विराटनगर–मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ मा सोमबार साँझ जम्मा भएको भिड देखेर प्रजिअ प्रेमप्रसाद भट्टराईले सोधे ‘यतिका मानिस कहाँवाट आएका हुन?’ सोमवार साँझ विराटनगर २ शंकरपुरमा दर्शकको खचाखच देखेर प्रजिअ भट्टराई ट्रेड एक्स्पोका आयोजकहरुसंग जिज्ञासा राखे ।े जिज्ञासालाई सान्त पार्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र पूर्वअध्यक्ष महेश जाजुले भने विराटनगर र आसपासका हुन सिडियो साव । उनीहरुले सोमवार मात्र झण्डै २५ हजार टिकट विक्री भएको पनि भट्टराईलाई प्रष्ट्याए ।

20231223_202947

त्यसैवेला गायिका आस्था राउत आइपुगिन । सवैले सेलिब्रेटीसंग फोटो खिचाउन थाले । उनले पनि मानिसको यति ठुलो भीड निकैपछि देख्न पाएको आफनो अनुभव सुनाइनन् । उनले भट्टराई, रिजाल र जाजुलाई एक स्वरमा भनिन् मोरङ व्यापार संघको एक्स्पोले मानिसलाई तानेकै रहेछ । उनले एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने गरेको र साँझ सांगितिक कार्यक्रमले दर्शक मोहित हुने गरेको आफनो अनुभव सुनाइनन् ।

food steal 1

संघको दसदिने ट्रेड एक्स्पो २०२३ को पाँचौ दिन मंगलबार साँझसम्म ७ करोड भन्दावढीको कारोवार भएको छ । एक्स्पोमा कृषिजन्य र औधोगिक उत्पादन देखि भान्सारका सामानको स्टलमा उपभोक्ताको भीड बढ्दो छ ।

पाँचदिनमा ८० हजार भन्दावढीले एक्स्पोको अवलोकन गर्दा ७ करोड भन्दावढीको कारोवार भएको व्यापार संघका अध्यक्ष नविन रिजालको बताए । एक्स्पोका दुईसय ५० वटै स्टलमा उपभोक्ता र सर्वसाधारणको उल्लेख्य भीड छ । रिजालले भने अहिलेको शिथिल आर्थिक अवस्थामा एक्स्पोले केहीहदसम्म आर्थिक चलखेल बढाएको छ ।

MMA expo visiter 3

सनम फलफु उत्पादन तथा प्रशोधन केन्द्र मिक्लाजुङ पाँचथरकी जुनु लावतीले एक्स्पोको चार दिनमा ४० हजार भन्दावढीको कारोवार भएको वताइन । अरु समयमा दैनिक दुई हजारको किवी र त्यसका परिकारको विक्री हुन हम्मे पर्थो । लावतीले भनिन् एक्स्पोमा दैनिक १० हजार भन्दावढीको कारोवार भइरहेको छ ।

गाडी र मोटर साइकलको व्यापार पनि राम्रो भएको छ । गाडी तथा मोटर साइकल विक्रेता मुस्कान अलीका अनुसार अहिलेको समयमा चार दिनमा एक गाडी र तिन मोटर साइकल विक्री हुनु एक्स्पोको उपलब्धी मान्नुपर्छ ।

विराटनगर २ शंकरपुरमा सञ्चालीत एक्स्पोमा औधोगिक उत्पादन सहित कृषि उपज र भान्सारका सामानमा भीड बढी छ । अन्य औधोगिक उत्पादनको बजार प्रबद्धन भएको छ । रिजालले भने ठुला औधोगिक उत्पादनको यहाँ बजार प्रबद्धन भने अकल्पनीय भइरहेको पाइएको छ । उनका अनुसार एक्स्पोले शिथिल रहेको सुनसरी मोरङ औधोगिक क्ष्ँेत्रको आर्थिक कारोवार चलायमान वनाएको छ । 

IMG_4586

व्यापार रणनीति अन्र्तगत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावन र सेवालाई अन्तराष्ट्रिय बजार विस्तार गर्ने एक्स्पोको लक्ष्य छ । एक्स्पोले आर्थिक गतिविधि शिथिल भइरहेको समयमा आर्थिक क्षेत्रमा उर्जा दिने अपेक्षा गरिएको उल्लेख गर्दै एक्स्पोका संयोजक अनिल साहले भने स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार अकर्षण बढाउने उधेश्यले एक्स्पोलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको फेस्टिल मुभमेन्टका रुपमा पनि आयोजना गरिएको हो । 

binod dai 1

१० दिन चल्ने यो एक्स्पो चारलाखले अवलोकन गर्ने र करिव १५ करोडको कारोवार हुने विश्वास आयोजकले गरेको छ । एक्स्पोमा स्वदेशी सहित भारत, पाकिस्तान, बंगलादेश औधोगिक उत्पादन, कृषि उत्पादन, सवारी साधन, व्यापारीक साधन र घरेलु वस्तुका दुईसय ५० वटा स्टल राखिएका छन । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।