विदेशी सिमेन्टको दबदबा रहेको अवस्थामा विगत १५ वर्षअगाडि अन्तर्राष्ट्रिय निर्भरतालाई विश्राम दिने सोचका साथ उत्पादन सुरु भएको मारुती सिमेन्टले उपभोक्तामा सन्तुष्टि प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । स्थापनाकालदेखि कै विश्वासिलो ब्रान्डका रूपमा परिचित मारुती सिमेन्टले स–साना संरचना निर्माणदेखि ठुला–ठुला परियोजनासम्म उपभोक्ताको भरोसा जित्दै आएको छ ।

ठुला–ठुला परियोजनाहरू पुल, बाँध, उद्योग, घर, बाटोघाटो निर्माणमा प्रयोग हुँदै यो सिमेन्ट उपभोक्ताहरूमा निकै लोकप्रिय छ । आफ्नो उत्पादनको १५ वर्षदेखि नै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन नदिएकै कारण पनि बजारमा मारुती सिमेन्ट लोकप्रिय बन्दै गएको हो ।

मारुती सिमेन्ट ‘नम्बर वान’

मारुती सिमेन्टले आफूलाई सधैँ नम्बर वान भएको दाबी गर्छ । यो उसको दाबीमात्र होइन, उपभोक्ताको बोली पनि हो । मारुती सिमेन्ट उत्पादन सुुरु भएयता नै बेच्न थालेका गरिमाज इन्टरप्राइजेज, काठमाडौँका सञ्चालक श्यामभगत खड्का उपभोक्ताकै बोली बोल्ने बताउँदै मारुती सिमेन्टलाई नम्बर वानको दर्जा दिन्छन् । ‘१५ वर्ष नै भयो मैले मारुती सिमेन्ट बेच्न थालको,’ उनी भन्छन्, ‘तर अहिलेसम्म उपभोक्ताले कुनै कम्प्लेन गरेका छैनन् । हामीले उपभोक्ताकै बोली बोल्ने हो, उहाँहरूको नजरमा मारुती सिमेन्ट नम्बर वान हो ।’

यस्तै, नेपाल हार्डवेयर एन्ड सप्लायर्स प्रालि, ललितपुरका सञ्चालक रमेश गौतम १८ वर्षदेखि निर्माण सामग्री बिक्री गर्दै आइरहेका छन् । तर जब उनीसँग मारुती सिमेन्ट ठोक्किएको छ, तबदेखि उनले सो सिमेन्ट नै बढी बिक्री गरिरहेका छन् । ‘ब्यापारमा ‘पुस सेल’ र ‘पुल सेल’ भन्ने दुई नियम हुन्छ । ग्राहकले मारुती सिमेन्ट नै चाहिन्छ भन्दै हामीकहाँ आउने भएका कारण पुल सेल गरिरहेका छौँ’, उनी भन्छन् ।

२०६७ सालदेखि नै निरन्तर रूपमा मारुती सिमेन्ट प्रयोग गर्न थालेका उपभोक्ता दिपेन्द्रराज भण्डारी आफ्नो रोजाइमा सन्तुष्ट छन् । उनी भन्छन्, ‘११ वर्ष भएछ मैले मारुती सिमेन्ट प्रयोग गर्न थालेको, पटक–पटक संरचना निर्माणमा प्रयोग गरेँ । अहिले पनि म घर बनाउँदैछु र मारुती सिमेन्ट नै प्रयोग गरिरहेको छु ।’