विराटनगर–कोशी प्रदेश सरकार विस्तार भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन भएपछि बनेको सरकारमा नेपाली कांग्रेसले भने दुई महिना पछि सहभागिता जनाएको हो । अहिले सरकारमा सहभागि नेपाली कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री कांग्रेसको सिटौला र देउवा खेमाका हुन भने पुनः विस्तार हुने मन्त्री मण्डलमा शेखर कोइराला पक्षको समेत सभागिता रहने स्रोतले बतायो । अहिले कोइराला सिंगापुरको भ्रमणमा छन । 

नेपाली कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्रालय, सदानन मण्डल पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन । त्यसैगरि भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशी रहेका छन । थपिएको मन्त्री समेत गरेर कोशी प्रदेशको मन्त्री मण्डलको संख्या १० पुगेको छ ।  

मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा यस अघि एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी,सिंचाई तथा उर्जा मन्त्रालय, लिलाबल्लभ अभिकारी आन्तरिक मामिला तथा कानून मन्त्रालय र सृजना राई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन । प्रदेश सरकार अन्तरगत अब एउटा मन्त्रालय खाली रहेको छ ।