आर्थिक

    Showing १०१-११० of २९२ items.
  • जोगबनी नाकाबाट साढे सात करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात

    विराटनगर — जोगबनी नाकाबाट तिहार र छठ पर्वका लागि साढे सात करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार ७ करोड ५८ लाख ७७ हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको हो ।भन्सार अधिकृत अमित तिवारीका अनुसार गत वर्ष अन्य नाका बन्द हुँदा यो नाकाबाट २४ करोड ७३ लाख ३४ हजार मूल्य बराबरका बत्ती भित्रिएको थियो ।सजावटका लागि प्रयोग गरिने पलास्टिक फूल र गोदावरी फूल आयातमा ६५ लाख ७६ हजार रुपैयाँ विदेसिएको छ ।तिहारमा प्रयोग गरिने खाद्य सामग्री र बत्ती गरेर  यस वर्ष १८ करोड ५ लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ । भन्सार कार्यालयका अनुसार ६४ लाख ६९ हजार मूल्यको २१

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • २८७ पटक पढिएको
  • अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

    किमाथाङ्का— अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए । “अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ”, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ३९९ पटक पढिएको
  • बाढीबाट सुनसरी मोरङ औद्योगिक करिडोरका ४१ उद्योगमा दुई अर्ब ४८ करोडको क्षति

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका ४१ उद्योगमा बाढीले २ अर्ब ४८ करोड ८९ लाख ८ हजार बराबरको क्षति पुगेको छ । उद्योग संगठन मोरङले गरेको सर्बेक्षणको पहिलो चरणको प्रतिवेदन सार्बजनिक गर्दै बाढिबाट प्रभावित उद्योगहरु मध्ये २७ वटा उद्योगहरु एक हप्ता पछि संचालनमा आएका थिए । त्यसैगरि  ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगहरुलाई ४ हप्ता र ४ वटा उद्योगहरुलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दाबढि समय लाग्ने बताइएको छ । बाढीको कारण  मेशिन औजार ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थ ७१ करोड २५ लाख सत्तरी हजार, तयारी वस्त ७६ करोड ४ लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा एक

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ४३८ पटक पढिएको
  • शीत भण्डारमा राखेको आलुको बीउ कुहियो

    उर्लाबारी-मोरङको कानेपोखरीका किसानले बीउका लागि शीत भण्डारमा भण्डारण गरी राखेको आलु कुहिएको छ । गत चैतमा झापाको दमकस्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेको १ हजार ५ सय बोरा बीउ आलु कुहिएको मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी ७ का अध्यक्ष हिमप्रसाद तिम्सिनाले बताए ।उनकाअनुसार सहकारी संस्थाका किसानको २४१ बोरा र अन्य विभिन्न स्थानमा सङ्कलन भएको १ हजार ३ सय बोरा आलु कुहिएको छ । एक दशकदेखि सोही शीत भण्डारमा बीउ आलु भण्डारण गर्दैआएका किसान पहिलो पटक यस्तो समस्या आएको बताएका छन् ।चैतको दोस्रो साता किसानसँग प्रतिबोरा ४७५ रुपियाँ लिएर सहकारी संस्थाले आलु भण्डारणको जिम्मा लिएको थियो । किसानले

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • ४९९ पटक पढिएको
  • जन्म कैदको सजाय पाएका गोरेलाई थप १० वर्ष कैद र एकलाख जरिवाना

    विराटनगर-३३ किलो सुन तस्करी प्रकरणमा जन्म कैदको सजाय पाएका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद सजाय तोकेको छ । उप्रेतीलाई शाक्यको अपहरण गरि शरिर वन्धक वनाएको मुद्धामा दोषी ठहर गर्दै थप १० बर्ष सजाय सुनाएको हो । जिल्ला अदालतका मुख्य न्यायधिश भरत लम्सालको इजलसले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेती सहित ६ जनालाई जन्म कैद, एकलाई तिनवर्ष र एकलाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सवै प्रतिवादीलाई सफाई दिएको थियो ।त्यो बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २६७ पटक पढिएको
  • हाटखोलाको जीर्ण पुल यथाशिघ्र जिर्णोद्धार गर्न माग

    विराटनगर- विराटनगरको हाटखोलास्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । मङ्गलबार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र बुझाएको हो ।ज्ञापनपत्रमार्फत संघका अध्यक्ष मून्दडाले विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडकखण्डमा पर्ने विराटनगरको हाटखोलास्थित सिंघिया पुलको नाजुक अवस्थाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाए । उनले मोरङ–सुनसर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३०८ पटक पढिएको
  • फुजीमाको इन्जिन आयल प्रयोग गर्दा कुनै समस्या आएमा सतप्रतिशत क्षतिपूर्ति दिइने

    विराटनगर-फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेशिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादीत सामाग्री प्रयोग वापद हुने खराबीको विमा(product liability insurance) गरेको छ । कम्पनीले एक करोड सम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरि हिमाल इन्स्योरेन्स कम्पनीसंग सम्झौता पनि गरेको छ । २७ बर्षदेखी नेपालमै इन्जिन आयल र ग्रिज उत्पादन गर्दै आएको फुजीमा कम्पनीको कन्ट्रोल लुब्रिकेन्ट निकै लोकप्रिय ब्राण्ड मानिन्छ । कम्पनीले म्याजिक प्लस र रोयल ब्राण्डमा पनि इन्जिन आयल र ग्रिजका ७० भेराटिजह

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३५० पटक पढिएको
  • पाँचदिन पछि विराटनगर विमानस्थल खुल्यो, धमाधम विराटनगर काठमाडौं उडान

    विराटनगर-पाँचदिन पछि विराटनगर विमानस्थल सुचारु भएको छ । आज विहानैबाट काठामाडौंका लागि उडान सुरु भएको छ । बेमौसमी बर्षाको कारण बस्ता खोलाको बाढी विमानस्थल भित्र प्रवेश गर्दा मंगलबारदेखी उडान हुन सकेको थिएन । धावनमार्ग बिहिबार नै क्लिअर भएपनि टर्मिनल, यात्रा आवागम कक्ष, भिआइपी कक्ष, कार्गो कक्ष लगायतका स्थानमा पानी जमिरहेको कारण शुक्रबार मात्र पानी सुकेकाले सरसफाई गरेर आवश्यक सुरक्षा उपकरण दुरुस्त बनाएपछि शनिबारबाट उडान सुरु गरिएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ४३३ पटक पढिएको
  • उद्योग संगठन र मोरङ व्यापार संघद्वारा ४ लाख बराबरको राहत सामाग्री हस्तान्तरण

    विराटनगर-बेमौसमी बर्षात र त्यसबाट उत्पन्न बिषम परिस्थितिको कारण बाढी र ढुवानबाट प्रभावितहरुका लागि उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले ४ लाख बराबरको खाद्य समाग्री जिल्ला प्रशासन कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन । मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीका अनुसार ४ लाख बराबरको चिउरा, भुजा, चाउचाउ, विस्कुट र खानेपानी सहितको सामाग्री सहायक प्रमुख जिल्ला अधिकारी द्वय महेश तिम्सिना र शरदकुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । मोरङ जिल्लामा बाढीको कारण धेरैले घरबार बिहिन बन्नु परेको अवस्थामा राहत स्वारुप प्रशासनलाई उक्त सामाग्री दुई चरणमा हस्तान्तरण गरिएको हो ।

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ४५० पटक पढिएको
  • सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांस उद्योगमा बाढी पस्यो

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका अधिकांस उद्योगहरुमा बेमौसमी बर्षाको कारणले पसेको बाढीले करोडौंको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलले सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांस उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन नभएको बताए । उनले भने‘हामीले उद्योगीहरुसंग तथ्यांक संकलन गरिरहेका छौं तथ्यांक सहित दुईतीन दिनमा क्षतिको विवरण सार्बजनि गर्नेछौं ।                           

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ६२० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल