राजनीति

    Showing ५१-६० of १७० items.
  • प्रदेश १ मा दलित समुदायबाट मन्त्री बनाउन माग

    दलित अगुवाहरूले पाँचदलीय गठबन्धनलाई प्रदेश १ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै समावेशी बनाउन माग गरेका छन् । गत १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त राजेन्द्र राईले चार विभागीय मन्त्री र एक राज्यमन्त्री गरी ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । त्यसमा दलित समुदायलाई नसमेटेको भन्दै अगुवाहरूले अब दलित समुदायबाट मन्त्री नियुक्त गरेर सरकारलाई समावेशी बनाउन माग गरेका छन् । राई नेतृत्वको मन्त्रिपरिषदमा दलित समुदायको प्रतिनिधित्व नरहेको दलित अगुवाहरूको भनाइ छ । राई नेतृत्वको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा काननुमन्त्री केदार कार्की, भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री हिमाल कार्की,

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • ४०९ पटक पढिएको
  • वडाध्यक्ष अस्लम आलम नेपाली कांग्रेसमा प्रवेश

    विराटनगर-विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अस्लम आलम शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट पाएर उनले वडाध्यक्ष पदमा लडेका थिए । यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि नेपाली कांग्रेसमा प्रवेश गरे । उनी पनि संघीय समाजवादी पार्टीबाट टिकट पाएर वडा सदस्य जितेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रीत केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछि आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष आलमले नेपाली कांग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधै लाग्ने बताए । पछिल्लो समय नेप

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ३४५ पटक पढिएको
  • अहिलेको सरकार पूर्ण रूपमा संवैधानिक सरकार : अर्थ मन्त्री शर्मा

    सङ्खुवासभा—अर्थमन्त्री जर्नादन शर्माले अहिलेको सरकार पूर्ण रुपमा संवैधानिक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आएका मन्त्री शर्माले यस्तो बनाएका हुन् ।केही व्यक्तिहरुले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टीकाटिप्पणी गरिरहेको बताउँदै जनादेश प्राप्त सांसदहरुबाट सरकार निर्माण भएको बताए । प्रतिगमनकारीहरुबाट पटक पटक संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि लोकतन्त्र, गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरुको संरक्षण भएको मन्त्री शर्माले बताए । जनताबाट निर्वाचित प्रतिनिधीहरुबाट सर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • २९३ पटक पढिएको
  • आचार्य नेतृत्वका सबै निर्णय खारेज गर्ने राजेन्द्र राई मन्त्रिपरिषदको निर्णय !

    विराटनगर-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेका छन् । मंगलबार सपथ ग्रहणपछि मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गरेको घोषणा गरेका हुन् । ‘यसअघिको भीम आचार्य नेतृत्वको सरकार गठन नै असंवैधानिक रहेकोले त्यसले गरेका सबै निर्णय, नियुक्ति सरुवा पुनरावलोकन गरी खारेजीको प्रक्रियामा लैजाने निर्णय लिइएको छ,’ मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै राईले भने ।राईले प्रदेशका १३७ स्थानीय तहका एक-एक जना अल्पसंख्यक, सीमान्तकृत, दलित र विपन्नलाई प्राविधिक शिक्षा अध्ध्यन

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ४८३ पटक पढिएको
  • प्रदेश १ मा राजेन्द्र राई नयाँ मुख्यमन्त्री, पाँच सदस्यीय मन्त्री मण्डल

    विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सपथ लगत्तै संचारकर्मीसंग प्रदेशको नामाकरण गर्ने र बजेटको दायरा बढाउने प्रतिक्रिया दिएका छन । उनले नराम्रो काम नगर्ने राम्रो कामलाई प्राथमिकता दिने बताए । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • ४२४ पटक पढिएको
  • आज १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै राजेन्द्र राई, आजै शपथ

    नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई आज १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै उनले सोमबार ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।मुख्यमन्त्री भीम आचार्यले सोमबार आफ्नो पदबाट दिएका थिए । भदौ १० गते मुख्यमन्त्री बनेका उनले सोमबार ६७ दिनमा पदबाट राजीनामा बुझाएका थिए । प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई पछि आचार्य पार्टीका तर्फबाट दोस्रो मुख्यमन्त्री बनेका थिए। एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि उनी अल्पमतमा परेका थिए । आचार्यले राजीनामा दिएलगत्तै  प्यासीले म

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • २८८ पटक पढिएको
  • ६७ दिनमा ढल्यो आचार्यको सरकार, विपक्षी गठबन्धनबाट राई मुख्यमन्त्री बन्दै

    विराटनगर-मुख्यमन्त्री पदकै लागि माधव नेपाल पक्षलाई छाडेर केपी ओली खेमामा गएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार ६७ दिनमा ढलेको छ । एमाले विभाजन हुदा १० जनाले एमाले छाडेर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि आचार्य सफतग्रहण गर्दै अल्पमतमा थिए । एमाले विभाजन भएपछि भदौ १० गते आचार्यले सपथ ग्रहण गरेका थिए । तर दल विभाजन भएको ३० दिन भित्र आफुसंग बहुमत छ भन्ने देखाउन विश्वासको मत लिनु पर्नेमा उनले त्यसो नगरि संवैधानिक प्रावधानलाई छल्दै आफु अनुकुल ब्याख्या गरेर ६७ दिन सम्म सरकार टिकाएका थिए । उनले सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ४०८ पटक पढिएको
  • आचार्यले भने‘अब बन्ने सरकारलाई रचनात्मक सहयोग गर्छु’

    विराटनगर-मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत नरहेको भन्दै राजीनामा दिने जनाएका छन । प्रदेश १ को प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले राजीनामा दिने घोषणा गरेका हुन । उनको नेतृत्वमा एमालेले ६७ दिन सरकार चलाएको छ । उनले सरकारमा जो आएपनि रचनात्मक सहयोग गर्ने बताए । प्रदेश सरकारसंग युवाहरुको बढी अपेक्षा रहेको बताउदै उनले एमालेले थालेका राम्रा कामहरुको निरन्तरता हुनेमा आफु विश्वस्त रहेको जनाए । केही बेरमा उनले प्रदेश प्रमुख समक्ष राजीनामा दिदैछन । माधव नेपाल पक्षधर आचार्य मुख्यमन्त्री पद पाउने भएपछि ओलीको समर्थन गर्दै ओली पक्षमा लागेका थिए । एमाले विभाजित भएपछि भदौं १० गते उनी मुख

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ५०८ पटक पढिएको
  • विश्वासको मत नपाउने अवस्था भए मुख्यमन्त्रीले राजीनामा दिने !

    प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत नपाउने अवस्था आए राजीनामा दिने भएका छन् । मुख्यमन्त्री आचार्यले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । तर बैठकबाट विश्वासको मत नपाउने अवस्था आएमा मुख्यमन्त्रीले राजीनामा दिने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले जनाएका छन् । आज मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दै छ । सोही बैठकमा आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर आजै टुङ्गो लाग्नेछ ।प्रदेश १ मा नेपाली काङ

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ३०१ पटक पढिएको
  • मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्न विपक्षी गठबन्धनको सहमति

    विराटनगर-मुख्यमन्त्री भिम आचार्यले भोली सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ । तर एमालेबाट फुटेर १० सांसद नेकपा एकिकृत समाजवादीमा गएपछि अल्पमतमा देखिएका आचार्यलाई आफ्नो पक्षमा बहुमत पुर्‍याउन निकै कठिन छ । पछिल्लो समय अन्य प्रदेशमा झै नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालोमा मुख्यमन्त्री हुनुपर्ने र बाँकी समयको आधामा नेपाली कांग्रेसबाट पनि मुख्यमन्त्री बन्न पाउनु पर्ने पार्टीको केन्द्रिय तहमा प्रस्ताव राखेपछि विपक्षीहरुको गठबन्धनमा खटपट देखिएको थियो । तर आलोपालो मुख्यमन्त्रीको मुद्धामा पछि पनि सहमति गर्न सकिने भन्दै पहिले आचार्यको सरकारलाई अल्पमतमा पार्न एकजुट भएर उनको व

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ३२२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल