रणजीत सिंह दिसले भारतको महाराष्ट्र राज्यको सोलापुर जिल्लाको एउटा प्राथमिक स्कुलका शिक्षक हुन्। रणजीत सिंहले जव नियुक्त्ति पाएर गाउ पुगे त्यो स्कुल हालत एकदमै दयनिय थियो।  स्कुल गाइ-भैसीको गोठ र गोदाम घरको रुपमा प्रयोग गरिन्थियो। 

त्यस स्कुलको पढाई पनि खासै गतिलो थिएन। त्यस बाहेक पनि त्यो स्कुलको पढाईमा अर्को समस्या पनि थियो। त्यस स्कुलका सबै किताबहरु अंग्रेजीमा थिए। जबकी त्यो गाउका केटाकेटीहरू अङ्ग्रेजी फिट्टिकै बुझ्दैन थिए । उनले एक-एक गरेर सबै किताबहरुलाई त्यो गाउको मातृभाषामा अनुवाद गरे। र त्यसमा उनले अर्को प्रवाधि पनि जोडिदिए। 

रणजीत सिंह दिसले आइटी इंजीनियरिंग ड्रप आउट थिए। उनलाई सूचना प्रविधिको राम्रै ज्ञान थियो। त्यो ज्ञानको सदुपयोग गर्दै उनले सबै पाठहरुमा QR कोड राखिदिए।  यस कोड लाई बिद्यार्थीहरुले मोबाइल बाट स्क्यान गर्ने बित्तिकै त्यो पाठ संग जोडिएका सबै प्रश्न-उत्तर, कबिता, कथा र भिडियो व्याख्यान सुन्न र हेर्न सक्थे। 

त्यसको अलावा उनले वर्चुअली बिरुवा र रुखहरु देखाएर पनि प्रकृति बारे बिद्यार्थीलाई जानकारी दिन्थे। कोरोना महामारीको कारण जव स्कुलहरु ठप्प भए उनको डिजिटल लर्निङ्ग विधिको कारणले बिद्यार्थीहरुको पढाइलाई खासै केहि फरक परेन । 

आफ्नो गाउमा पाठ्यक्रममा QR कोड जोड्ने कार्यको उनको सफल प्रयोग पछि उनले महाराष्ट्र राज्य भर यो काम लागु गर्ने प्रस्ताव राखे। र २०१७ मा महाराष्ट्र राज्य भर यो कार्यक्रम लागु गरियो। अहिले यो उनको QR मोडेल लाई NCERT ले भारत भर लागु गर्ने भएको छ। 

 यसको अलावा  उनले गाउ-गाउ घुमेर स्कुल पढ्ने उमेरका केटीहरुलाई स्कुलमा भर्ती गराए। उनको प्रयासकै कारण त्यो गाउका सबै केटीहरु स्कुलमा पढछन्।  र त्यहा प्रचलित बाल बिबाहको प्रचलन पनि अन्त्य भएको छ।  

रणजीत सिंह दिसलेको यिनै योगदानहरु सम्मान गर्दै उनलाई २०२० को बिश्वको सर्वश्रेष्ठ शिक्षकको पुरस्कार प्रधान गरियो। १० लाख डलर पुरस्कार राशि रहेको Global Teacher Prize लाई शिक्षा क्षेत्रमा नोबेल पुरस्कार सरह मानिन्छ। विश्वभरका १४० देशका १२ हजार प्रतिस्पर्धी मध्ये १० जना फाइनालिस्टमा रणजीत सिंह पनि परे। 

जव ति १० जना फाइनालिस्ट मध्ये बाट उनलाई बिजेता छानियो। ३२ बर्षिय रणजीत सिंह दिसलेले सो पुरस्कार एक्लै लिन अस्विकार गरे। १० लाख डलर मध्ये आधा रकम उनले बाकि ९ प्रतिस्पर्धीहरु लाई बाडिदिए। केदार सिटौलाको वालबाट