All Posts By खबर पलपल

    Showing १११-१२० of १,०४२ items.
  • काशीराज दाहाल मोरङको प्रजिअ

    विराटनगर-  नेपाल सरकारका सहसचिव काशीराज दाहालले मंगलबारदेखि मोरङमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को कार्यभार सम्हाल्दै छन । प्रदेश २ को अर्थ सचिवमा कार्यरत दाहालको गत बिहीबार मोरङको प्रजिअका रूपमा सरुवा भएको हो । उनि सोमबार बेलुका विराटनगर आइपगेकाछन । मंगलबारदेखि प्रजिअका रूपमा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएर उनले काम कारबाही सुरु गर्दै जिम्मेवारी सम्हाल्ने छन । पहिलो दिन कार्यालयका कर्मचारीसँग प्रजिअ दाहालले छलफल राखेकाछन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको प्रमुख भएर काम गरिसकेका उनिसँग अख्तियारको केन्द्रीय कार्यालयमा पनि काम गरेको अनुभव छ । यातायात विभागको महानिर्देशक पनि बन

    • प्रकाशित मितिः आश्विन ५, २०७८
    • २२५ पटक पढिएको
  • राप्रपाको सपथ ग्रहण

    विराटनगर-  राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकताको मोरङ जिल्ला अधिवेशनवाट निर्वाचित अध्यक्ष लगायत सदस्यहरुलाई सोमबार  सपथ ग्रहण गराइएको छ ।    राप्रपा मोरङको सोमबार भएको भेलाले गएको भदौ २८ गते सम्पन्न अधिवेशनले अध्यक्षमा माधवप्रसाद आचार्य सहित ४१ सदस्यीय कार्य समिति सदस्यहरुलाई  सपथ ग्रहण गराइएको राप्रपा केन्द्रीय तराई मधेश प्रमुख दिनेश शाहले जानकारी दिए ।    निर्वाचनमा  अध्यक्ष आचार्यले श्यामबहादुर कार्कीलाई पराजीत गरेकाछन ।राप्रपा जिल्लाको प्रथम बैठकले राप्रपाका जिल्ला भातृ संगठनहरु पूर्व प्रहरी परिषद्को संयोजकमा बिनेश्वर श्रेष्ठ,दलित संग

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ३५९ पटक पढिएको
  • प्रदेश १ मा सोमबार २ सय १५ जनामा कोरोना संक्रमीत थपिए

    विराटनगर - प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५–१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५–५, मेचीनगरमा ८,  झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १–१, सुनसरीको इटहरीमा २७, धरानमा ७, बराहक्षेत्रमा २,

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • २९९ पटक पढिएको
  • सङ्खुवासभा हत्या प्रकरण : खड्गबहादुर मुख्य योजनाकार, अघिल्लो दिन नै बनेको थियो योजना

    सङ्खुवासभा—सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरी थप चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।त्यसअघि नै प्रहरीले लोकबहादुरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गत भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका-१ उम्लिङको खोलागाउँमा एकै परिवारको ६ जनाको हत्या भएको थियो ।  उक्त पाँच कार्की दाजुभाइले सामूहिक हत्या गरेको खुल्न आएको हो ।उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • २६१ पटक पढिएको
  • सुन्दरहरैँचामा कोठाभित्र मृतावस्थामा युवतीको शव भेटियो

    विराटनगर — मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चुकुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृतावस्थामा फेला परेकी हुन् ।शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवतीको शव आइतबार बिहान सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले खबर पलपललाई जानकारी दिए । ‘भित्रबाट चुकुल लगाएको अवस्था थियो । मेरो रोहबरमा प्रहरीले ढोका फुटाएर भित्र पस्दा शव भेटिएको हो,’ उनले भने । उनका अनुसार रोजिनाको अनुहारमा निल डाम छ ।इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले आइतबार नै शव पो

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • १६२ पटक पढिएको
  • झापामा क्रेनले किचेर एकजनाको मृत्यु

    झापा—झापाको अर्जुनधारा नगरपालिका२ घर्लेनी टोलस्थित भित्रि सडकखण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्रप्रसाद साह रहेका छन् ।साह हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोलातर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेनको पछाडी साइडको भागमा चढेर बसेका थिए ।मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो ।क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाब

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ४४७ पटक पढिएको
  • प्रेस संगठन मोरङको संयोजकमा आचार्य

    विराटनगर-  प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह(संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढकाल, श्रीमन्त भट्टराई, बाबुराम मुडियारी, डम्बर सिन्चुरी, बबिता साम्पाङ, सन्दिप राई, रामकुमारी राई, सुजता लिम्बू, पवन साह, सनम रोक्का, राकेश कर्ण, गोपाल नेपाली, मौसम लिम्बू, सनम रोका, सुमन कुरुङ्बा, आशिका लम्साल, एलिना दियाली, शिवहाङ राई, क्रान्ति लिम्बू रहेका छन् । यस्तै विपुल सुवेदी, पुजन दाश, मिन

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ४८४ पटक पढिएको
  • बाटोमा चिप्लिएर लड्दा महिलाको मृत्यु

    विराटनगर- गाउँबाट घरतर्फ फर्कने क्रममा बाटोमा लडेर मोरङको मिक्लाजुङमा गय राति एक महिलाको मृत्यु भएको छ । बाटो हिँड्ने क्रममा चिप्लिएर लडेकी मिक्लाजुङ गाउँपालिका–१ की ५६ वर्षीया गुनमाया राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार मिक्लाजुङकै आइतबारेबाट घरतर्फ फर्कदै गरेकी गुनमाया राति ९ बजेतिर बाटोमा चिप्लिएर लडेको पाइएको छ । लड्नसाथ घटनास्थलमै महिलाको मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरेको जानकारी उनले दिए। 

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • ३७६ पटक पढिएको
  • प्रदेश १ मा यौनजन्य घटनामा बृद्धि

    विराटनगर-  प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा  बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्र्तक्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए । जनवरी देखि जुन सम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्ष

    • प्रकाशित मितिः आश्विन ४, २०७८
    • २६० पटक पढिएको
  • संविधान दिवसका अवसरमा अन्तरक्रिया

    विराटनगर-  संविधान दिवसका अवसरमा विराटनगरमा आज थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उच्च अदालत विराटनगर बार एशोसिएशनले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका बक्ताहरुले थुनुवा, कैदी र बन्दीलाई संविधानले दिएका अधिकार सुनिश्चिततामा जोड दिएका छन् । उनीहरुले कारागारभित्र चौकीदार र नाइकेका नाममा कैदी एवं बन्दीमाथि हुने चरम शोषण तथा यातना रोक्न सरोकारावाला निकाय गम्भीर हुन नसकेको बताए । साथै कारागार र हिरासतमा रहेकाहरुसँग

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • २६५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल