विराटनगर-१९ महिनापछि रानी-जोगवनी सीमा नाका खुलेपछि पारि गएर दशैंको किनमेल गर्नेहरु बढेका छन । नाका शनिबारबाट पूणर्रुपमा सर्बसाधरणका लागि खुला गरिएको थियो । सर्बसाधरणका दुईपाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई पनि आउजाउको छुट दिइएको छ । यस अघि मानिस आउजाउ गर्न दिइएपनि सवारी साधन वारिपारि गर्न पूणर् बन्देज लगाइएको थियो । 

नाका बन्द हुदा खेतखलियानको बाटो प्रयोग गरेर भएपनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्री परिषदको बैठकले नाका खोल्ने निणर्य गरेपनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर विभागको पत्र प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर शनिबारबाट लागु हुनेगरि नाका पूणर्रुपमा संचालनमा ल्याएको हो । 

सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखिनै भइरहेको भएपनि सवारी साधन आवतजावत पूणर्रुपमा बन्द थियो । शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुइपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेका छन । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भारतबाट आउने सबै यात्रुलाई नाकामा रहेको स्वास्थ्य डेस्कले स्वास्थ्य सावधानी अपनाउन र ज्वरो जाँच गरेपछि माक्स लगाएर मात्र नेपाल प्रवेशको सुविधा दिने छ । जुन पहिले पनि रानी नाकामा स्वास्थ्य डेस्क मार्फत भइरहेको थियो । 

सीमा क्षेत्रका स्थानियका अनुसार पहिले हिडेर नाका पार गरेर जोगवनी बजारमा किनमेल गर्नेको भिड भएपनि शनिबारबाट गाडीनै लिएर पारि दशैं किनमेल गर्नेहरुको निकै घुँइचो लागेको छ । जस्को कारण भारतीय बजार जोगवनीमा ट्राफिक व्यवस्थापनमा कठिनाई आएको छ । सहज रुपमा यात्रु आवत जावत गर्न थालेपछि अहिले भारतीय रेल्वे स्टेशन र जोगवनी बजारमा नेपालीहरुको भिड लागेको भारतीय पत्रकार अरुण मिश्राले बताए ।