मुख्य समाचार

    Showing १३१-१४० of ८०२ items.
  • रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

    काठमाडौं - रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन्। महामन्त्री पदको प्रारम्भिक परिणामले आफूलाई पदमा बसिरहनु पर्ने  सन्देश नदिएकाले राजीनामा दिएको स्पष्ट पारेका छन् । पछिल्लो मतपरिणामअनुसार उनी अन्य उम्मेदवारभन्दा पछि छन्।उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'मैले प्रतिष्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।'रक्षामन्त्री रिजालले महामन्त्री पदको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका छन्।

    • प्रकाशित मितिः पुष १, २०७८
    • २७९ पटक पढिएको
  • सर्लाहीमा आगोले जलेर तीनको मृत्यु

    सर्लाही- सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९:१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो ।  आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर

    • प्रकाशित मितिः पुष १, २०७८
    • २६२ पटक पढिएको
  • उद्योग, ब्यापार र लगानीको अध्ययन गर्न परिसंघको टोलि बंगलादेश प्रस्थान

    विराटनगर-ढाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबंगलादेशको निमन्त्रणामा उद्योग ब्यापारमा अपसी लगानीका अवसरहरु वृद्धि गराउने उद्येश्यले आवश्यक छलफल र सहकार्य गर्न नेपाल उद्योग परिसंघ उच्च पदाधिकारी सहित १३ उद्योगिहरुको टोलि सोमबार बंगलादेशको ढाका तर्फ प्रस्थान  गरेको छ । नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार अग्रवालको नेतृत्वमा प्रस्थान गरेको टोलीमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी, बिरेन्द्रराज पाण्डे, निर्वाण चौधरी, नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे तथा परिसंघका संयोजक द्विराज शर्मा सिवाकोटी, लक्ष्मीप्रसाद

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ३८५ पटक पढिएको
  • नेपाल उद्योग परिसंघको प्रदेश १ अध्यक्षमा पुनः भीम घिमिरे

    विराटनगर-नेपाल उद्योग परिसंघको प्रदेश १ को अध्यक्षमा पुनः भीम घिमिरे सर्बसम्मत निर्वाचित भएका छन । शुक्रबार भएको परिसंघको प्रथम साधरणसभाले घिमिरेको अध्यक्षतामा २९ सदस्यीय प्रदेश समिति समेत निर्विरोध निर्वाचित भएका छन । उद्योग संगठन मोरङका निर्वतमान अध्यक्ष समेत रहेका घिमिरेको अध्यक्षतामा छ महिना अघि परिसंघको प्रदेश समिति गठन भएको थियो । बरिष्ठ उपाध्यक्ष प्रकाशमुन्दडा, ५ जना उपाध्यक्षमा नवल किशोर कावरा, शुशिलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दिपक पौडेल,  देवेन्द्र गुप्ता निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा गिरिस लुनिया, सदस्य तथा प्रवक्तामा दिवश सुवेदी छन । महानिर्देशक बिजयहरी शर्म

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ४३६ पटक पढिएको
  • विमानस्थल पीडितका माग प्रति मन्त्री आले सकारात्मक

    विराटनगर-विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन १२६ विगा जमिन अधिग्रहण गर्ने सरकारको योजनाको कारण विस्ताथपित हुनेहरुको विमानस्थल पीडित संघर्ष समितिले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएका छन । संघर्ष समितिका संयोजक वेदराज पौडेल सहितको टोलीले मन्त्री आलेलाई नौं बुँदे ज्ञापन पत्र बुझाएका हुन । विमानस्थलले अधिग्रहण घर जग्गा रोक्का गरेको १७ महिना वितिसक्दा पनि मुआब्जा नपाएको भन्दै पीडितहरुको टोलीले मन्त्री समक्ष कि मुआब्जा दिनु पर्‍यो कि त घर जग्गा फुक्का गरिदिनु पर्‍यो भनेर माग राखेका थिए । विग होटलमा संघर्ष समितिको टोलीले मन्त्री आलेलाई भेट

