विराटनगर–नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसंग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा भेटघाट गरेकी छन । उद्योग संगठनले अघि बढाएका कार्यक्रमलाई उनले सफलताको शुभकामना समेत व्यक्त गरिन ।  


उद्योग संगठन मोर»को कार्यसममिति र स्विस राजदुत बिच संगठनको सचिवालयमा सोमबार भएको भेटघाटमा स्विटजरलैण्ड र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रम लगायतका बिषयमा राजदुत क्यापेलरले छलफल गरेकी हुन । 


संगठनको बर्तमान कार्यसमितिले अघि बढाएका कार्यक्रमहरुको प्रस्तुतीकरण सुनिसकेपछि राजदुत क्यापेलरले स्विस सरकारले धेरै पहिले देखि स्थानीय संस्थाहरुसंग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले बिगत आठ बर्षको अवधीमा पहिलो पटक यो स्तरको उत्कृष्ठ प्रस्तुती र कार्यक्रमहरुका बारे हेर्ने र बुझ्ने अवसर पाएको भन्दै संगठनलाई कार्यक्रमको सफलताका लागी शुभकामना व्यक्त गरिन । 


छलफलका क्रममा उनले संगठनले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालिमको उपादेयताका बारेमा जिज्ञासा राख्दै उद्योगी आफैले प्रशिक्षार्थी छनौट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालिम उपलब्धीमुलक नहुने भएकोले यस्का लागी पहल गर्न संगठनलाई आग्रह समेत गरिन । 


कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदुत क्याम्पेलरलाई संगठनमा स्वागत गर्दै नेपालमा स्विस लगानी भित्राउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्विस चेम्बरहरुसंग सहकार्य गर्नका लागी सहजिकरण गरिदिन अनुरोध गर्दै यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरुप दिन मद्दत पुग्ने बताए । साथै अध्यक्ष प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकताको रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ती उद्योगले नै तयार गर्ने बिषयमा संगठन प्रष्ट रहेको उल्लेख गरे । 


कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, कोषाध्यक्ष बिपिन काबरा, कार्यसमिति समिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जय कुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्विस राजदुतावासका बरिष्ठ कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।