विराटनगर

    Showing ७१-८० of ९४८ items.
  • चापाकल लिएर निर्वाचनमा होमिए ‘जोगी’,दुवै गठबन्धन उम्मेदवारलाई टक्कर दिदै

    विराटनगर–गरिवीका कारण विद्यालय नगएका बालबालिकालाई भेला गराएर योगेन्द्र मण्डल अर्थात जोगीसरले निःशुल्क ट्युसन पढाएका थिए । त्यही ट्युसन अभियानले जीवन विकास समाज स्थापना भएको थियो । २७ वर्षअघि तत्कालीन मोरङ अमाही बरियाती गाविसमा २०५२ सालमा गाउँका दुई बालकलाई ट्युसन पढाएर जीवन विकासको अभियान थालिएको थियो ।मण्डलले गाउँका यति धेरै विद्यार्थीलाई निशुल्क ट्युसनको शिक्षा दिए जसले गर्दा उनले ‘जोगीसर’को उपनाम पाए । गाउँमा योगेन्द्रमात्रै भन्दा मान्छे अलमलिन सक्छन तर जोगिसर भनेपछि जोकोहीले उनलाई जान्दछ ।उनै जोगीसर आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको स्तन्त्र उमेदवार बनेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • ८४२ पटक पढिएको
  • यो लडाई भ्रष्टचार गर्ने र नगर्ने बिचको लडाई हो, म राज्यको कुनै सुविधा लिन्न : डा.सुनिल शर्मा

    विराटनगर– मोरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले आसन्न निर्वाचन भ्रष्टचार गर्ने र नगर्ने बिचको लडाई भएको बताएका छन । उनले आफुले जितेर गएपछि कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरे । उनले आफूले यस अघि पराजीत हुदा पनि जनताकै घरदैलोमा ५ बर्ष विताएको बताए । जनताले को सहयोगि हो अनि को भ्रष्टचारी हो भन्ने प्रष्ट बुझि सकेको उल्लेख गरे । पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए ।उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • ६६८ पटक पढिएको
  • ३ लाखले अवलोकन गर्ने, ५० करोडको कारोबार हुने

    विराटनगर–२३ बर्ष देखी निरन्तर रुपमा आयोजना गर्दै आएको औद्योगिक तथा कृर्षि प्रर्दशनीको सातौं श्रृंखला अन्तरगत उद्योग संगठन मोरङले आगामी २०७९ मंसिर २९ देखि पुस ६ गतेसम्म बिराटनगर महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा ‘विराट एक्स्पो २०७९’आयोजना गर्ने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयषराज प्याकुरेलले बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन लाखले अवलोकन गर्ने ५० करोडको कारोबार हुने जानकारी दिएका छन् । ४ सय १५ वटा स्टल रहने प्रर्दशनीको समापन सम्म २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि

    • प्रकाशित मितिः आश्विन १४, २०७९
    • ३५२ पटक पढिएको
  • कानेपोखरीमा डा.सुनिल शर्माको निशुल्क स्वास्थ्य शिविर, सात सयले पाए निःशुल्क उपचार

    कानेपोखरी–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीहरुको निःशुल्क उपचार गराएका छन् । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरहरुले शिविरमा आएका विरामीको निःशुल्क परिक्षण गरेका हुन । कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सञ्चालित शिविरमा ५३३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । त्यहाँ १९८ जनाको इसीजी, २१३ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको हो । त्यस्तै, ११७ जनाको मुटुको जाँच इको गरिएको छ भने दाँतमा समस्या भएर आएका ३२ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार हुन नसक्ने अवस्थाका ९८ जनालाई थप उपच

    • प्रकाशित मितिः आश्विन १४, २०७९
    • ३२० पटक पढिएको
  • डा.सुनिल शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

    बेलबारी–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् ।       तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले २१३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३४६ पटक पढिएको
  • भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

    विराटनगर–भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् ।       उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन् । प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपाली विरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउ

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३९२ पटक पढिएको
  • केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान

    विराटनगर . स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माको योजना अनरुप गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रेस काउन्सिलको स्

    • प्रकाशित मितिः आश्विन ११, २०७९
    • ३४५ पटक पढिएको
  • भारतीय गृहमन्त्री अमित साहलाई मिरगञ्ज पुल संचालनका लागि ब्यापार संघको आग्रह

    विराटनगर–भारतीय केन्द्रिय गृहमन्त्री अमित साहलाई मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले मीरगञ्ज पुल संचालन लगायतका समस्या समाधानका लागि आग्रह गरेको छ ।विहारको विभिन्न जिल्लामा आयोजना भएको जन भावना सभालाई सम्बोधन गर्न आएका साहलाई किसनगंजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठी सहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनित सिंघानियाले ज्ञापन पत्र बुझाएका छन । कडा सुरक्षा र सिमित भेटघाट मात्र गरेका साहले पत्र बुझ्दै कार्यान्वयन हुने आश्वसन दिएका थिए । ज्ञापन पत्रमा २०२२ जनवरी ६ देखी बन्दभएको मिरगञ्ज पुलको विकल्पमा बनेको मोटरेबल पुल संचालनमा ल्याउन आग

    • प्रकाशित मितिः आश्विन १०, २०७९
    • ३०० पटक पढिएको
  • सेनिटरी प्याड, फलाम, पाम तेल उत्पादन गर्ने उद्योगका समस्याका बिषय सम्बोधन हुन्छ : मन्त्री बडु

    विराटनगर–सेनिटरी प्याड, फलाम, पामतेल उत्पादन गर्ने उद्योगमा बजेटमा भएको ब्यवस्थाको कारण उत्पन्न हुने समस्याको समाधानका लागि आफुले पहल गर्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बढुले बताएका छन ।उद्योग संगठन मोरङको ४९ औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीले बजेटको कारण सृजित समस्या राखेपछि त्यसमा जवाफ दिने क्रममा मन्त्री बढुले बजेट पास भइनसकेको र संसदमा छलफलमा रहेकाले सेनिटरी प्याड, फलाम, पामतेल उद्योगहरुको समस्याका बारेमा पनि छलफल हुने र त्यसको निकास त्यहाबाट निस्कने उनले बताए । दाल चामल मात्रै होइन तरकारी र अचार समेत आयात भइरहेको प्रति मन्त्री बढुले आश्चर्य प्रकट

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ६८९ पटक पढिएको
  • नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले बजेटको प्रावधान प्रति जनायो विरोध

    विराटनगर–कच्चा पदार्थ र तयारी बस्तुमा एक तहको भन्सार शुल्क फरक हुनुपर्ने नियम विपरित सरकारले ल्याएको आर्थिक बर्ष २०७९÷२०८० बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत मात्रै भन्सार महसुल तोकेकोमा संघले विरोध जनाएको हो । पाम र पामोलिनको कच्चा पदार्थ(क्रुड आयल) आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । त्यसैको फिनिस गुडमा सरकारले ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकेकोमा संघले विरोध जनाएको हो । स्वदेशी उद्योगलाई संकट तिर धकेल्ने गरि आएको निर्णय प्रति आपत्ती जनाउदै नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ । चाउचाउ र विस्कुट लगायतका उद्योगलाई तयारी

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ४८४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल