इटहरी–इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप गरेका छन । इटहरीमा पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र वाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ती जनाएका छन । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन । 

बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवशस्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन छिनमा कुरा फेरेर एमालेले कर घटाउने विषयलाई फण्डाको रुपमा मात्र बजारमा ल्याएको बताए । 

नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप समेत लगाए । राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो । तर पार्टीको ह्विपमा उनीहरूले नगर सभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।

कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ । हामी कर घटाउने पक्षमा छौ बारम्बार भन्दै आएका छौ । तर एमालेले भने अहिले सम्म दोहोर चरित्र मात्र देखाएको छ पौडेलले भने । 

इटहरीको विकास गर्न चुनिएको जनप्रतिनिधिहरुलाई एमालेले आफ्नो संगठन चलाउन खोजे जस्तो गरिरहेका छन मेयर पौडेलले भने । म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ म इटहरी बनाउँन आएको मानिस हुँ मेयर पौडेलले थपे । इटहरीमा थुप्रै खाले कठिनाई भईरहेको भन्दै एमालेले जनमानसमा भ्रम छरिरहेको उनको भनाई थियो । एमालेलाई इटहरी बनोस नबनोस भन्नेमा छ । उसलाई २०८४ को चुनाव केन्द्रित मात्र छन उनको भनाई थियो । 

 सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताएका छन्। ‘सस्तो लोकप्रियताका लागि हुने धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेँ। नगर प्रमुख भएर धेरै कति बोलौँ? राम्रो काम गर्न नदिने एमालेले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् ।यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।