आर्थिक

    Showing ६१-७० of २६९ items.
  • कुरिलोको लोभलाग्दो आम्दानी गर्ने सविता भन्छिन्- कस्तो हुँदोरहेछ भनेर प्रयासमात्र गरेकी थिएँ

    कनकाई नगरपालिका–६ की ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट तीन लाख ५० हजार रुपैयाँँ आम्दानी भएको जानकारी दिइन् । उनले भनिन्, ‘कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।’ उनले यो वर्ष एक बिघामा व्यावसायिक रूपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहेकी छिन् । छ महिना जति प्लास्टिकको थुँगामा उमारेर हुर्काएको बिरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ । गतवर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बर्ना लगाएकी उनले यस वर्ष हाइब्रिड जातको कुरिलोको बेर्ना हुर्काइरहेकी छन

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • २८७ पटक पढिएको
  • भन्सार छलेर ल्याएको कपडा बरामद

    विराटनगर-भन्सार छलेर भारतबाट विराटनगर भित्र्याइएको कपडा प्रहरीले गोदाममा राखेको अवस्थामा फेला पारेको छ । विराटनगर-९ भानुटोलबाट एक व्यापारीले तस्करी गरि ल्याएको कपडा प्रहरीले शुक्रबार छापामारि बरामद गरेको हो ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको र गणको सादा पोशाकको प्रहरीले विनोद अग्रवालको घरमा भण्डारण गरि राखिएको ३५ बोरा कपडा बरामद गरेको हो । बरामद गरेको कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।बब्लुले भारतदेखि अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पुर्‍याउने जिम्मा लिने गर्दछन् । यसर

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ३५१ पटक पढिएको
  • लुब्रिकेन्टमा आत्मनिर्भर बन्ने तर्फ अघि बढ्न उद्योगीलाई अर्थमन्त्रीको सुझाव

    विराटनगर-अर्थमन्त्री जनार्दन शर्माले नेपाली लुब्रिकेन्ट उद्योगहरुलाई आत्मनिर्भर बनाउने तर्फ आफु र अर्थमन्त्रालय सकारात्मक रहेको बताएका छन । उनले शुक्रबार हात्तिमुढामा रहेको फुजिमा आयल कम्पनी प्रालिको उद्योग भ्रमण गरि नेपाली लुब्रिकेन्ट उद्योगहरुको अवस्था र उत्पादन क्षमताको बारेमा जानकारी लिएका थिए । अर्थ सचिव मधुकुमार मरासिनी, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो लगायतले उद्योगको भ्रमण गरेका थिए । उद्योगका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नेपाली उद्योगहरुले पूणर् क्षमतामा संचालन हुन पाए र विदेशबाट आउने लुब्रिकेन्टमा सरकारले अतिरिक्त शुल्क लगाउने हो भने नेपाल लुब्रिकेन्टमा आ

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • ८७२ पटक पढिएको
  • अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरे मोरङ ब्यापार संघ अर्थमन्त्रालयको सल्लाहकार संस्था

    विराटनगर-मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ ब्यापार संघलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयको सल्लाहाकारको रुपमा घोषणा गरेका छन । ब्यापार संघको ६५ औं साधरण सभालाई सम्बोधन गर्दै सरकार र नीजि क्षेत्र एकअर्काका प्रतिद्वन्दी नभई सहयोगी हुनु पर्ने र आर्थिक विकासको मेशिन नै नीजि क्षेत्र भएको बताउदै मन्त्री शर्माले नीजि क्षेत्रको सुझाव सल्लाहा र आलोचनाबाटै आफुहरु अघि बढ्ने बताए ।                                               उनले भने‘म मोरङ ब्यापार संघलाई

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ७०० पटक पढिएको
  • पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

    फुङ्लिङ- माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो ।धराको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताए । बिहानबिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हुँदै गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताए ।सदरमुकाम फुङल

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • २४२ पटक पढिएको
  • मौद्रिक नीतिमा भएको ब्यवस्थाको कारण तलरताको अभाव रहेको उद्योगीको धारणा

    विराटनगर–निक्षेपमा ९० प्रतिशत मात्र लगानी गर्न पाउनेगरी कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम हुने मौद्रिक नीतिको व्यवस्थाका कारण बजारमा लगानीयोग्य रकम (तरलता)को अभाव भएको पूर्वका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । यो नीतिले औद्योगिक क्षेत्र प्रभावित भएको भन्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका व्यवसायीले कर्जा निक्षेप अनुपातको व्यवस्था खारेज गर्न सरकारसमक्ष माग गरेका छन् । उद्योगीहरुको साझा संस्था उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले कर तथा राजश्व लगायतका माध्यमबाट बजारबाट सरकारको खातामा नगद जम्मा हुने तर सरकारले गर्ने विकास खर्च अत्यन्त न्युन भएकोले पनि तरलता अभाव भएको जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १६६ पटक पढिएको
  • भारतले लगाएको गैरभन्सार अवरोध हट्यो, रोकीएको चियाको निकासी सुरु

    विराटनगर-नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो ।भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरोकारका निकायमा कूटनीतिक पहल गरिएको थियो । भारतीय पक्ष सहमत भएपछि काँकडभिट्टा नाकामा रोकिएको १८ ट्रक चिया भारततर्फ निकासी भएको छ ।नेपालबाट हुने चिया आयातमा अवरोध नगर्न भारतीय पक्ष तयार भएपछि चिया निर्यात भइरहेको मेची भन्सार कार्यालयले बताएको छ । गत मंगलवारदेखि चिया निकासी सुचारू भएको र अहिले दैनिक ३/४ ट्रक चिया भारततर्

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • २४४ पटक पढिएको
  • सरकारले गर्यो चार अर्ब कर फिर्ता

    काठमाडौँ- गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर फिर्ता गरिएको हो ।गत आवमा कर फिर्ताका लागि एक हजार ५१८ वटा दाबी परेका थिए । ती सबैबाट १९ अर्ब २४ करोड ३८ करोड रुपियाँ कर फिर्ताको दाबी गरिएको विभागले जनाएको छ । त्यसमध्ये एक हजार १२४ वटा दाबीको तीन अर्ब ९५ करोड ६४ लाख रुपियाँ मात्र कर फिर्ता गरिएको विभागको वार्षिक प्रतिवेद

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • २६१ पटक पढिएको
  • चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै

    उदयपुर- चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ सङ्क्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताए । कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताए । चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • २११ पटक पढिएको
  • सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

    विराटनगर- नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३००  थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २९० मा कारोबार भएको थियो ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका म

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २२२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]

हाम्रो समूह

  • अध्यक्ष / प्रधान सम्पादक वेदराज पौडेल
  • सम्पादक कृष्णकुमार दाहाल ‘शिशिर’
  • कार्यकारी सम्पादक उमा थापा पोखरेल
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७