आर्थिक

    Showing ९१-१०० of २९२ items.
  • सरकारले गर्यो चार अर्ब कर फिर्ता

    काठमाडौँ- गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर फिर्ता गरिएको हो ।गत आवमा कर फिर्ताका लागि एक हजार ५१८ वटा दाबी परेका थिए । ती सबैबाट १९ अर्ब २४ करोड ३८ करोड रुपियाँ कर फिर्ताको दाबी गरिएको विभागले जनाएको छ । त्यसमध्ये एक हजार १२४ वटा दाबीको तीन अर्ब ९५ करोड ६४ लाख रुपियाँ मात्र कर फिर्ता गरिएको विभागको वार्षिक प्रतिवेद

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • ३०५ पटक पढिएको
  • चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै

    उदयपुर- चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ सङ्क्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताए । कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताए । चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • २६० पटक पढिएको
  • सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

    विराटनगर- नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३००  थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २९० मा कारोबार भएको थियो ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका म

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • २७२ पटक पढिएको
  • बिजुली बलेपछि किलिङबासीले मनाए खुसीयाली

    ताप्लेजुङ-ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बिजुली बत्ती बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको किलिङ गाउँमा लघु जलविद्युत आयोजनामार्फत् बिजुली बलेसँगै स्थानीय हर्षित भएका हुन् भने नाचगान गरेर खुशीयाली मनाएका छन् ।जिल्लाको निक्कै नै दुर्गम तथा विकट गाउँ किलिङमा स्थानीयको सक्रियतामा लघु जलविद्युत आयोजना निर्माण गरिएको हो । स्थानीय घट्टेखोलाबाट १५ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि किलिङ गाउँ नै उज्यालो भएको पापुङका वडाध्यक्ष डण्डु लामाले बताए। वडाध्यक्ष लामाका अनुसार ७५ घरधुरी रहेको साविक पापुङ वडा नं. ८ र ९ किलिङ बस्तीका प्र

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • २४१ पटक पढिएको
  • सुनको मूल्यमा प्रतितोला ५०० ले वृद्धि

    काठमाडौँ - नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रु १० ले वृद्धि भएर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रवार प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भ

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • २४५ पटक पढिएको
  • तमोर करिडोरले चीन र भारत जोड्ने

    ताप्लेजुङ-ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो ।तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर कर

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ३२६ पटक पढिएको
  • पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढ्यो

    काठमाडाैँ- नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढाएको छ ।निगमले बुधबार राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपियाँ बढेको जनाएको छ । मूल्य वृद्धि भएसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपियाँ कायम भएको छ ।यसैगरी पेट्रोल २३६ रुपियाँ पुगेको छ भने डिजेल मटितेल प्रतिलिटर ११९ रुपियाँ पुगेको छ ।खरिद मूल्य नै महँगो परेको र नेपालको सीमा जोडिएको रक्सौल बजारभन्दा नेपालमा पेट्रोल ३७ रुपैयाँ ५३ पैसा र डिजेल ३० रुपैयाँ ६५ पैसा सस्तो रहेको तथा ग्यास प्र

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ६६८ पटक पढिएको
  • काँकरभिट्टा नाकाबाट पहिलो तीन महिनामा कृषिजन्य वस्तुको आयात निर्यातभन्दा दुई गुणा बढी

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशको पूर्वी नाका काँकरभिट्टाबाट कृषिजन्य वस्तुको आयात निर्यातको तुलनामा दुई गुणा बढी भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको थियो ।क्वारिन्टिन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा रु. चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट बङ्गलादेश, भारतलगायतका स्थानमा रु. दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । यस अवधिमा नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) रु. एक अर्ब ९२ करोड ४६ लाख ५०

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ३४९ पटक पढिएको
  • पूर्व प्रधानमन्त्री ओलीले भने‘एन्टी डम्पिङ शुल्क खारेज हुनुपर्छ’

    विराटनगर-नेपाली जुट उद्योगबाट तयारी बस्तु भारत निकासी हुदा भारतले लगाउदै आएको चार प्रतिशत एन्टि डम्पिङ शुल्क खारेजीका लागि आफुले कोशीस गर्ने पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । उनले एन्टि डम्पिङ शुल्क खारेज हुनुपर्ने बताउदै प्रधानमन्त्रीहुदा पहल गरेको तर त्यतिबेला खारेज गराउन नसकिएपनि आफुले त्यसको खारेजीका लागि अन्य माध्यमबाट पहल गर्ने बताएका हुन । भारतले सीभीडी वापदको नेपाली उद्योगीको २० करोड रुपैया समेत फिर्ता गरेको छैन ।  रघुपति जुटमिलको हीरक महोत्सवमा रानी स्थित मिल परिसरमा पुगेका ओलीले बृक्षा रोपण समेत गरे । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई ह

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • २८२ पटक पढिएको
  • प्रदेश १ मा बिशेष आर्थिक क्षेत्र निर्माणमा परिसंघको चासो

    विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले दुई दशकदेखी उठाउदै आएको विषेश आर्थिक स्थापनाको मागलाई नेपाल उद्योग परिसंघले प्रदेश १ ले पुनः सरोकारवाला निकायमा छलफल चलाएको छ । सरकारले बजेट मार्फत सुनसरीको अमडुवामा विषेश आर्थिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । सुनसरी जिल्ला को अमडुवा मा रहेको करिब ६५० बिगाहा जग्गामा नेपाल सरकारले बिषेश औद्यौगिक क्षेत्र निर्माण गर्ने योजना अनुसार नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद्ध फोकल पर्सनहरु  र नेपाल उद्योग परिसंघका सदस्यहरु बुधबार परिसंघको संयोजनमा अनलाईन छलफल र अन्तरक्रिया गरिएको छ । छलफलमा नेपाल सरकार उद्योग मन्त्रालयका सम्बद

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ८५१ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल