आर्थिक

    Showing १११-१२० of २९२ items.
  • एनएमबी बैंकको नयाँ चार शाखा प्रदेश १ मा थपिए

    विराटनगर-एनएमवी बैंकले प्रदेश १ मा आफ्ना ४ नयाँ शाखा विस्तार गरेको छ । सुनसरीको झुम्का, इनरुवा, मोरङको बुढीगंगा, विराटनगरको महेन्द्रचोकमा नयाँ शाखा आइतबारबाट सुचारु गरेको हो । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ को झुम्का बजारमा आइतबारबाट नयाँ शाखा सुभारम्भ भएको एनएमवी बैंक झुम्का शाखाका प्रवन्धक पंकज झाले जानकारी दिए । झुम्का शाखाले रामधुनी, बक्लौरी, कालाबञ्जर, डुम्राहा लगायतका ग्रामीण क्षेत्रका ग्राहकलाई समेत सुविधा दिने छ । शाखा प्रवन्धक झाका अनुसार एनएमबी बैंकका अन्य शाखाहरुले जस्तै सबै किसिमको सुविधा झुम्का शाखाबाट पनि प्रदान गरिने छ । विराटनगरको कंचनबारी र जलजला रोडमा यस अघि

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ९०५ पटक पढिएको
  • बैंकको ब्याजदर घटाउन परिसंघ र उद्योग संगठनको गर्भनरलाई दवाब

    विराटनगर-बैंकहरुले आफुखुसी ब्याजदर बृद्धि गरेपछि औद्योगिक त्यसबाट नराम्ररी प्रभावित हुने भन्दै नेपाल उद्योग परिसंघ प्रदेश १ समिति र उद्योग संगठन मोरङले छुट्टाछुटै ज्ञापन पत्र गर्भनरलाई पठाउदै तत्काल बैंकको ब्याजदर सिंगल डिजिटमा झार्न आग्रह गरेका छन । कोभिड महामारीको कारण अर्थतन्त्रमा परेको गम्भिर असरको वेवास्ता गर्दै बैंकहरुले सोमबारदेखी निक्षेपमा नयाँ ब्याजदर लागू गरि अत्यधिक र असामान्य तरिकाबाट ब्याजका दरहरु वृद्धि गरेकोमा नेपाल उद्योग परिसंघ प्रदेश १ ले र उद्योग संगठनले गम्भीर  ध्यानाकर्षण भएको जनाउदै गर्भनरलाई इमेल मार्फत ज्ञापन पत्र बुझाए हुन ।देशको अर्थ व्यवस्था दुई आर्थिक वर्ष

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ४०० पटक पढिएको
  • बेमौसमको वर्षाले किसानको धान स्वाहा

    सोमबार रातिदेखि परेको अविरल वर्षाले धान डुबाइदिएपछि किसान निराश बनेका छन् । आइतबार बेलुकाको हावा पानी र सोमबार रातिबाट परेको अविरल वर्षाले धानखेतीलाई अधिक प्रभाव परेको छ ।काट्ने बेला भएको मात्र नभई काटेर सुकाइएको धानसमेत वर्षाले सखाप पारिदिएको मोरङको सुन्दरहरैँचा–११ की निर्मला आचार्यको गुनासो छ । १५ कठ्ठामा लगाएको धान वर्षाले डुबाएको बताउँदै उनी भन्छिन्, ‘दसैँछेक नै धान पाकपछि आठ कठ्ठाजतिको धान काटिसकेका थियौँ । जसोतसो पानी पर्दापर्दै धान कुन्यु लगायौँ । अरू बाँकी रहेको धानपनि वर्षा र हुरीले लडाइदिएको छ । अब, वर्षभरि के खाने भन्नेमा अन्यौल छ ।’सुन्दरहरैँचा नगरपालिकाका कृषि शाखा प्रमुख फणिन्द्र

