विराटनगर–मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाईवाई वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा विराटनगरको एमएमसी क्लब र जहदाको पोखरिया क्लिबका बिच उपाधिका लागि प्रतिष्पर्धा हुने भएको छ ।


कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपालथानलाई ४ बिकेटले  पराजित गर्दै एमएमसी विराटनगर  फाइनलमा प्रवेश गरेसंगै उसको भेट शनिबार हुने फाइनलमा जहदाको पोखरियासंग हुने भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको कलाबन्जर १९ ओभरमा अलआउट हुदै  १२३  रन बनाउन सफल भएको थियो ।


कलाबन्जरका अमितले  सर्वाधिक ३० रन, बेचनले २२ रन, सुरजले १४  रन, नरेशले १०, श्यामले ८, पप्पुले ७ रनको योगदान गरे । एमएमसीको तर्फबाट फ्रिदोश अन्सारी र जोसेफ खड्काले ३/३ विकेट लिए । त्यस्तै बैजनाथ चौधरीले २ विकेट, सिद्धान्त लोहनी र कमलले १/१  र विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको एमसीसी क्लब  १८ ओभरमै  जित हात पार्यो ।


सुरुकै ६ ओभर सम्म ४ महत्वपूणर् विकेट गुमाएको एमसीसीलाई निकै जित निकाल्न निकै कठिन थियो । फ्रिदोश र तब्रेजले सर्वाधिक रन लिएर टिमलाई जिताएको हो । अघिल्लो खेलमा सार्वाधिक १०६ रन लिएका बैजनाथ चौधरी यस पल्ट पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए ।


खेलमा  ३ विकेट र २७ रन  लिएर म्यान अफ दि म्याच भएका फ्रिदोशलाई मझारे प्रहरी चौकीका हवल्दार राइले  मेडल, कप र प्रमाण पत्र प्रदान गरे । शनिवार हुने फाइनल खेल  एमएमसी क्लब बिराटनगर  र जहदा -६ पोखरिया बिच हुने क्लबका अध्यक्ष नितेश कुमार शाहले  जानकारी दिए ।


लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा-५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्ताङ बियर सह-प्रायोजक रहेको छ ।