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ५५३ पटक पढिएको
  • कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान साढे ३ बजेबाट

    नेपाली कांग्रेसको सभापति चयनका लागि हुने दोस्रो चरणको मतदान मंगलवार साढे ३ बजेदेखि शुरू हुने भएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो । पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का प्रत्यासी  शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । यस्तै प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत प्राप्त गरे । सभापतिका पाँचौं प्रत्यासी कल्याण गुरुङले भने २० मत मात्रै प्राप्त गरे । अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्प

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ६५८ पटक पढिएको
  • सभापतिमा निर्वाचित हुन कोइरालाको दाैडधुप बढ्यो, प्रकाशमान र निधिसँग छलफल

    नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि शेखर कोइरालाकाे दाैडधुप बढेकाे छ । दोस्रो चरणको निर्वाचन हुने भएपछि सभापतिका उम्मेदवार शेखर कोइरालाले अर्का उम्मेदवार प्रकाशमान सिंहसँग भेट गरेका छन् ।कोइराला मंगलबार बिहान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए ।पहिलो चरणको चुनावमा सिंहले ३७१ मत ल्याएका थिए। कोइरालाले १७२९ मत ल्याएका थिए । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए । विमलेन्द्र निधिले २४९ मत ल्याएका छन् । अब सभापतिमा अन्तिम प्रतिस्पर्धा बढी मत ल्याएका देउवा र कोइरालाबीच हुने छ।निधि र सिंह दुबैले कसलाई समर्थन गर्छन् उही सभापति निर्वा

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ५३१ पटक पढिएको
  • कांग्रेस सभापतिका लागि देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने

    काठमाडौं-नेपाली काँग्रेसको सभापति पदको लागि फेरि मतदान हुने भएको छ । आइतबार विहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाउनुभए पनि बहुमत पुर्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नुपर्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५१ प्रतिशत मत ल्याउनुपर्छ ।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सभापतिका लागि दोस्रो चरणमा मतदान हुने जानकारी दिए । उनका अनुसार मतदान आजै हुने र केही बेरमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइनेछ । आइतबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो ।यस

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ३५० पटक पढिएको
  • शेखर कोइरालालाई रामचन्द्र पौडेलद्वारा जितको शुभकामना

    काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान पौडेल निवास बोहराटारमै पुगेर कोइरालाले भेटवार्ता गरेका हुन् ।भेटमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखर कोइरालालाई जितको शुभकामना दिएका छन् । राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्ने भन्दै प्रचार गरेकोप्रति सङ्केत गर्दै पौडेलले आफ्नो समर्थन कोइरालालाई नै रहेको बताए ।यस्तै, पौडेलले संस्थापन इतर एक हुन नसकेकोमा दुःख व्यक्त गरे । सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न स

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ४०४ पटक पढिएको
  • कांग्रेस सभापतिमा शेखर कोइरालाको उम्मेदवारी किन ?

    नेपाली काँग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका डा. शेखर कोइरालाले ३९ बुंदे संकल्प पत्र सार्वजनिक गरेका छन् । कोइरालाले ‘नयाँ युगको नयाँ काँग्रेस’ को नारा सार्वजनिक गर्दै आइतबार ३९ बुंदे संकल्प पत्र सार्वजनिक गरेका हुन् । उनले ‘नेपाल पक्कै ब्युझिँन्छ जय नेपालको नारााले, काँग्रेस पक्कै जाग्दछ युवाको आवाजले’ भन्दै सभापतिमा आफ्नो उम्मेदवारीको कारण समेत खुलाएका छन् ।‘जननायक विपी कोइरालाको नेतृत्वमा नेपालको लोकतान्त्रिक आन्दोलनले वैचारिक, सांगठनिक र नेतृत्वदायी भूमिका पायो । आज कांग्रेस पार्टीको सभापतिमा मेरो उम्मेदवारी भैरहँदा म जननायक विपी कोइरालालाई स्मरण गर्न चाहन्छु, जस्को नेतृत्वमा बि

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ४७४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल