्पतालमा प्रतावको मृत्यु भएको हल्लाको पछाडी परिवारजन लागेर आफुले हेक्का नगर्दा यो समस्या सृजना भएको बताइन ।