विराटनगर–बजेट समग्र जनतालाई उपयोग हुने किसिमले आएको र यसले जनताको दैनिक सरोकारलाई समेटेको बताउदै अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निष्पक्ष ढंगले बनाएको बताए । उनले भने ‘कता हो कता यो बजेट महान सगमाथाको टुप्पोमै पुग्ने खालको उत्कृष्ठ बनाएको मान्दिन केही त्रुटीहरु हुन सक्छन त्यसलाई करेक्सन गर्न सकिन्छ ।’  

जनताको पक्षमा बजेट भनिएपनि आलु र प्याजमा लागेको भ्याटको विरोध भइरहेको प्रशंगमा बचाउ गर्दै मन्त्री महतले कृषि प्रधान देश भनेर भन्ने अनि आलु र प्याज पनि बाहिरबाट मगाउने? प्रश्न गरे । उनले आलु र प्याजमा स्थानिय किसानको उत्पादनले बजार पाओस र आत्मनिर्भर बन्न सकियोस भनेर आयातलाई दुरुत्साहन र उत्पादनलाई प्रोत्साहन गर्न भ्याट लगाएको बताए । 

मोरङ व्यापार संघको ६६ औँ साधारणसभामा बोल्दै उनले कच्चा तेलको आयात महसुलमा संरक्षणको तह हेर्दै फेरि निर्णय गर्न सकिने बताए । बनस्पती ध्यू र तेल उद्योगको कच्चा पदार्थमा १० प्रतिशत भन्सार लगाउने आर्थिक बर्ष २०८०÷२०८१ को बजेटमा ब्यावस्था भएपछि देशका २६ उद्योगीले त्यसको विरोध जनाउदै बजेट संसोधन हुनु पर्ने माग गर्दै आएका थिए । बजेट आउनु अघि कच्चा तेलको आयात महसुल १० प्रतिशतमा ९० प्रतिशत छुट गरिएको थियो । छुटका कारण तेलका उद्योगले १ प्रतिशत भन्सार महसुल तिरेर कच्चा तेलको आयात गरिरहेका थिए । 

मन्त्री महतले पूजीँगत खर्चको बिनियोजन कम भएको उल्लेख गर्दै आन्तरिक र बाहिय ऋण र तिनको ब्याजको दायित्वको कारण पनि बजेटको आकार घटेको बताए । अहिले पूजीँगत खर्च १७ प्रतिशत भएपनि स्थानिय तहमा गएको समेत खर्च जोड्दा २७ प्रतिशत हुन आउने उल्लेख गर्दै आगामी आवमो यो बढ्ने विश्वास ब्यक्त गरे । उनले भने‘सामाजिक सुरक्षा, विभिन्न प्रकारका सहुलियत र भत्ता, ऋण र ऋणको ब्याज अनि कर्मचारीको तलबका कारणले विकास बजेटको आकार सानो भएको हो ।’

अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि ब्याजदर घट्ने, अर्थतन्त्र अझ चलायमान हुने र राजस्वमा पनि वृद्धि हुने विश्वास ब्यक्त गरे । बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा आफूले निरपेक्ष भाव राखेको तथा कसैलाई पनि फेभर र डिसफेभर नगरेको दाबी गरे । यति गर्दागर्दै पनि कतै त्रुटी भए होला तिनलाई समय सापेक्ष करेन्सन गर्न सकिन्छ । 

विराटनगरको राजनीतिक र आर्थिक महत्व बुझेको बताउदै मन्त्री महतले समयको चक्रसंगै सबै क्षेत्रमा उत्कृष्ट र अब्बल रहेको विराटनगर केही समयदेखी पछि परेको उल्लेख गर्दै अब फेरि विरानगर पहिलेकै अवस्थामा आउने बताए । विराटनगरलाई आर्थिक हब बनाउने सरकार लागि पर्ने उल्लेख गर्दै मन्त्री महतले विराटनगरको चक्रपथका लागि छुट्याएको १२ करोड रकम कम भएको उल्लेख गर्दै स्रोत सुनिश्चित गरेर यसलाई चार डबल गर्न सकिने बताए ।