राष्ट्रिय

    Showing १२१-१३० of १४९ items.
  • प्रधानमन्त्री को अर्को आश्वासन , २०२१ भित्र देशका सबै नागरिकलाई खोप लगाइन्छ

    विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र देशका सबै नागरिकलाई खोप लगाइसक्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताएकाछन । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त ल

    • प्रकाशित मितिः असार १०, २०७८
    • ४७२ पटक पढिएको
  • सुन्दर हरैंचा नगरपालिकाको बजेट २ अर्ब १५ करोड

    विराटनगर-मोरङको सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको बजेट उपमेयर धनमाया तामाङले आगामी प्रस्तुत गरेकी छन ।जेसिज हलमा भएको नगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख तामाङले बजेट प्रस्तुत गर्दै सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत वल्र्ड बैकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । अन्तर सरकारी अख्तियारीतर्फ सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७

    • प्रकाशित मितिः असार ९, २०७८
    • ५११ पटक पढिएको
  • एसपी सन्तोष खड्का सहित प्रदेश १ बाट सात जना एसपी को सरुवा

    विराटनगर- अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो काठमाडौं सरुवा भएको छ । एक वर्षभन्दा बढी समय मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा खड्का विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल भए। उनको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो । मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी–तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सफल एसपीका रूपमा खड्काले छुट्टै पहिचान

    • प्रकाशित मितिः असार ९, २०७८
    • ९७० पटक पढिएको
  • मन्त्री परिषद विस्तारमा सर्वोच्चको अंकुश, २० मन्त्री पद मुक्त

     सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरेको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलवार अन्तरिम आदेश जारी गरेसँगै मन्त्रीहरुको पदसमेत गएको हो।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको  संयुक्त इजलासले  नयाँ नियुक्त भएका २० जना  मन्त्री पदमुक्त हुने आदेश गरेको हो ।योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् ।यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारक

    • प्रकाशित मितिः असार ८, २०७८
    • ४४१ पटक पढिएको
  • ‘नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा वाउको अनुहार’

    विराटनगर-प्रदेश १ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट माथिको छलफल कार्यक्रममा प्रतिपक्षी सांसदहरुले बजेट ‘नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा वाउको अनुहार’ जस्तो भएको टिप्पणी गरेका छन । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र त्यसका आधारमा ल्याएको बजेटमा आकाश जमिनको फरक रहेको टिप्पणी गर्दै बजेट ‘नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा वाउको अनुहार’ सरह रहेको बताए । टिप्पणी गर्दा संघियता विरोधीलाई टेवा पुग्ने बजेटका कमजोरी नभन्दा बजेट नै तालमेल बिनाको रहेको उल्लेख गरे ।  । कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर गत

    • प्रकाशित मितिः असार ८, २०७८
    • ८२० पटक पढिएको
  • प्रदेश १ मा दैनिक संक्रमण दर घट्यो, ७ जिल्लामा नयाँ संक्रमित छैनन

    विराटनगर-वैशाकको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिएपनि लकडाउनको प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३ सय हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्ला मध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शुन्यमा झरेको छ । कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारमात्र प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड-१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समि

    • प्रकाशित मितिः असार ७, २०७८
    • ४०१ पटक पढिएको
  • आगामी आवमा तिनै योजनामा बजेट बिनियोजन

    विराटनगर-प्रदेश सरकारले प्राथमिकतामा राखेका र प्रदेश गौरवका रुपमा अंकित गरिएको चालु आर्थिक बर्षकै योजनाहरु कार्यान्वयन भएका छैनन । तर सरकारले पुनः बजेट मार्फत केही नयाँ योजना सहित तिनै पुराना योजनाहरुलाई निरन्तरता दिनेगरि बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक ममिला तथा योजना मन्त्री टंक आङबुहाङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याए । जुन प्रदेश सभामा छलफलमा छ । प्रदेश सरकारको बजेटको मूल स्रोत नै संघीय सरकारले दिने अनुदानलाई राखिएको छ । कोरोना महामारीको कारण स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य

    • प्रकाशित मितिः असार ५, २०७८
    • ४३१ पटक पढिएको
  • पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएका १४ लाख नेपाली जोखिममा

    विराटनगर - कोरोना भाइरस कोभिड १९विरुद्ध पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएका नेपालका करिब १४ लाख नागरिक जोखिममा परेको एम्नेस्टी इन्टरनेसनले बताएको छ । शुक्रबार अपिल जारी गर्दै एम्नेस्टीको नेपाल कार्यालयले दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराएर खतरामा परेका नेपाली नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न पनि एम्नेस्टीले धनी र खोप भण्डार गरी राखेका देशहरूसँग आग्रह गरेको छ । ‘विशेषगरी बेलायत जस्ता ठूलो मात्रामा खोप भण्डारण गरेका धनी देशसहित अन्तर्राष्ट्रिय स

    • प्रकाशित मितिः असार ४, २०७८
    • ४११ पटक पढिएको
  • प्रदेश १ मा संक्रमणमुक्त हुनेको संख्या ५२ हजार नाघ्यो

    विराटनगर-प्रदेश १ मा बिहिबार १ हजार २९९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष रहेका छन् । हाल सम्मकोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ ।प्रदेश १ मा बिहिबार ३९३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेर्‍हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३-३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६,पथरीशनिश्चरे र बेलबारीमा ५-५, केराबारी र लेटाङमा ४-४, मिक्लाजुङ, कटहरी, रंगेली र बु

    • प्रकाशित मितिः असार ३, २०७८
    • १७५ पटक पढिएको
  • देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलियता ब्युँतन्छ : प्रधानमन्त्री ओली

    विराटनगर -  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गरेकाछन ।संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वाेच्च अदालतलाई लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले देउवासहितका १४६ निवर्तमान सांसदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाझै निर्दलियता ब्युँतने जिकीर गरेकाछन ।प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वाेच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले सातौं दिन बिहीबार महान्यायाधिवक्ता कार्यालयमा

    • प्रकाशित मितिः असार ३, २०७८
    • ४१५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल