खेलकुद

    Showing ४१-५० of ६० items.
  • तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल निर्वाचित

    विराटनगर- मोरङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल सर्वसम्वत चयन भएका छन् ।संघको विराटनगरमा शुक्रबार सम्पन्न तेस्रो साधारणसभाबाट नेपालसहित ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन भएका छन् । समितिको उपाध्यक्षमा ईश्वर बास्कोटा, सचिवमा निरकुमार श्रेष्ठ र कोषाध्यक्षमा सर्जिना सत्याल बुढाथोकी चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा नेत्रबहादुर कार्की, आकाश उप्रेती, विवेक कर्ण, निर्मला श्रेष्ठ र किरण लामिछाने सर्वसम्वत चयन भएको निर्वाचन अधिकृत अनोज बानियाँले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नवनिर्वाचित बधाई दिँदै विराटनगरलाई खेलकुदको हब बनाउने

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ३१८ पटक पढिएको
  • नेपालले चाइनिज ताइपेइलाई २-० ले हरायो

    विराटनगर-अन्जन विष्ट र नवयुग श्रेष्ठको एक/एक गोलको मद्धतले नेपालले चाइनिज पाइपेइलाई कुवेतको जाबेर अल अहमद अन्तराष्ट्र्रिय रंगशालामा २-० को गोल अन्तरले पराजित गरेको छ । यो संगै नेपाल फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको हो । खेलको चौंथो मिनेटमा डिबक्सभित्र ताईपेका चेङ्ग हाओले ह्यान्ड गरेपछि अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेका थिए । यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • ५४३ पटक पढिएको
  • इराकसँग नेपाल ६–२ गोल अन्तरले पराजित

     विराटनगर  -घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६–२ गोल अन्तरले पराजित भएको हो ।बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे ।कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • ४६१ पटक पढिएको
  • विश्वकप फूटबल छनौट हुने आशा सहित आज नेपाल इराक विरुद्ध मैत्रीपूर्ण खेलखेल्दै

    विराटनगर-नेपालले आज (शनिबार) फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार शनिबार राति १०ः१५ बजे सुरु हुनेछ ।मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् ।फिफा वरीयतामा इर

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ८८० पटक पढिएको
  • विराट गोल्डकपको उपाधि एपीएफलाई

    विराटनगर–विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।  सहिद रंगशाला विराटनगरमा शनिबारराती सम्पन्न छैठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कब्जा गर्ने क्रममा उसले पाहुना टोली भारतको पञ्जावलाई १–० गोल अन्तरले स्तब्ध बनायो । पञ्जाव पनि भारतको विभागीय टिम हो । निर्णायक गोल गरेका प्रदीप लामाको भूमिका एपीएफको जितका लागि निक्कै महत्वपूर्ण बन्यो । ११ औँ मिनेटभित्रै बललाई फ्रेमभित्र प्रवेश गराउन सफल भएका उनले टिमलाई उपाधि उचाल्न सहज पारिदिए । गोलरक्षक सतवीर सिंहलाई विट गर्दै प्रदीपले बललाई पोस्टभित्र पुर्याउँदा पञ्जाव उपाधिविहीन अवस्थामा निराश बनेर फर्कियो

    • प्रकाशित मितिः बैशाख ५, २०७८
    • ४१३ पटक पढिएको
  • विराट गोल्डकपको उपाधिका लागि एपीएफ र पञ्जाव भिड्दै

    विराटनगर-  छैठौँ  संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि  सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब शनिबार भिड्ने भएका छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा नेपाली र विदेशी दुई विभागीय टिम आम्नेसाम्ने हुन लागेका हुन् । उपाधि होडमा रहेका दुवै टिम मैदानमा सशक्त रुपमा प्रस्तुत हुँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् । तर यसअघिका प्रतिस्पर्धामा सशक्त प्रदर्शन गरे पनि फाइनल जित्न भने दुवै टिमलाई सजिलो देखिएको छैन । गोल्डकप आयोजक समितिले शुक्रबार विराटनगरमा ‘प्री–म्याच कन्फरेन्स’ गर्दै फाइनल प्रतिस्पर्धा शनिबार साँझ ६ बजेबाट सुरु हुने जानकारी दिएको छ । चि

    • प्रकाशित मितिः बैशाख ३, २०७८
    • ४१४ पटक पढिएको
  • पञ्जाव पुलिस विराट गोल्डकपको फाइनलमा

    विराटनगर– पञ्जाव पुलिस क्लव, विराट गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । विहिबार राती सम्पन्न अन्तिम सेमीफाईनल खेलमा आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० ले हराउँदै पञ्जाव उपाधि नजिक पुगेको हो । पञ्जावले शनिबार शसस्त्र प्रहरीको एपीएफसँग उपाधिका लागि खेल्ने छ ।पहिलो पटक विराट गोल्डकपमा भाग लिएको पञ्जावका खेलाडी परमजीत सिंहले खेलको ७५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो ।  हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेनाल्टी एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो । यसअघि संकटाले आहा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । संकटाले दोस्र

    • प्रकाशित मितिः बैशाख ३, २०७८
    • ४४६ पटक पढिएको
  • शसस्त्र प्रहरीको एपीएफ विराट गोल्डकपको उपाधिनजिक

    विराटनगर– शसस्त्र प्रहरीको एपीएफ विराट गोल्डकपको उपाधिनजिक पुगेको छ । गएराती सम्पन्न पहिलो सेमीफाईनल खेलमा घरेलु टोली विराटनगर ११ लाई ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफको जितका लागि सनिश श्रेष्ठ, रवी थिंग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्यो । तर सफल हुन सकेन ।  खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गर

    • प्रकाशित मितिः बैशाख २, २०७८
    • ३०८ पटक पढिएको
  • मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

    विराटनगर-विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २-० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बल काठमाण्डौं बिच प्रतिस्पर्धा हुनेछ । खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वानटचमै गोल गरे । आक्रमक भएर मैदान उत्रिएको मछिन्द्रले पंजाव

    • प्रकाशित मितिः चैत्र ३०, २०७७
    • १७९ पटक पढिएको
  • विराटनगर सेमिफाइनलमा प्रवेश

    विराटनगर– विराटनगर–११, विराट गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । भारतको युनाइटेड फुटबल क्बल वेष्ट बंगाललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । गएराती सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा विराटनगरका सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरेका छन् । खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डिबक्स भित्रदेखि गरेको प्रहारले जाली चुम्दा भारतका गोलरक्षक निजम सिंह प्रतिक्रियाविहीन रहे । घरेलु दर्शकको साथ पाएको विराटनगरले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो । खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीक

    • प्रकाशित मितिः चैत्र २९, २०७७
    • ५२९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल