विराटनगर-माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा बंगलादेशसंग एक एकको बराबरी खेलेपछि अंकतालिका अनुसार नेपाल फाइनलमा प्रवेश गरेको हो । बंगलादेशसँगको बराबरीसँगै नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा यथावत रहदै फाइनल प्रवेश गरेको हो । 


प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन । बुधवार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । 


बुधवार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन ।  आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाईको उत्साह बढाएका छन । 

ट्वीटमा देउवाले ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूणर् खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’ लेखेका छन । 


राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । यससँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन ।


अब नेपालले फाइनलमा भारत र माल्दिभ्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश भने बाहिरिएको छ । लिगको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई ३-१ ले हराउदै फाइनलमा प्रवेश गरेको छ ।