झापा—झापाको अर्जुनधारा नगरपालिका२ घर्लेनी टोलस्थित भित्रि सडकखण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्रप्रसाद साह रहेका छन् ।साह हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोलातर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेनको पछाडी साइडको भागमा चढेर बसेका थिए ।मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो ।क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाब
विराटनगर- प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह(संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढकाल, श्रीमन्त भट्टराई, बाबुराम मुडियारी, डम्बर सिन्चुरी, बबिता साम्पाङ, सन्दिप राई, रामकुमारी राई, सुजता लिम्बू, पवन साह, सनम रोक्का, राकेश कर्ण, गोपाल नेपाली, मौसम लिम्बू, सनम रोका, सुमन कुरुङ्बा, आशिका लम्साल, एलिना दियाली, शिवहाङ राई, क्रान्ति लिम्बू रहेका छन् । यस्तै विपुल सुवेदी, पुजन दाश, मिन
विराटनगर- गाउँबाट घरतर्फ फर्कने क्रममा बाटोमा लडेर मोरङको मिक्लाजुङमा गय राति एक महिलाको मृत्यु भएको छ । बाटो हिँड्ने क्रममा चिप्लिएर लडेकी मिक्लाजुङ गाउँपालिका–१ की ५६ वर्षीया गुनमाया राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार मिक्लाजुङकै आइतबारेबाट घरतर्फ फर्कदै गरेकी गुनमाया राति ९ बजेतिर बाटोमा चिप्लिएर लडेको पाइएको छ । लड्नसाथ घटनास्थलमै महिलाको मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरेको जानकारी उनले दिए।
विराटनगर- प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्र्तक्रियामा वितरित प्रतिवेदनमा महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताए । जनवरी देखि जुन सम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्ष
विराटनगर- संविधान दिवसका अवसरमा विराटनगरमा आज थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उच्च अदालत विराटनगर बार एशोसिएशनले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रमका बक्ताहरुले थुनुवा, कैदी र बन्दीलाई संविधानले दिएका अधिकार सुनिश्चिततामा जोड दिएका छन् । उनीहरुले कारागारभित्र चौकीदार र नाइकेका नाममा कैदी एवं बन्दीमाथि हुने चरम शोषण तथा यातना रोक्न सरोकारावाला निकाय गम्भीर हुन नसकेको बताए । साथै कारागार र हिरासतमा रहेकाहरुसँग
विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इलाममा ८, धनकुटा र प्रदेश १ बाहिरका ३–३ जनामा संक्रमण देखिएको हो । झापाको दमकमा २७, कनकाईमा १९, विर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा ८, शिवसताक्षीमा ६, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा ३–३, गौरादह र कमल गाउँपालिकामा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ७१, केराबारीमा ८, पथरीशनिश्चर
विराटनगर - मोरङ शैक्षिक बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो २१ औं बार्षिक साधारण सभा आईतबार सम्पन्न गरेको छ । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी ४९ लाख ८८ हजार ६ सय रहेको छ भने सहकारीको निक्षेप २ करोड ८० लाख ५० हजार १६१ रुपैया १५ पैसा रहेको छ । सहकारीले ३ करोड १३ लाख ४२ हजार २९८ रुपैया ५६ पैसा ऋण लगानी गरेको छ । सहकारीमा ४१५ शेयर सदस्य रहेका छन् । जसमा १४२ जना महिला र २७३ जना पुरुष रहेका छन् । सहकारीको जगेडा कोषमा २० लाख ३१ हजार ७८१ रुपैया ०१ पैसा रहेको छ । आर्थिक बर्ष २०७८/७९ मा जगेडा कोषमा २३ लाख पुर्याउने लक्ष्य सहकारीले लिएको छ । सहकारीको साधारण सभा
काठमाडौँ — नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको जानकारी दिए । काँग्रेस सङ्खुवासभाका पूर्व पार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेद्वारी स्वाभाविक भएको बताए ।पूर्व सांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्न स
विराटनगर - साहित्यकार भानुभक्त कुभिण्डेलीद्वारा लिखित ‘महागुरु बलराम’ नामक पुस्तकको विमोचन गरिएको छ ।खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यसमितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । जीवनीमा आधारित काव्यको साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष घनश्याम पोखरेल, मुक्तक प्रतिष्ठान प्रदेश–१ का अध्यक्ष बाबुराम पोखरेललगायतले विमोचन गरेका थिए । काव्यले समाजसुधारक तथा शिक्षासेवी बलराम पोखरेलले समाजमा पुर्याएको योगदानको चर्चा गरिएको छ । सोही अवसरमा आयोजित मासिक कविगोष्ठीमा कवि भरत गुरागाईं, ममता मृदुल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, चूडामणि नेपाल अकिञ्चन,
विराटनगर - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्या प्रकरण थप पेचिलो बनेर गएको छ । घटनाको थप अनुसन्धान गर्नका लागि अनुसन्धानकर्ता प्रहरीको टोली पुनः घटनास्थल पुगेको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी पनि घटनास्थल पुग्नु भएको छ । घटना भएदेखि नै घटनास्थलमा खटिएर अनुसन्धान गर्दै हत्यामा संलग्न लोकबहादुरलाई कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि टोली फिर्ता भएको थियो । अन
विराटनगर–बुढीगंगा गाउँ पालिकामा पनि ‘नगर प्रहरी’ परिचालन भएका छन । गाउँ पालिकाले खुला प्रतिष्पर्धामा ...
विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर–६ अन्त ...
Copyright © 2021 / 2026 / Khabarpalpal.com / All Rights Reserved.