विराटनगर–विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन् । बुधबार सम्पन्न संघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनले अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि उनी संघको वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत थिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष) चयन भएका छन् भने उपाध्यक्षहरूमा प्रविण अग्रवाल (कागलीवाला), मनोहर कार्की, किरण ढुंगेल र सरस्वती दाहाल ओझा निर्वाचित भएका छन् ।

महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ तथा सह–कोषाध्यक्षमा अशोक पोद्धार चयन भएका छन् । गुरुङ यसअघि पनि सोही जिम्मेवारीमा रहेकी थिइन । कार्यसमिति सदस्यहरूमा शिवरतन शर्मा जोशी, विपिन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष तोदी, अभिषेक गौतम, कुमारी सोनिया आचार्य, सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो. अमजल हुसैन निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । कार्यक्रममा उनले प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।

नव–निर्वाचित कार्यसमितिले व्यापारिक क्षेत्रका समस्या समाधान, नीतिगत पहल तथा व्यवसायिक वातावरण सुधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।