विराटनगर–सातघुम्ति रोडमा बुधबार आगलागि हुदाँ कवाडी संचालक दिपक मण्डल र अर्की एक महिलाको मृत्यू भएको छ । महिलाको पहिचान खुलेको छैन । कवाडी गोदाममा कसरी आगोलाग्यो भन्ने खुलेको छैन । दमकल र स्थानिय प्रहरीले आगो नियन्त्रणमा लिएका छन । 

आगलागिमा परि ४ जना गम्भिर घाईते भएका छन । चारैजनालाई नेपाली सेनाको स्काइट्रक  मार्फत संघिय राजधानी काठमाडौं उपचारका लागि लगिएको छ । आगलागिको कारणबारे अध्ययन भइरहेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार कबाडीमा कुनै प्रज्ज्वलनशील पदार्थको क्यान कुच्याएको र त्यहिबाट ग्याँस लिक भई आगोको सम्पर्कमा आएर घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 

घाइते हुने अन्य व्यक्तिहरुमा विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान, ३० बर्सिया पींकी कामत र ६० बर्सिया अजिता सरदार रहेको डिएसपी दाहालले जानकारी दिए । घाइतेहरु मध्ये सुशीला र अजिताको अवस्था गम्भीर रहेको जनाइएको छ । 

आगलागीको कारण खुल्न सकेको छैन । कवाडीमा कार्यरत कामदारहरुले कवाडी खानाभित्र केहि दिनयता विद्यूत सर्ट भइरहेको र मर्मतका लागि आग्रह गर्दा अटेर गरेको बताए । उनीहरुले दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा अचानक पड्किन थालेपछि आगो फैलिएको उनीहरुले बताए । आफू भागेर ज्यान जोगाएको कवाडीखानाकी एक महिला कामदारले बताइन । आगलागी भएको जानकारी गराएको ४५ मिनेटपछि मात्रै विराटनगर महानगरपालिकाको दमकल आइपुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।