राजनीति

    Showing १६१-१७० of १७० items.
  • नेकपा मोरङको पार्टी कार्यालयमा एमालेको बोर्ड

    विराटनगर - नेकपा (नेपाल कम्युनिष्ट पार्टी) मोरङको पार्टी कार्यालयमा सोमबार तत्कालीन एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट विराटनगर महानगरपालिका–११ पाञ्चालीस्थित पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो । यसअघिसम्म यो कार्यालय तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरणपछि बनेको सत्तारुढ नेकपाको थियो । एकीकरणअघि उक्त पार्टी कार्यालय एमालेकै थियो । सर्वोच्चले सत्तारुढ नेकपालाई खारेजको फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एमालेको बोर्ड राखेर कार्यालय सञ्चालनमा ल्याइएको सन्देश दिएको छ । आज दिउँसो एक कार्यक्रममार्फत संस्क

    • प्रकाशित मितिः फाल्गुन २४, २०७७
    • ३४९ पटक पढिएको
  • मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास जबरजस्ती : खाँण

    विराटनगर - नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् ।नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर्दै आएका जनताको मागको उचित सम्बोधन नगरी जबरजस्ती ढंगले बल प्रयोग गरेर, धम्क्याएर र जनताको चित्त दुखाएर गरिने विकासको औचित्य नहुने बताएका छन।मोतिपुरबासी जनताको विमति हुँदाहुँदै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षाबलको आडमा जबरजस्ती ढंगले दमन गरेर शिलान्यास गर्दा झडप भएको उल्लेख गर्दै खाँणले जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराएका छन् ।उ

    • प्रकाशित मितिः फाल्गुन २२, २०७७
    • ४५४ पटक पढिएको
  • सरकार र विप्लव समूहबीच सहमति

    विराटनगर -  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका छन ।अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ओलीले भने, ‘।’उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिएका छन् ।यसैविच प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताए । लामो संवादपछि विप्लव

    • प्रकाशित मितिः फाल्गुन २२, २०७७
    • ३८२ पटक पढिएको
  • नेकपाका महासचिव विप्लव काठमाडौंमा सार्वजनिक हुँदै

    विराटनगर - सरकारसँग हिजो  तीन बुँदे सहमति भएसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा आज सार्वजनिक हुँदै छन् ।राष्ट्रिय सभागृहमा आज दिउँसो दुई बजे विप्लव सार्वजनिक हुने बताईएकोछ् । सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव दुबैजनाले सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने बताईएकोछ ।सरकार र विप्लव समूहबीच हिजोको वार्तापछि सार्वजनिक भएको विज्ञप्तीमा तीन बुँदे सहमति भएको उल्लेख छ । सो सहमतिलाई बि

    • प्रकाशित मितिः फाल्गुन २१, २०७७
    • १३८ पटक पढिएको
  • प्रदेश सभाको बैठकनै नबसि चैत २ लाई सारियो

    विराटनगर–प्रदेशसभाको भोली (बिहबार)बस्ने गरी तय भएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले भोली बस्ने बैठक सूचना टाँस गरेर स्थगित गरि अर्को बैठक चैत २ गते तोकेको छ ।प्रदेशसभाको यस अघि फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव पेश भएको थियो ।  फागुन २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्तावलाई कसरी प्रदेशसभामा छलफल गराउँछन् भन्ने विषय चासोका साथ हेरिएको बेला बैठक नै स्थगित गरेकोप्रति नेकपा प्रचण्ड-माधव समूह भने असन्तुष्ट बनेको छ ।‘यस प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथ

    • प्रकाशित मितिः फाल्गुन १९, २०७७
    • ४७३ पटक पढिएको
  • विप्लवका जिल्ला इन्चार्ज थुनामा

    विराटनगर, ११ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई शिक्षक हत्या आरोपमा जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या आरोपमा न्यायाधीश कपिलमणि गौतमको इजलासले हिजोसाँझ थुनामा राख्न आदेश दिएको हो । आदेशपछि उनी कारागार चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनु भयो । शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा विकविरुद्ध प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप ग

    • प्रकाशित मितिः फाल्गुन ११, २०७७
    • १६७ पटक पढिएको
  • प्रदेश १ को प्रदेशसभा बैठक आज

    विराटनगर ९ फागुन  । यसअघि दुई पटकसम्म बसे पनि सत्ता पक्षकै अवरोधका कारण छोटो समयमै सकिएको प्रदेश १ को प्रदेशसभा बैठक आज पनि बोलाइएको छ । आज बोलाइएको बैठक माघ ७ मा सुरु भएको हिउँदे अधिवेशनको तेस्रो बैठक हो । बैठकमा नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावबाहेक कुनै ‘बिजनेस’ छैन । आजको बैठकमा पनि अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गर्न नदिने रणनीति नेकपा ओली समूहको रहेको छ । सत्तापक्षले बैठक अवरुद्ध गर्दा अविश्वास प्रस्ताव सभामा पेस हुन सकिरहेको छैन । अविश्वास प्रस्ताव दर्ता भएपछि सत्ता लम्ब्याउन कसरत गरिरहेको आ

    • प्रकाशित मितिः फाल्गुन ९, २०७७
    • ११० पटक पढिएको
  • विराटनगरमा सत्तापक्षको शक्ति प्रदर्शन आज, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने

    विराटनगर, ८ फागुन । सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले विराटनगरमा आज शक्ति प्रदर्शन गर्दै छ । ओलीले गत पुस ५ गते प्रतिनिधिसभा (संसद) विघटन गरेपछि सत्ता पक्षले प्रदेशमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्न लागेको हो । संसद विघटनपछि नेकपा दुई समूहमा विभाजित बनेको छ । एउटा समूहको नेतृत्व नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललले गरिरहनु भएको छ । ओलीले चालेको कदम असंवैधानिक र प्रतिगामी भन्दै विरोधमा उत्रिएको यो समूह आन्दोलनमा छ । संसद पुनस्थापनाको मुल मुद्दा उठाउँदै  सरकारको असंवैधानिक कदमको विरोध गर्दैै दाहाल–नेपाल समूहले ठाउँठाउँमा शक्ति प्रदर्शन गरिरहेको छ । त

    • प्रकाशित मितिः फाल्गुन ८, २०७७
    • ५१० पटक पढिएको
  • विराटनगरमा भोलि ओली समूहको जनसभा, कडा बनाइयो सुरक्षा व्यवस्था

    विराटनगर, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपाले भोलि (शनिबार) प्रदेश १ को राजधानी विराटनगरमा वृहद जनसभा गर्दै छन् । जनसभाको अघिल्लो दिन आज मार्चपास गरिँदै छ । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयबाट आज दिउँसो ३ बजे सुरु हुने मार्चपासले नगरका विभिन्न भागको परिक्रमा गर्ने नेताहरुले बताएका छन् । मार्चपासमा पार्टीका केन्द्रीय एवं प्रदेश नेताहरु, जनवर्गिय संगठनका प्रतिनिधि, नागरिक अगुवा, पेसाकर्मी, युवा, स्वयंसेवकहरु लगायतको सहभागिता रहने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले बताउनु भयो । विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सभालाई भव्य बनाउ

    • प्रकाशित मितिः फाल्गुन ७, २०७७
    • ३२० पटक पढिएको
  • हतियारसहित पक्राउ परेका विप्लवका मोरङ इन्चार्जलाई थुनामा राख्न आदेश

    विराटनगर, ५ फागुन । हतियारसहित मोरङको बूढीगंगाबाट पक्राउ परेका ‘विप्लव’ समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । विकविरुद्ध चलाइएको हाततियार खरखरजना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यस्तो आदेश दिएको हो । संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका ३२ वर्षीय विकलाई प्रहरीले व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा गत मा ७ गते हतियारसहित पक्राउ गरेको थियो । मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा पनि संलग्नता देखिएपछि विकविरुद्ध हातहतियार खरखजना तथा अपहरण र कर्तव्य

    • प्रकाशित मितिः फाल्गुन ५, २०७७
    • ३८९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल