समाचार

    Showing ५१-६० of ९४८ items.
  • जम्बो मन्त्री मण्डल बनाएर राजश्वमा लुट गर्न पाइदैन : नविन रिजाल

    विराटनगर–प्रदेश १ लगायतका प्रदेशहरुमा बन्ने सरकार सानो र छरितो हुनु पर्ने धारणा ब्यक्त गर्दै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले यदि जम्बो मन्त्री मण्डल सहितको सरकार बने त्यसले जनताले तिरेको करको दुरुपयोग हुने र विकास खर्च कटौती गरि चालुखर्च बढाउनु पर्ने अवस्था आउने भएकाले छरितो र सानो मन्त्री मण्डल सहितको सरकार बनाउन दलहरुलाई आग्रह गरेका छन । उनले अहिले विकास खर्च नभइरहेको अवस्था र बैंकको ब्याज दोहोरो अंकले आकाशिएको बेला सरकारले चालु खर्च घटाएर पूँजीगत खर्च बढाउनु पर्ने अवस्था रहेको छ । तर दलहरुले आफ्नालाई फाइदाका लागिमात्र बढी मन्त्रालय राखेर मन्त्री र राज्य मन्त्री थप्ने काम गरेभने

    • प्रकाशित मितिः पुष १६, २०७९
    • ४५८ पटक पढिएको
  • औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारलाई आग्रहः राष्ट्रपति भण्डारी

    विराटनगर–राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह  गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह  गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त  गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले

    • प्रकाशित मितिः पुष १, २०७९
    • ३०५ पटक पढिएको
  • लगानीको संभाव्यताको छुट्टै पेभिलियन

    विराटनगर –विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको आयोजक समितिले जनाएको छ । पेभिलियनमा प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ । यस्तै, प्रदेश १ मा लगानीका क्षेत्रहरू, संभावित परियोजनाहरू, लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत का

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १९१ पटक पढिएको
  • भन्सार कर्मचारीलाई धम्क्याएर अवैध सामान लिएर भागे तस्कर

    विराटनगर–विराटनगर नाकामा अवैध गतिविधि र कारोबार रोक्नका लागि भन्सारका अलावा नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवान २४ घण्टा तैनाथ रहन्छन । उनीहरुको काम भनेको खुला सीमाको फाइदा उठाउदै कसैले भन्सार छलेर सामान नेपाल भित्र्याउन नपाओस । तर शुक्रबारको दृष्य भने फरक थियो । भन्सारका कर्मचारीले खुलेआम हुदै गरेको तस्करी रोक्न प्रयास गरेपनि भन्सारको ३ नम्बर गेटमा रहेको प्रहरी चौकीका कुनै प्रहरीले सहयोग गरेनन् । यति मात्रै होइन सीमामा तैनाथ शसस्त्र प्रहरीले पनि भन्सार कर्मचारीलाई सहियोग गरेनन् । जस्को कारण तस्करीको प्रयास सफल भयो । भन्सार नतिरि माल भित्रियो । शुक्रवार राती विराटनगर भन्सारका ६ अधिक

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • २८५ पटक पढिएको
  • औद्योगिक कच्चा पदार्थको आयातमा भाडा सस्तो हुने

    विराटनगर–११ महिना पछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । जस्को कारण भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट सकिएको छ । दैनिक ६८ वटा मालवाहक घुमेर आइरहेकोमा बुधबार १६८ वटा मालवाहक एकीकृत भन्सार जाँच चौकीबाट नेपाल प्रवेश गरेका छन । जस्को कारण एउटा ट्रक र कन्टेनरको १६ हजार ढुवानी भाडा जोगिएको छ । विराटनगर भन्सारका सूचना अधिकारी रामचन्द्र ढुंगानाले नेपाल भारत एकीकृत जाँच चौकीबाट बुधबार देखी मालवाहक आउन थालेको पुष्टि गरे । विराटनगर भन्सार कार्यालयका

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १७८ पटक पढिएको
  • ‘विराट एक्स्पो २०७९’ तयारी पुरा, राष्ट्रपतिबाट उद्घाटन हुदै

    विराटनगर–मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने ‘विराट एक्स्पो २०७९’को तयारी पुरा भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पोको यो सातौं श्रृंखला हो भने २३ बर्ष देखी निरन्तर रुपमा औद्योगिक तथा कृर्षि प्रर्दशनीको आयोजना गर्दै आएको छ । अन्य श्रृखंला भन्दा फरक रुपमा अयोजना गरिन लागिएको एक्स्पो मंसिर २९ देखि पुस ६ गतेसम्म बिराटनगरको डिग्री क्याम्पसको प्राङ्गणमा आयोजना गर्ने तयारी पुरा गरिएको हो । संगठनले आयोजना गरेको  पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयषराज प्याकुरेलले बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन लाखले अवलोकन

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • २५७ पटक पढिएको
  • ५० हजार गरिबलाई घर बनाएर दिने जोगीसर बार्षिक तीन करोड सामाजिक काममा खर्च गर्छन

    विराटनगर-सामान्य परिवारबाट हुर्किएका मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल(जोगीसर)ले अहिलेसम्म विभिन्न संघसंस्थाको सहयोगमा ५० हजार गरिब परिवारलाई घर बनाइदिएका छन । मण्डलले बार्षिक रुपमा मात्रै सामाजिक कामका लागि तीन करोड रुपैयाँ खर्च गर्ने गरेका छन । मोरङको क्षेत्र नम्बर ५ यस्तो क्षेत्र हो जहाँ एमाले र काँग्रेसका आधिकारिक उम्मेदवार छैनन । गठबन्धनका कारण दुवै पार्टीको झण्डा र चुनाव चिन्ह अहिले त्यो क्षेत्रमा विरलै भेटिन्छ । लोकतान्त्रिक गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार मण्डल चुनावी मैदानमा छन भने एमालेसंगको गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजक

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • ४७१ पटक पढिएको
  • चापाकल लिएर निर्वाचनमा होमिए ‘जोगी’,दुवै गठबन्धन उम्मेदवारलाई टक्कर दिदै

    विराटनगर–गरिवीका कारण विद्यालय नगएका बालबालिकालाई भेला गराएर योगेन्द्र मण्डल अर्थात जोगीसरले निःशुल्क ट्युसन पढाएका थिए । त्यही ट्युसन अभियानले जीवन विकास समाज स्थापना भएको थियो । २७ वर्षअघि तत्कालीन मोरङ अमाही बरियाती गाविसमा २०५२ सालमा गाउँका दुई बालकलाई ट्युसन पढाएर जीवन विकासको अभियान थालिएको थियो ।मण्डलले गाउँका यति धेरै विद्यार्थीलाई निशुल्क ट्युसनको शिक्षा दिए जसले गर्दा उनले ‘जोगीसर’को उपनाम पाए । गाउँमा योगेन्द्रमात्रै भन्दा मान्छे अलमलिन सक्छन तर जोगिसर भनेपछि जोकोहीले उनलाई जान्दछ ।उनै जोगीसर आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको स्तन्त्र उमेदवार बनेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • ८५१ पटक पढिएको
  • यो लडाई भ्रष्टचार गर्ने र नगर्ने बिचको लडाई हो, म राज्यको कुनै सुविधा लिन्न : डा.सुनिल शर्मा

    विराटनगर– मोरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले आसन्न निर्वाचन भ्रष्टचार गर्ने र नगर्ने बिचको लडाई भएको बताएका छन । उनले आफुले जितेर गएपछि कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरे । उनले आफूले यस अघि पराजीत हुदा पनि जनताकै घरदैलोमा ५ बर्ष विताएको बताए । जनताले को सहयोगि हो अनि को भ्रष्टचारी हो भन्ने प्रष्ट बुझि सकेको उल्लेख गरे । पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए ।उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • ६७९ पटक पढिएको
  • ३ लाखले अवलोकन गर्ने, ५० करोडको कारोबार हुने

    विराटनगर–२३ बर्ष देखी निरन्तर रुपमा आयोजना गर्दै आएको औद्योगिक तथा कृर्षि प्रर्दशनीको सातौं श्रृंखला अन्तरगत उद्योग संगठन मोरङले आगामी २०७९ मंसिर २९ देखि पुस ६ गतेसम्म बिराटनगर महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा ‘विराट एक्स्पो २०७९’आयोजना गर्ने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयषराज प्याकुरेलले बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन लाखले अवलोकन गर्ने ५० करोडको कारोबार हुने जानकारी दिएका छन् । ४ सय १५ वटा स्टल रहने प्रर्दशनीको समापन सम्म २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि

    • प्रकाशित मितिः आश्विन १४, २०७९
    • ३५६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल