झापा—झापाको अर्जुनधारा नगरपालिका२ घर्लेनी टोलस्थित भित्रि सडकखण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्रप्रसाद साह रहेका छन् ।

साह हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोलातर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेनको पछाडी साइडको भागमा चढेर बसेका थिए ।

मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो ।

क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।