राष्ट्रिय

    Showing १-१० of १४९ items.
  • मुलुकको विकाश र राजनीतिक स्थायीत्वका लागि कांग्रेस-एमाले सरकार : डा.शेखर

    विराटनगर-नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरता र विकाशमा भइरहेको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्ने र यो अहिलेको परिस्थितिको आवश्यकता भएको पनि बताएका छन । विराटनगर विमानस्थलमा बिहिबार पत्रकारहरुसंगको कुराकानीमा डा.शेखर कोइरालाले छ महिना बर्षदिन पनि सरकार नटिक्ने र बनाइरहनु पर्ने गलत परिपाटीको विकाशले गणतन्त्र प्रतिनै जनताको अविश्वास पैदा भइरहेकाले आम जनताको चाहना अनुरुप कांग्रेस एमालेको स्थायी सरकार बन्नु पर्ने उल्लेख गरे । एमाले र कांग्रेस नमिल्दा मुलुकको आर्थिक विकास हुन नसकेको र मुलुक आर्थिक संकटका साथै राजनीतिक संकटमा समेत

    • प्रकाशित मितिः चैत्र २२, २०८०
    • १९२ पटक पढिएको
  • नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा म छैन : एस.डी.मुनी

    विराटनगर–जवहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयामहरु’ विषयमा भएको अन्तरक्रियामा एसडी मुनीले उक्त कुरा बताएका हुन ।  राजनीतिक प्रशंगमा मुनीले आफु राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रष्ट्याउदै गणतन्त्र भित्र मौलाएका विकृतीलाई भने निमूल पार्नुपर्ने उल्लेख गरे । जनताको अपेक्षा अनुसार गणतनत्र चल्नुपर्नेमा उनले जोड दिए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउदै उनले सय

    • प्रकाशित मितिः चैत्र ५, २०८०
    • २०५ पटक पढिएको
  • नेपाली कलाकारसंग झुमे ग्रीसका नेपाली

    उमा थापा एथेन्स-ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य साँस्कृतिक कार्यक्रम गरेको छ । ग्रीसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्ट मा गरिएको कार्यक्रममा सहभागी नेपालीहरु बिच सांगितिक कार्यक्रम सम्पन्न भएको थियो । नेपाली रंगमञ्चका चर्चित कलाकार शिवहरी आचार्य, हास्यकलाकार  जितु नेपाल (मुन्द्रे), गोपाल नेपाल (फिस्टे) यसैगरि गायकद्वय रामचन्द्र काफ्ले र जुनु रिजालले प्रस्तुती दिएका थिए ।ग्रीस नेपाली समाजले आयोजना गरेको कार्यक्रममा ग्रीसका बरिष्ठ ब्यक्तिहरुको समेत सहभागिता रहेकोे थियो भने लन्डनबाट नेपाली मम का राजा भनेर चिनिने बरिष्ठ सेफ बिनोद बराल यसैगरी 

    • प्रकाशित मितिः पुष १५, २०८०
    • ७७१ पटक पढिएको
  • इण्डियाज बेष्ट डान्सर विजेता समर्पण लामाको प्रस्तुती आज एमबीएस एक्स्पोमा

    विराटनगर–आइतबार पुस १५ गते हुने एमबीएस सोलो डान्स कम्पिटिसनको फाइनलमा निर्णायक र प्रस्तुती लिएर भारतीय टिभी च्यानल सोनीको इण्डियाज बेष्ट डान्सर २०२३ का विजेता समर्पण लामा आइसकेका छन । उनले शनिबार भएको डान्स कम्पिटिसनको सेमी फाइनलमा आफ्नो निर्णायकका भूमिका निर्वाह गरि सकेका छन । आज उनको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।शनिबार भएको सेमीफाइनलबाट पाँच जना फाइनलमा प्रवेश पाएका छन । एक्स्पो आयोजक मोरङ व्यापार संघका अनुसार नेपाली मुलका लामाले फाइनल प्रतिष्पर्धाको अवलोकन गर्दै निर्णायक बन्ने जनाइएको छ । त्यसका साथै उनको प्रस्तुति समेत रहने संघले जनाइएको छ । आइतबार लामा सहित वाङदेन शेर्पा, डीजे ताम

    • प्रकाशित मितिः पुष १५, २०८०
    • २३६ पटक पढिएको
  • नोवेलमा बालबालिकाको कार्डियोलोजि सेवा उपलव्ध भए पछि पूर्वका विरामीलाई राहत

    विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनु पर्ने कष्टबाट राहत मिलेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा.प्रतिमा यादव संलग्न हुनु भए पछि नोवेलको कार्डियोलोजि सेवा पूर्वी नेपालका सवै उमेरका विरामीहरुको लागि भरपर्दाे गन्तव्य बनेको हो ।केही दिन अगाडि कमल गाँउपालिका वडा नं. ५, झापाका ५ बर्षिय आहान माझीको जन्मजात मुटुको समस्याको विना शल्यक्रिया उपचार भएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिए पछि झापाकै एउटा अस्पतालबाट उनलाई नोवेल

    • प्रकाशित मितिः पुष ११, २०८०
    • ३५४ पटक पढिएको
  • केएमसीमा मिनिमल एसेस सर्जरी प्रविधिबाट ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया

     काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टीमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि  पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस

    • प्रकाशित मितिः पुष १०, २०८०
    • १२९ पटक पढिएको
  • पाँचौ दिनमा ७ करोडको कारोवार, ८० हजारबढीले गरे अवलोकन

    विराटनगर–मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ मा सोमबार साँझ जम्मा भएको भिड देखेर प्रजिअ प्रेमप्रसाद भट्टराईले सोधे ‘यतिका मानिस कहाँवाट आएका हुन?’ सोमवार साँझ विराटनगर २ शंकरपुरमा दर्शकको खचाखच देखेर प्रजिअ भट्टराई ट्रेड एक्स्पोका आयोजकहरुसंग जिज्ञासा राखे ।े जिज्ञासालाई सान्त पार्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र पूर्वअध्यक्ष महेश जाजुले भने विराटनगर र आसपासका हुन सिडियो साव । उनीहरुले सोमवार मात्र झण्डै २५ हजार टिकट विक्री भएको पनि भट्टराईलाई प्रष्ट्याए ।त्यसैवेला गायिका आस्था राउत आइपुगिन । सवैले सेलिब्रेटीसंग फोटो खिचाउन थाले । उनले पनि मानिसको यति ठुलो भीड निकैपछि देख्न पाएको आफन

    • प्रकाशित मितिः पुष १०, २०८०
    • १७५ पटक पढिएको
  • वथनाह कटहरी कार्गो रेल सम्झौतामा भएको त्रुटी सच्याउन प्रधानमन्त्री तयार

    विराटनगर–भारतको वथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको करिव आठ किलोमिटर कार्गो रेलमार्गको गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्ष नरेन्द्र मोदीले नयाँ दिल्लीमा सयुक्त रुपमा उद्घाटन गरेपनि सात महिनादेखी कार्गाे संचालन हुन सकने । उद्घाटनको दिन आरती स्ट्रिपको कच्चा पदार्थ बोकेर आएको कार्गाे पुनः यार्डमा फर्केर आएको छैन । उद्घाटनकै दिन नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका तत्कालीन उद्योग तथा वाणिज्य मन्त्री पियूस गोयल वीच भएको पारवहन संशोधित सन्धिका कारण सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगीले कार्गो रेल मार्फत औधोगिक कच्चा पदार्थ र औधोगिक उत्पादन ढुव

    • प्रकाशित मितिः पुष ८, २०८०
    • ७६ पटक पढिएको
  • रोजगारी सृजना गर्न कृषि, वन र खनिजमा आधारित उद्योग संचालन गर्न राष्ट्रपतिको आग्रह

    विराटनगर–राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशममा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर गाउँघर रित्तिदै गएकोमा चिन्ता व्याक्त गर्दै यो स्थितिलाई रोक्नकालागि स्वदेशी कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गरी विदेशी ठूला कम्पनीहरूसंग सहकार्य गरेर रोजगारीका अवसर सृजनागर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।उद्योग परिसंघ कोशीले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विकसित देशहरूबाट उद्योग धन्दाल्यायी स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्ने अवसरको नेतृत्व लिन उद्योगपति र व्यापार

    • प्रकाशित मितिः पुष ८, २०८०
    • १३३ पटक पढिएको
  • ग्रीसमा बस्ने नेपालीलाई राहदानी उपलब्ध गराउन राजदुत रेग्मी सकारात्मक

    उमा थापा ग्रीस-विभिन्न कारणले पासपोर्ट गुमाएर अलपत्र परेर बसेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् ।विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर बस्नुपरिरहेको अवस्थाको अन्त्य गर्न राहदानी बनाउने व्यवस्थाको लागि पहल भइरहेको अष्ट्रियाका लागि नेपाली राजदुत भरतकुमार रेग्मीले जानकारी दिए । एनआरएनए ग्रिसका अध्यक्ष कृष्ण पोखरेल, नेपाल दुतावास ग्रिसका सहयोगी सन्तोष आचार्य लगायत यहाँको नेपाली समाजसँगको छलफलमा राजदुत रेग्मीले जतिसक्दो चाँडो पासपोर्ट यहि बनाउने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिएका हुन । विभिन्न मु

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ३०८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल