मुख्य समाचार

    Showing १६१-१७० of ८०२ items.
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पाए विश्वासको मत

    विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार मत विभाजन हुँदा मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा ५० मत परेको छ । प्रस्तावको विपक्षमा २९ मत परेको हो ।४१ सदस्यीय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग  मतदानका लागि ३९ सांसद थिए तर मत विभाजनमा एमालेका सबै सांसद उपस्थित भएनन् ।पूर्वमुख्यमन्त्री शेरधन राई, पुर्व भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ लगायतका एमाले सांसदहरु मत विभाजनमा अनुपस्थित भएका छन् । विपक्षमै रहेको राप्रपाकी सांसद इन्दिरा राई पनि बैठकमा उपस्थित भइनन् ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २७० पटक पढिएको
  • प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

    विराटनगर- नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज स्थगित गर्न माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आज बन्द गरेकोले सांसदहरू उपस्थित हुन नसक्ने कारण देखाउँदै एमालेले बैठक रोक्न माग गरेको छ।एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज बन्द भएकोले सांसद आउन नसक्ने बताए। बैठक स्थगित गर्न उनले माग गरेका छन्।तर सत्तापक्षले भने आज बैठक गर्ने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छैन। आज मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • ३२८ पटक पढिएको
  • विराटनगरमा बन्दको प्रभाव : विद्यालय बन्द, सवारीसाधन चलेनन्

    विराटनगर- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आह्वानका कारण आज विराटनगरमा सामान्य प्रभाव परेको छ । पेट्रोलियम पदार्थ (इन्धन)मा भएको मूल्यवृद्धिको विरोधमा विप्लवले गरेको बन्दको प्रभावस्वरूप विराटनगरबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन् भने शैक्षिक संस्था बन्द छन् ।बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी बाक्लै खटाइएका कारण केही पसलहरु भने खुला छन् । विराटनगरस्थित बसपार्कबाट सार्वजनिक सवारीसाधन चलेनन् । बिहानैदेखि मुख्य राजमार्ग सुनसान देखिएको छ । यातायात क्षेत्रमा बन्दको प्रभाव परेपछि यात्रुहरू मार्कामा परेका छन् । गन्तव्यमा हिँडेका य

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • २८० पटक पढिएको
  • मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने

    विराटनगर- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मङ्गलबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेशसभाको बैठक मङ्गलबार बस्दै छ । उक्त बैठकमा उनले विश्वासको मत लिन लागेको जनाइएको छ । यसअघि कात्तिक २३ गते बैठक डाकिएको भएपनि मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ३३७ पटक पढिएको
  • विराटनगरका सडकमा निर्माण सामग्री थुपार्दा दुर्घटनाको जोखिम बढ्यो

    सडकमा थुपारिएको निर्माण सामग्रीका कारण विराटनगरमा हरेक महिना तीनदेखि चारवटा सामान्यदेखि गम्भीर प्रकृतिका सवारी दुर्घटना हुने गरेको ट्राफिक कार्यालय मोरङले जनाएको छ । मोरङमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा मात्रै आठ सय ८४ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ देखि १५ वटा सवारी दुर्घटना सडकमा थुपारिएका निर्माण सामग्रीका कारण भएको जिल्ला ट्राफिक प्रमुख चन्द्रबहादुर खड्काले बताए । फुटपाथसमेत मिचेर निर्माणजन्य सामग्रीहरू सडकमै भण्डारण गर्दा विशेषगरी बजारक्षेत्रका भित्री सडकखण्डहरूमा दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । त्यतिमात्र नभएर व्यक्तिगत तथा व्यवसायिक निर्माण कार्यमा प्रयो

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • ४०३ पटक पढिएको
  • जथाभावी पटाका पड्काएको निहुँ विराटनगरमा ‘ग्याङ फाइट’

    विराटनगर- कात्तिक २० गते शनिबार राति जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि दुई समूहबीच ‘ग्याङ फाइट’ भएको थियो । भाइटीकाको दिन विराटनगर–१ शङ्कर चोकस्थित नातिकाजी मास्केको घरछेउ दुई समूहबीच झडप हुँदा मास्केको घर तोडफोडसमेत भएको थियो । मदिरा सेवन गरी देउसी खेलेर घर फर्किने क्रममा राति १० बजेतिर दुई सयभन्दा बढी सङ्ख्यामा रहेका मानिसबीचको दुई समूहबीच झडप भएको थियो । पटाका पड्काएको विषयमा भएको सामान्य विवादले उग्र रूप लिएपछि ‘ग्याङ फाइट’ भएको प्रहरीले जनाएको छ । मानवीय क्षति नभएपनि उनको घरको पर्खाल, झ्याल, ढोका, मिटर बक्स र फर्निचरलगायतका सामानमा क्षति पुगेको छ ।बेलुकी ९ बजेदेखि सुरु भएको सामान्य व

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ३०७ पटक पढिएको
  • झिलिमिलि तिहार (फोटो फिचर)

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ४५५ पटक पढिएको
  • प्रदेश १ मा बिशेष आर्थिक क्षेत्र निर्माणमा परिसंघको चासो

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले दुई दशकदेखी उठाउदै आएको विषेश आर्थिक स्थापनाको मागलाई नेपाल उद्योग परिसंघले प्रदेश १ ले पुनः सरोकारवाला निकायमा छलफल चलाएको छ । सरकारले बजेट मार्फत सुनसरीको अमडुवामा विषेश आर्थिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । सुनसरी जिल्ला को अमडुवा मा रहेको करिब ६५० बिगाहा जग्गामा नेपाल सरकारले बिषेश औद्यौगिक क्षेत्र निर्माण गर्ने योजना अनुसार नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद्ध फोकल पर्सनहरु  र नेपाल उद्योग परिसंघका सदस्यहरु बुधबार परिसंघको संयोजनमा अनलाईन छलफल र अन्तरक्रिया गरिएको छ । छलफलमा नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ८५५ पटक पढिएको
  • १५ करोडको लागतमा कंचनबारीमा न्यूरो अस्पताल शुभारम्भ

    विराटनगर –विराटनगर-३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्यवस्थापनको क्षेत्रमा अनुभव प्राप्त छन् । प्रदेश सरकार मातहतको सम्बन्धनमा २५ शै्याको अस्पताल बुधबारदेखि नै सञ्चालनमा ल्याइने भएको हो ।न्यूरो सर्जरीमा नाम कमाएका डा.पंकज नेपाल अस्पतालका प्रबन्धक निर्देशक र डा.अर्जना चौधरी अध्यक्ष तथा अस्पताल व्यवस्थापनमा अनुभव प्राप्त दिनेश ठाकुरको टिमले नयाँ अस्पताल सञ्चा

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ५३२ पटक पढिएको
  • प्रदेश १ मा राजेन्द्र राई नयाँ मुख्यमन्त्री, पाँच सदस्यीय मन्त्री मण्डल

    विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सपथ लगत्तै संचारकर्मीसंग प्रदेशको नामाकरण गर्ने र बजेटको दायरा बढाउने प्रतिक्रिया दिएका छन । उनले नराम्रो काम नगर्ने राम्रो कामलाई प्राथमिकता दिने बताए । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ४२७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल