इटहरी-हरेक सालझै यो सालको जाडोपनि तिनै चिसा थाङनामा काट्नुपर्ने सम्झेर घुर तापिरहेकी ७०बर्षकी धनिदेवी मुसहरले हुनेखानेले नै ओढ्ने गरेको फाइवरको न्यानो सिरक निशुल्क पाउँदा दंग थिइन । तराईका मुसहर बस्तीमा न्याना कपडाको अभावमा घुर ताप्ने चलन छ । आय स्रोत कमजोर हुदा पुराना कपडा जोडेर हातले सिलाइएका फगटामा चिसा रातहरु काट्नु पर्ने अवस्था छ । नयाँ सिरक पाएकी धनिदेवीले भनिन ‘थाङ्ना, फगटा ओडेरै जिन्दगी सकिन्छ भन्ने थियो तर अहिले नयाँ सिरक पाइयो ।’


तराईमा सीत लहरको कारण बर्षेनी धेरैले ज्यान गुमाउन पुग्छन । चिसोमा न्यानो कपडा भएन भने हृदयघातको सम्भावना बढी हुने गरेको मुटु रोग विषेशज्ञ डा. राजेश नेपाल बताउछन । उनी भन्छन्‘अत्याधिक चिसोमा शरिरलाई तातो र न्यानो बनाई राख्नु पर्छ ताकी हृदयघातको जोखिम नहोस ।’


दुई कलिला लालाबाला च्यापेर लाईनमा उभिएकी ४० बर्षे बिना मुसहरलाई बालाखा जोगाउने चिन्ताले गाँजेको उनको अनुहारमा पढ्न सकिन्थ्यो । तिनपुस्तादेखि सुकुम्बासी भएर बिजोकको जिन्दगी झेल्दै आएकी ७५ बर्षया हसिना खातुनलाई अब बाँचिदैनजस्तो लागेको थियो रे । 


इटहरीका सातवटा क्लबले इटहरी १७ र १ नम्बर वडामा फाइबर सिरक बाढ्दै गर्दा लायन्स अभियन्ता समेत भावुक बनेका थिए । सुकुमारीटोलको मुसहरबस्तिमा बुधबार पुग्दा बेग्लै उल्लास थियो । लायन्स क्लब इन्टरनेशनल डिस्स्ट्रीक घद्दछ सिका गभर्नर धिरज गुरुङले घुर तापेर धुलो धुँवामा जाडो काट्न बाध्य बिपन्न समुदायमा सेवा गर्न पाएकोमा प्रसन्नता ब्यक्त गरे ।


उनले भने ‘हामी अझै सहयोग गर्छौ, यो सहयोगको दुस्प्रचार नगरिदिनु होला’ उनले थपे ‘लायन्सका परोपकारी अभियन्ताले मानवताका लागि आफ्नै गोजिबाट निकालेर गरेको यो सहयोगलाई बिदेशीले दिएको रकम मध्ये थोरै हामीलाई बाढेर आफै कुम्ल्याएको आरोप नलागोस ।’२० नम्बर वडाध्यक्ष एवम् लायन्स अभियन्ता मणिराम श्रेष्ठले कसैलाई सिरक नपुगेको भए फेरि उपलब्ध गराउने बाचा गरे ।


वडाध्यक्ष श्रेष्ठकै सहजिकरण र उल्लेख्य आर्थिक सहयोग समेतमा कार्यक्रम सम्पन्न गर्न सफल भएको सो कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ तरहराका अध्यक्ष मुक्तीनाथ घिमिरेले बताए । कार्यक्रममा लायन्स क्लब अफ तालतलैयाका अध्यक्ष ज्ञानेन्द्र दाहालले बिपन्न समुदायमा सिरक बाढ्न पाउँदा खुशी लागेको बताउदै, लायन्सको सहयोगलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्न अनुरोध गर्दै उपस्थित लायन्स क्लब इन्टरनेशनलका गवर्नर धिरज गुरुङ, फस्टलेडी रेखा गुरुङ, इन्टरनेशनल कै प्रथम भाइस गवर्नर नरनाथ सापकोटा, एरिया चिफ निरु चौधरी, मेनुका गिरी सहित क्लब अध्यक्षहरुमा धन्यवाद ज्ञापन गरे ।


इटहरीका लायन्स क्लब अफ कर्पोरेट, मनोकामना, शान्तिनगर लगायतको सकृयतामा १६० परिवारलाई सिरक बितरण गरिएको थियो ।