खेलकुद

    Showing ११-२० of ६० items.
  • अष्ट्रियामा नेपालीहरु बिच खुल्ला भलिबल प्रतियोगिता हुने

    विराटनगर-नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)को आयोजनामा नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । आगामी नोभेम्वर ७ तारिखमा अष्ट्रियामा हुने खुल्ला भलिबल प्रतियोगिताका लागि टिमको टुंगो लागेको संघका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । घमालका अनुसार द एभरेष्ट क्लब, नेपाली युथ अष्ट्रिया,  एनईएससी, एनआरएनए एलसीसी लिन्ज, साल्ब्रुग भलिबल क्लब, धौलागिरी चेक रिपब्लिक र एनएफटी म्युनिक जर्मनीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको हो । एभरेष्ट क्लबबाट खिम कार्की, सुरेन्द्र प्रसाईं, गणेश थापा, झविन्द्रप्रसाद अर्याल,

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ५८४ पटक पढिएको
  • टी-ट्‍वान्टी विश्वकप : पाकिस्तानको दोस्रो जित, न्युजिल्याण्ड पराजित

    विराटनगर- टी-ट्‍वान्टी विश्वकप २०२१ सुपर १२ अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि बलियो जीत निकालेको छ । युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्ड २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको थियो ।न्युजिल्याण्डलाई सस्तैमा समेट्न पाकिस्तानका तीव्रगतिका बलर हरिश रौफले चार ओभरमा २२ रन खर्चिएर सर्वाधिक चार विकेट लिन सफल भएका थिए ।१३५ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि पाकिस्तानले न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।पाकिस्तानका लागि महम्मद रिजवानले

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ३२६ पटक पढिएको
  • टी–ट्वान्टी विश्वकप : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

    विराटनगर- आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ । आइतबार राति दुबईमा भएको विश्वकपको सुपर १२ अन्तर्गतको उक्त खेलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गरेको हो । विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो । यसअघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै, भारत पहिलो पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १० विकेटले पराजित भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भारतले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानको जितमा कप्तान

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ५३८ पटक पढिएको
  • मोरङको लक्ष्मीमार्गमा कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुँदै

    विराटनगर - मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आगामी कात्तिक ११ गतेदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका बारेमा जानकारी दिएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधी शून्यप्राय भइरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, ह

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ४१६ पटक पढिएको
  • जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको सपथग्रहण

    विराटनगर- प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराएकाहुन । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताए  । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहर

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३५३ पटक पढिएको
  • साफ च्याम्पियनसिपमा नेपाल भारतसंग भिड्ने, प्रधानमन्त्री देउवाले दिए बधाई

    विराटनगर-माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा बंगलादेशसंग एक एकको बराबरी खेलेपछि अंकतालिका अनुसार नेपाल फाइनलमा प्रवेश गरेको हो । बंगलादेशसँगको बराबरीसँगै नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा यथावत रहदै फाइनल प्रवेश गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन । बुधवार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधवार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन ।  आगामी

    • प्रकाशित मितिः आश्विन २८, २०७८
    • २८३ पटक पढिएको
  • साफ च्याम्पियनसिप : नेपालको पहिलो हार, भारतको पहिलो जित

    साफ च्याम्पियनसिप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि भारतलाई बल पोजिसनमा कुनै दवाव दिएको थिएन ।पहिलो हाफदेखि नै भारतले सिर्जना गरेको आक्रमणलाई कप्तान किरण चेम्जोङले विफल बनाउँदै आएका थिए । खेलको ३४औं मिनेटमा नेपालको खाली पोष्टमा भारतका कप्तान सुनिल क्षेत्रिले गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो ।पहिलो हाफ गोलरहित बराबरीमा खेलेको नेपाल दोस्रो हाफको ८२औं मिनेटमा फारुख चौधरीको हेडरलाई कप्तानको सुनिल क्षेत्रिको प्रहार गोलमा परिणत भएपछि १-० गोलले भारतसँग पराजित हुन पुगेको हो । यस हारपछि नेपाल नेप

    • प्रकाशित मितिः आश्विन २५, २०७८
    • ३६० पटक पढिएको
  • नेपाल र भारत भिड्दै

    माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने उक्त खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ ।भारत सात पटकको च्याम्पियन टिम हो । नेपाल भने हालसम्म फाइनलमा पुग्न सकेको छैन । भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल न

    • प्रकाशित मितिः आश्विन २४, २०७८
    • ३२६ पटक पढिएको
  • ईपीएल टी–२० को उपाधि चितवनलाई

    काठमाडौं—चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख पाएको छ । पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो ।

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • २७० पटक पढिएको
  • इलाम र दार्जिलिङ फाइनमा आमने सामने

    इलाम-इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९-४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रहयो । दार्जिलिङको जीतमा राजु तामाङ र फुर्वा तामाङले समान ३/३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसंगै दार्जिलिङले

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • २६० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल