विराटनगर-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कामचलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु गलत भएको बताएका छन । उनले भने ‘कुन बाध्यता परेको हो, संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउन  ‘आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ यो गलत संस्कार बसेको छ राजनीतिमा यस्तोहुनु राम्रो होइन ।

कोइरालाले तत्काल अहिले बनाउनुपर्ने जरुरी के थियो भन्दै प्रश्न गरे निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि प्रष्ट नभएको कोइरालाको भनाइ छ ।

संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि त्यो सरकारले पनि निर्वाचन नै गर्ने बताउँदै कोइरालाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँगको मेलमिलाप संसद् पुनःस्थापना नै भएको स्पष्ट पारे । संविधान बचाउन र संविधान ट्रयाकमा ल्याउन्जेलसम्म हो, माओवादी अनि कम्युनिस्टसँगको गठबन्धन ।

तर, कांग्रेस चुनावमा आफ्नै बाटो लागेर जानुपर्छ,’ कोइरालाको भनाइ थियो ।अर्काे एक प्रसंगमा कोइरालाले नेपाल कुनै पनि हालतमा बहुराष्ट्रिय देश हुन नसक्ने दाबीगरे् ।