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ४५० पटक पढिएको
  • नेपालले भारतलाई ३५५ मेगावाट विद्युत पैंचो दिदै, चाडै खरिद समौता गरिने

    विराटनगर-भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युतको आपूर्ति बन्द भएपछि विहार सरकारले नेपालबाट अफ आवरमा १२ घण्टा ३५५ मेगावाट विद्युत पैंचो लिन थालेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार दैनिक २००० मेगावाट आवर विद्युत भारतले पैंचोका रुपमा लिन थालेको हो । जुन २० लाख युनिट हो । भारतले नेपाललाई विद्युत विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ । २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको विद्युत नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात पैंचो दिइरहेको छ । जुन सुख्खा सिजनमा नेपालमा विद्युतको उत्पादनमा कमी हुदा भारतले विना कुनै शुल्क पैंचो तिरेर

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ५९० पटक पढिएको
  • २८ करोड नाफामा रहेको विराटनगर जुट मिलको पाँच अर्बभन्दा बढी ऋण

    विराटनगर–मुलुककै पहिलो इतिहास वोकेको विराटनगर जुट मिल कुनै समय वार्षिक २८ करोड सम्म नाफा कमाउदै आएको थियो । २०४६ साल पछि राजनीतिक हस्तक्षेप र दलका आफ्ना मानिसको भर्तिकेन्द्र बनेपछि अहिले यो मिल बन्द छ । नाफा कमाउदै आएको जुटमिलको नाममा अहिले ५ अर्ब भन्दाबढी ऋणमा छ । मिलका तत्कालीन प्रशासन अधिकृत तिम्सिनाका अनुसार विभिन्न वित्तिय संस्था र कामदार कर्मचारीको गरी मिलले ५ अर्ब भन्दा बढी ऋण तिर्न बाँकी छ ।बन्द रहेको विराटनगर जुट मिल हालको अवस्थामा ५ अर्व ४ करोड २० लाख रुयैयाँ ऋणको भार देखिन्छ । तिम्सिनाका अनुसार हाल मिलको नाममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र उदयपुर सिमेन्ट कारखाना लगायतका वित्त

    • प्रकाशित मितिः आश्विन ३१, २०७८
    • ६११ पटक पढिएको
  • भारतले खानेतेलको कच्चा पदार्थ आयातमा महसुल घटाएपछि नेपाली उद्योग प्रभावित

    विराटनगर-चार दिन अघि भारतले खाने तेलको मूल्यमा नियन्त्रण गर्न आयातित खानेतलेको कच्चा पदार्थको भन्सारमा भारी कटौती गरेपछि खाने तेल प्रशोधन गरेर भारतीय बजारमा पठाई रहेका नेपालका उद्योगहरु मारमा परेका छन । उद्योगीहरुले नेपाल सरकारले पनि भन्सार महशुलमा छुट हुनु पर्ने माग गरेका छन । भारतले कच्चा पाम तेलमा १६ दशमलव ५ तथा सूर्यमुखी र भटमासको तेलमा १९ दशमलव २५ प्रतिशतले महसुल कटौती गरेको हो । यो कटौतीपछि भन्सार फरकको फाइदा उठाउँदै निकासी गर्ने नेपालका तेल उद्योग प्रभावित भएका हुन । नेपालका तेल उद्योगहरुले भारतीय उत्पादन संग प्रतिस्पर्धा गर्ने गरि कच्चा तेलको आयातमा भन्सार महशुल छुट मागेका छन ।&nb

    • प्रकाशित मितिः आश्विन ३१, २०७८
    • ५७८ पटक पढिएको
  • विराटनगर भन्सारबाट हुने निकासी क्रमश बढ्दै, ४० अर्ब राजश्व संकलन

    विराटनगर-मुलुकको तेश्रो प्रमुख नाकाको रुपमा रहेको विराटनगर भन्सार कार्यालयबाट प्रत्येक बर्ष आयातमा बृद्धि हुदै गएको छ भने आयातको तुलनामा निर्यात निकै कम रहेको छ । अन्य भन्सारको तुलनामा विराटनगर भन्सार नाकाको ब्यापारघाटा कम रहेपनि आर्थिक बर्ष २०७७/०७८ मा ८३ दशमलव ७१ प्रतिशत अर्थात १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाख १६ हजारको सामान आयात भयो  । त्यस्तै निकासी तर्फ १६ दशमलव २९ प्रतिशत अर्थात ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार रुपैयाँको  बस्तु निर्यात भयो । यो आवमा १ खर्ब ५२ अर्ब ७५ करोड ८६ हजार व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ ।  कोरोनाको कारण लक्ष्यभन्दा कम राजश्व संकलन गरिरहेको

    • प्रकाशित मितिः आश्विन २८, २०७८
    • २५२ पटक पढिएको
  • के गर्दैछन उद्योगीहरु यसपालिको दशैंमा

    विराटनगर-कोभिड १९ को महामारी भन्दा पहिलेका बर्षहरुमा दशैं छुट्टी मनाउन सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरु विदेश तिर उडिसकेका हुन्थे । दशैं अघि नै आफुले घुम्नेदेशको तालिक तयार गरेर दशैंको छुट्टी सुरुहुना साथ यात्रामा निस्कन्थे । तर कोभिड १९ को कारण यो पटकको दशैंमा भने उद्योगीहरुले विदेशको यात्रा नगर्ने भएका छन । स्वदेशमै परिवारसंग बसेर मिठो परिकार खाने र आन्तरिक पर्यटनको प्रवद्धनका लागि मुलुक भित्रकै पर्यटकीय स्थानमा गएर परिवारसंग रमाउने योजना बनाएका छन । नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत घर परिवारसंग बसेर रमाईलो गरेर नै दशैं मनाउने योज

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • ६०४ पटक पढिएको
  • विराटनगरमा औद्योगिक–शैक्षिक संवाद

    औद्योगिक तथा शैक्षिक क्षेत्रबीचको अन्तरसंवाद अभिवृद्धि गरी अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउने अभिप्रायका साथ ‘इकोनोमिक ग्रोथ–आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेसन’ विषयक कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । उद्योग सङ्गठन मोरङअन्तर्गतको स्व महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योग सङ्गठन मोरङ गोल्छाले देखाएको बाटोमा अघि बढेको बताउँदै मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक र शैक्षिक क्षेत्रबीचको अन्तर संवादलाई घनिभूत बनाउँदै अध्ययन अनुसन्धानका क्षेत्रमा लगानी अभिवृद्धि गर

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • ६१५ पटक पढिएको
  • स्थानिय तहले सिमेन्टमा प्रति बोरो १ रुपैयाँ कर असुल्न थाले

    विराटनगर-पञ्चयत कालमा जिल्ला पञ्चायतले ढाट राखेर चुङ्गीकर असुलेको शैलीमा अहिले स्थानिय तहहरुले ढाट नै राखेर प्रत्येक पालिका कवाडी र निकासी कर असुल गर्न थालेका छन । उद्योगी व्यवसायीको विरोध भएपछि सरकारले निकासी शुल्क भन्सारमै लिन थालेको हो । ढाट राखेर कर असुल्न नपाइने भएपनि अहिले पालिकाहरुले ढाट नै राखेर कर असुल्न थालेका छन । भन्सार कार्यालयले भन्सार विन्दुमा नै निकासी सेवा शुल्क ११३ रुपैयाँ लिने गरेको छ भने पैठारी सेवा शुल्क प्रति गाडी ५६५ रुपैयाँ लिदै आएको छ । तर वित्तिय अधिकार बाँडफाँडमा आफुहरुले अधिकार पाएको भन्दै कवाडी र सिमेन्टको निकासीमा समेत एउटा स्थानिय तहबाट अर्को स्थानिय तहमा पै

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • ४४० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल