विराटनगर-प्रदेश १ मा मंगलबार ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२,  झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २-२, पाँचथर, ताप्लेजुङ र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४,  दुहवी र गढीमा २-२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १-१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५-५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २-२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १-१, झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७-७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बार्‍हदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २-२, साँघुरीगढी र शहिदभूमीमा १-१,  इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १-१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २-२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका  र स्थानीय हत नखुलेका १-१, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र तेर्‍हथुमको म्याङलुङमा १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश १ मा मंगलबार १ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।