विराटनगर–मुलुकका अधिकांश चिनी मिलले किसानलाई विगत वर्षको उखुको भक्तानी नदिदा अहिले किसान आन्दोलनमा छन । तर कोशी प्रदेशको स्ट्रन सुगर मिलले दुई वर्षदेखि नगदमा उखु खरिद गरेर क्रसि» गर्दै आएको छ । मिलले यसपालिपनि किसानसंग हाताहाती उखुी किनेर क्रसिङ सुरु गरेको छ । 


सुनसरीको बर्जुमा रहेको यो सुगर मिलले दुईवर्षदेखि किसानले उखु मिलमा पु¥याएको तिनसाता भित्रमा रकम भुक्तानी गर्दै आएको छ । कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भने यस क्ष्ँेत्रका उखु किसानले दुई वर्षदेखि मिललाई हाता हाती जस्तै उखु विक्री गर्दै आएका छन । किसानले मिललाई सरकारी अनुदान वाहेक प्रति क्वीन्टल ५ सय ६५ रुपैयाँमा उखु विक्री गरेका हुन ।


गत वर्षपनि मिलले उखु क्रसिङ सकेको तिनसाता भित्रमा सवै किसानलाई भुक्तानी दिएको थियो । चौधरीले भने यसपालिपनि मिलमा उखु पु¥याएको तिनसाता भित्रमा भुक्तानी पाउने सर्तमा किसानले मिललाई उखु विक्री सुरु गरेका छन । उनले भने यसलाई किसानले हाताहातीमा उखु विक्री गरेको अर्थ लगाएका छन ।


पुस पहिलो सातादेखि मिलले उखु क्रसिङ सुरु गरेर दुई लाख क्वीन्ट क्रसिङ गरिसकेको छ । मिलका नायव महाप्रबन्धक कृष्ण गौतमले भने किसानले त्यो उखुको भुक्तानी पुस तेस्रो साता भित्रमा पाउने छन । मिलले गतवर्ष १५ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो । गौतमले भने गतवर्ष पनि उखु क्रसिङ भएको तिनसाता भित्रमा सवै किसानले उखुको भुक्तानी पाएका थिए ।


यसपालि करिव २० लाख क्वीन्टल उखु क्रसिङ हुने मिलको अपेक्षा छ । गौतमका अनुसार यसपालिपनि मिलले उखु क्रसिङ गरेको तिनसाता भित्रमा सवै किसानलाई मिलले उखुको भुक्तानी गरिसक्ने तयारी गरेको छ ।

 

विगतमा मिलले उखुको भुक्तानी ढिलो दिदा किसानले उखु खेती नै गर्न छाडेपछि मिल संकटमा परेको थियो । दुईवर्षदेखि मिलले हाता हाती जस्तै उखुको भुक्तानी दिन सुरु गरेपछि यसक्ष्ँेत्रका किसान पुन उखु खेतीमा आर्कषित भएको संघका अध्यक्ष चौधरीको भनाई छ ।


सुरुमा मोरङ, सुनसरी र झापामा यो मिलकालागि करिव १५ हजार विघामा उखु खेती हुन्थ्यो । पछिल्लो समय करिव ५ हजार विघामा उखुखेती सिमित भएपछि मिल संकटमा परेको थियो । संघका अध्यक्ष चौधरीले भने दुईवर्षदेखि मिलले समयमै उखुको भुक्तानी दिदा अहिले झण्डै ८ हजार हेक्टरमा उखु खेती गरिएको छ ।